Friday, August 7News That Matters

Month: ७ वर्ष अगाडि

अज्ञात समूहले बसमा आगजनी

अज्ञात समूहले बसमा आगजनी

समाचार
कात्तिक २५ गते ।  कैलालीको घोडाघोडीमा अज्ञात समुहले गतराती एउटा बसमा आगजनी गरेको छ । घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको बसमा आगजनी गरेको प्रहरीले जनाएको हो । अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि बाटो छेउमा पार्किङ गरी राखिएको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।...
कालापानीमा सुरक्षापोष्ट राख्ने तयारी

कालापानीमा सुरक्षापोष्ट राख्ने तयारी

समाचार
पूर्णपुष्टि, कात्तिक २५ । सिमा विवाद चर्किएको यस अवस्थामा कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको छ । सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा आज गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिनुभएको हो । दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न लागिएको जानकारी मन्त्री थापाले दिनुभयो । समितिका सदस्यहरुले सीमा मिचिएको विषयको छलफल कर्मचारी तवरबाट नगरी उच्चस्तरीय राजनीतिक तवरबाट खोज्न सुझाव दिएको जनाइएको छ ।...
नेकपाका विभिन्न विभागमा को-को भए अध्यक्ष/सचिव ?

नेकपाका विभिन्न विभागमा को-को भए अध्यक्ष/सचिव ?

समाचार
पूर्णपुष्टि, कात्तिक २५ ।  सत्तारुढ नेकपाको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी सुम्पेको छ । त्यस्तै लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मा लगाएको छ । केन्द्रिय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल रहेका छन् भने केन्द्रिय सल्लाहकार कमिटिमा केशब बडाल र सचिवमा नन्दकुमार थापा रहेका छन् । त्यसैगरी जेष्ठ कम्यूनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली छानिएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।...
आज दिनार र कोरियन वनको भाउ घट्यो

आज दिनार र कोरियन वनको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक २५ गते ।  आज बहराइन दिनार र कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राहरु यथावत रहेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । हिजो १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो । कुवेती ...
भारतको त्यो नक्सा अस्विकार गरियो : मन्त्रि अर्याल

भारतको त्यो नक्सा अस्विकार गरियो : मन्त्रि अर्याल

समाचार
पूर्णपुष्टि, कात्तिक २५ गते । भारतले एक पक्षीय रुपमा अगाडि सारेको नक्सालाई नेपालले अस्वीकार गरेको भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले बताउनु भएको छ । स्याङजाको वालिङमा एक कार्यक्रममा बोल्दै मन्त्रि अर्यालले नेपालको स्वाभिमान र सिमाक्षेत्रमाथि कसैको गलत मनसाय राख्न नहुने बताउनु भएको हो । कठोर नाकाबन्दीलाई पनि जितेको चर्चा गर्दै उहाँले देशको स्वाभिमानको रक्षा सँधै गर्ने बताउनुभयो ।...
तामा खानी पुनःउत्खन्न हुन सकेन

तामा खानी पुनःउत्खन्न हुन सकेन

आर्थिक, समाचार
उदयपुर, कात्तिक २५ गते । जुन बेला आफ्नै प्रविधिले बाजे बराजुले उत्खन्न गरेको तामा खानी अझै पुनःउत्खन्न हुन सकेको छैन । छिनु र हतोडाले उत्खन्न गरेको उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी पुनःउत्खन्न हुन नसकेको हो । गाईघाट–पोखरी– फोक्सिन्टार–रसुवा सडक खण्डदेखि करिब ५ किलो मिटर माथि राँकुली खोलाको खानी पाखामा खानी रहेको छ । बाजेको बाजे बराजुको पालामा खानीबाट तामाको धाउ निकाले हातीपाईलेमा प्रशोधन गर्ने गरेको स्थानीय बुढापाकाले बताएका छन् ।कुन समयमा खानी पत्ता लग्यो ? कहिलेबाट खानीको उत्खन्न गर्न थालियो ? कस्ले त्यो तामाको उत्खन्न गरेको हो भन्ने कुरा कसैलाई पनि यकिन छैन । स्थानीय बुढापाकाहरुले दन्ते कथा झैँ खानीको कथा भन्ने गरेको पाईन्छ । आग्री मगर जातीले खानी उत्खन्न गरेको भन्ने बाबु बाजेले भनेको सुनेको स्थानीय जेष्ठ नागरिक पूर्णबहादुर राईले बताए । खानी उत्ख...
इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
कात्तिक २५ गते ।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई लिभरपुलले ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलको सुरु भएको ६ मिनेटमै लिभरपुलका फाविन्होले बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएपछि टिमले अग्रता लिएको थियो । त्यस्तै १३ औँ मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गरेको थियो भने दोस्रो हाफको सुरुमै साडियो मानेले निर्णयक गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा म्यानचेस्टरका बर्नाडो शिल्भाले १ गोल गर्दै चित्त बुझाएका थिए । १२ खेलबाट लिभरपुलको ३४ अंक भएको छ । समान खेलबाट दोस्रो र तेस्रो स्थानमा क्रमशः लेस्टर सिटी र चेल्सी छन् । लिभरपुलसँग पराजित भएपछि सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । १२ खेलबाट सिटीको २५ अंक मात्रै छ ।...
१ प्रतिनिधिसभा र ३ प्रदेशमा ६४ उम्मेदवार

१ प्रतिनिधिसभा र ३ प्रदेशमा ६४ उम्मेदवार

समाचार
कात्तिक २५ गते ।  आगामी मंसिर १४ गते  हुने उप निर्वाचनका उमेदवारहरुको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । कास्कि क्षेत्र नं. २ प्रतिनिधि सभा, भक्तपुर क्षेत्र न. १ (क), बागलुङ क्षेत्र न. २ (ख) र दाङ क्षेत्र न. ३ (ख) को प्रदेश सभाका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको हो । निर्वाचन आयोगले प्रकाशन गरेको नामावलीमा कास्की क्षेत्र न. २ मा बाहेक अन्य ठाउँका कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । कास्की क्षेत्र न. २ मा ११ दल र ११ स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गराएकोमा स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । अब २१ जना चुनावी मैदानमा उत्रने छन् । भक्तपुर क्षेत्र न. १ (क) मा ९ दल र १० स्वतन्त्र गरी १९, बागलुङ क्षेत्र न. २ (ख) मा ८ दल र २ स्वतन्त्र गरी १० जना र दाङ क्षेत्र न. ३ (ख) मा १२ दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहे...
पाटे बाघबारे पुस्तक प्रकाशन

पाटे बाघबारे पुस्तक प्रकाशन

समाचार, साहित्य
कात्तिक २४ गते ।  नेपालमा पहिलो पटक पाटे बाघ सम्बन्धि नेपाली भाषामा पुस्तक प्रकाशन भएको छ । नेपाली पाठकहरूले आफ्नै भाषामा नेपाल, भारत, भुटान र बंगलादेशमा पाईने दुर्लभ पाटेबाघ सम्बन्धि अध्ययन गर्न पाउने भएको हो । चरा विशषेज्ञको रुपमा चिनिएका हेमसागर बरालद्वारा लिखित ‘पाटेबाघ’ पुस्तक काठमाडौँमा आइतबार लोकार्पण गरिएको छ । जुलोजिकल सोसाइटी अफ लण्डनका नेपाल प्रतिनिधिसमेत रहेका बरालले आफूले चितवनमा पथ प्रदर्शक हुँदादेखि चरामा विद्यावारिधी गर्दासम्म र त्यसपछिका विभिन्न अनुभवहरू सङ्गालेर पुस्तक तयार पारेको बरालले बताए । ‘सय वर्षअघि संसारमा भएका बाघहरूको सङ्ख्याको अहिले १० प्रतिशत मात्रै बाँकी छ ।’ बरालले भने, ‘यो पुस्तकले बाघका बारेमा थप पुस्तकहरू प्रकाशन गर्ने शोधकर्ताहरूलाई प्ररेणा दिनेछ ।’ हिमाली प्रकृतिद्वारा प्रकाशित १ सय ३० पृष्ठको पुस्तकमा फोटोग्राफरहरू सागर गिरि र प्रद्योत राणाले ...
भारतले गल्ति गरयो : पासाङ

भारतले गल्ति गरयो : पासाङ

समाचार
पूर्णपुष्टि, कात्तिक २४ । नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय सुरक्षा विभागका उपप्रमुख रामकुमार राई 'पासाङ'ले भारतले आफ्नो नक्साबाट कालापानी हटाउनै पर्ने बताउनु भएको छ ।नेपाल भारत जस्तै सार्बभौम राष्ट्र रहेको र सार्कको सदस्य रहेको, अन्तरदेशिय भूमिका रहेकाले पनि भारतको नक्साबाट नेपाली भूमि हटाउनै पर्ने बताउनुभयो । खोटाङका प्रदेश सांसद तथा संविधान सभा सदस्यसमेत रहनु भएका नेता राईले पूर्णपुष्टि सम्बादमा कुराकानी गर्दै  भारतले सिमा मिच्याई गर्न नमिल्ने बताउनुभयो । यो गलत काम गरेको भन्दै बेलाबेलामा भारतले गर्ने बलमिच्याई तथा हेपाहा प्रबृत्तिको विरोध जनाउनुभयो । जबजब देशमा समस्या आउछ, त्यसबेला भारतले यस्ता कर्हत्  गर्ने गरेकोप्रति दुखेको पोख्दै उहाँले त्यसको आलोचना गर्नुभयो । भिडियो https://www.youtube.com/watch?v=2xVF3YDW5jE भरखरै चिनको राष्ट्रपतिको भब्यस्वागतको कारण भारतले दिए...