Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

२ नाल भरुवा बन्दुक फेला

२ नाल भरुवा बन्दुक फेला

समाचार
भोजपुर, कात्तिक २४ गते ।  भोजपुरको चखेवा भञ्ज्याङमा दुई नाल भरुवा बन्दुक फेला पारेको छ । भाजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङमा लोड गरि राखेको अवस्थामा दुई नाल बन्दुक फेला पारेको हो । सशस्त्र प्रहरी बल वेस क्याम्पबाट सशस्त्र प्रहरी नायव निरिक्षक तारानाथ गौतमको कमाण्डमा रहेको प्रहरी टोलीले संखास्पद ४/५ समूहलाई पिछा गरी रोक्नु खोज्दा खोटाङ तर्फ फरार भएको र उक्त ठाउँमा लोड गरेको दुई नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । उक्त बन्दुकमा ५० ग्राम बारुद र ८ छर्रा रहेको प्रहरीले जनाएको छ । बन्दुक सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको र नेपाल प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।...
वनभोजमा कांग्रेसको अन्तरक्रिया

वनभोजमा कांग्रेसको अन्तरक्रिया

समाचार
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक २४ गते । नेपाली कांग्रेस निकट स्थानीय नेता कार्यकर्ताहरुले वनभोजको आयोजना गरी अन्तरकृया कार्यक्रम गरेका छन् । चौदण्डिगढी नगरपालिका–६ कुवाखानीको नेपाली कांग्रेस चौदण्डिगढी नगर समिति लगायतको आयोजनामा शनिबार कार्यक्रम गरेका हुन् । कार्यक्रममा अबका दिनमा पार्टीलाई कसरी अगाडी संचालन गर्न सकिन्छ भन्ने विषय र केहि अन्य विषयमा पनि पार्टी चलायमान गर्ने भन्ने कुराहरु सबैले आ–आफ्नो कुराहरु राखेका थिए । पार्टी निकट नेता तथा कार्यकर्ताहरुले आन्तरिक छलफल र अन्तरक्रिया गरेको थियो । कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी, क्षेत्रिय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, आदिवासी जनजाति संघका केन्द्रीय महासचिव प्रशान्त राई, केन्द्रीय सदस्य भुवनमान श्रेष्ठ, नगर सदस्यहरु विमला राई, मनु कार्की, नगर खेलकुद विकास समितिका संयोजक शशिचन्द्...
लेस्टर सिटी दोस्रो स्थानमा

लेस्टर सिटी दोस्रो स्थानमा

खेलकुद, समाचार
कात्तिक २४ गते ।  इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी दोस्रो स्थानमा पुगको छ । सिटिले आर्सनललाई २–० ले पछि पार्दै लिगको दोस्रो स्थानमा पुगेको हो । लेस्टरको मैदान किङ्ग पावल स्टेडियममा भएको खेलमा घरेलु टिमले जित हात पारेको थियो । खेलको ६८ औँ मिनेटमा सिटीका भार्डीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । ७५औं मिनेटमा जेम्स म्याडिसनले दोस्रो गोल गर्दै आफ्नो टिमलाई दोस्रो स्थानमा पु¥याएको थियो । १२ खेलबाट २६ अंक बनाउँदै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँगको दूरी पाँच अंकमा झारेको हो ।...
सबै मान्छेलाई उद्योगी होइन, रोजगार बनाउने हो : केन्द्रिय अध्यक्ष गिरी

सबै मान्छेलाई उद्योगी होइन, रोजगार बनाउने हो : केन्द्रिय अध्यक्ष गिरी

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २४ गते  नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सबै मान्छेलाई उद्योगी बनाउने हैन, भएका उद्योगलाई राम्रो बनाई धेरैका लागि रोजगारी सिर्जना गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा आइतबार गाईघाट स्थित आफ्नै कार्यालयमा उद्यम, उद्यमी र उद्योगको बारेमा छलफल तथा अन्तरक्रियामा  अध्यक्ष रेग्मीले उक्त कुरा बताउनुभएको हो । सरकार वा सरोकारवाला निकायले सबै मानिसलाई उद्योगी बनाउने धारणा र नारा बनाउदै भाषण गरिहिडेकाले समस्या आएको भन्दै यसलाई सुधार गर्नुपर्ने सुझाव उहाँले राख्नुभयो । सबै मानिस उद्योगी कुनै पनि देशमा नरहेको र त्यो सम्भव पनि नरहेको भन्दै भएका उद्योगलाई राम्रो बनाई त्यसमा रोजगारीको वातावरण सिर्जना गर्नु महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उदाहरण पेश गर्दै उदयपुरमा दुईसय उद्योगहरु भ...
आजको विदेशी मुद्रा

आजको विदेशी मुद्रा

आर्थिक, समाचार
कात्तिक २४ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३ सय ३ ...
सुकौराको व्याड्मिन्टनमा मनोज र उद्धव प्रथम

सुकौराको व्याड्मिन्टनमा मनोज र उद्धव प्रथम

खेलकुद, समाचार
पूणंपुष्टि, कात्तिक २३ रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा भएको ब्याड्मिन्टन प्रतियोगिताको आजको फाईनल खेलमा मनोज खड्का र उद्धव राउतको जोडी प्रथम भएको छ । प्रतियोगितामा लक्षजंग ठकुरी र युवराज दाहालको जोडीले दोस्रो भएका छन् । त्यस्तै तेस्रो हुनेहरुमा किसन राई र भोटराज राईको जोडी तथा राजेश कार्की र लुमिनीराम कार्कीको जोडी रहेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमहरुलाई क्रमश ः दश, सात र पाँच हजार नगद पुरस्कारसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई कार्यक्रमका विशेष अतिथि रौतामाई गापा वडा नं. २ का अध्यक्ष खविन्द्रबहादुर रास्कोटी, वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर बलम्पाकी मगर लगायतले पुरस्कार वितरण गरेका थिए । रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् बी डिभिजनको प्रतियोगिता भएको हो । नकआउ...
सुकौरामा व्याड्मिन्टन प्रतियोगिता सञ्चालन

सुकौरामा व्याड्मिन्टन प्रतियोगिता सञ्चालन

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक २२ । रौतामाई ब्याड्मिन्टन क्लवको आयोजनामा सुकौरामा ब्याड्मिन्टन प्रतियोगिता आजदेखि सञ्चालन भएको छ । रौतामाई गाउँपालिकाको सहयोग रहेको अन्तर नगरपालिका तथा गाउँँपालिका व्याड्मिन्टन् (बी डिभिजन) भोलीसम्म सञ्चालन हुनेछ । नकआउट प्रणालीमा मेन्स डबल्स खेल भईरहेको छ । खेलको पहिलो दिन आज पहिलो र दोस्रो चरण हुदै सेमी फाईनलसम्मका खेलहरु भएको आयोजकले जनाएको छ । भोली सेमीफाईनल र फाईनलका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा सुकौरा, मुर्कुची, गाईघाट, जलजले, देउरी, राजाबास लगायतका खेलाडीहरुको सहभागिता रहेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सन्चालित प्रतियोगितामाका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडी जोडीलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । पछिल्लो समय बढ्दो ब्याड्मिन्...
बसले किचेर सह–चालकको मृत्यु

बसले किचेर सह–चालकको मृत्यु

समाचार
भोजपुर, कार्तिक २२ गते ।  भोजपुरको ट्याम्केमैयुममा बसले किचेर सह–चालकको मृत्यु भएको छ । टयाम्केमैयुम गाउँपालिका–२ निबासी २४ बर्षीय बिकाश राईको मृत्यु भएको हो । भोजपुरबाट चखेवा चल्ने बा ४ ख ८५५९ नम्बरको बस चखेवामा पुगी पार्किङ गरेको र पार्किङ स्थलमा बसको पछाडीको टायरमा ओट लगाउने क्रममा  बस ब्याक भई किच्दा सह–चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ भने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, कार्तिक २२ गते ।  झापाको अर्जुनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अजुनधारा नगरपालिका–३ कैजेरे निबासी ५६ बर्षीय खम्ब बहादुर सेन्चुरीको मृत्यु भएको हो । घरको विद्युतको तार सर्ट भएपछि बनाउने क्रममा बिहिवार दिउँसो २ बजे एक्कासी करेन्ट लगेर मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका  सेन्चुरीको उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।...
आज ओमानी, कोरियन र रिंगिटको भाउ बढ्या

आज ओमानी, कोरियन र रिंगिटको भाउ बढ्या

आर्थिक, समाचार
कात्तिक २२ गते ।  आज ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ । तर अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय १३ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ ६५ पैसा रहेको थियो । त्यस्तै यूएई...