ब्लड क्यान्सर पिडिलाई १ लाख ८१ हजार आर्थिक सहयोग
उदयपुर, कात्तिक २० गते ।
उदयपुरका क्यान्सर पिडित राजन कार्कीलाई स्थानीय अगुवाको सक्रियतामा १ लाख ८१ हजार आर्थिक सहयोग जटेको छ । स्थानीय अगुवाका सक्रियतामा ब्लड क्यान्सर पिडित कार्कीलाई १ खाल ८१ हजार ५ सय २१ रुपैयाँ आर्थिक सहयोग जुटाएको हो ।
त्रियुगा नगरपालिका–६ धनचक्रे निबासी ४४ वर्षीय कार्कीलाई रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खविन्द्र रासकोटी, पिडितको भाई टेकबादुर कार्की लगायतका स्थानीय अगुवाका पहलमा उक्त आर्थिक सहयोग जुटाएको रासकोटीले बताए ।
ब्लड क्यान्सर जस्ता घातक रोग लागेको र आर्थीक अवस्था नाजुक भएका कार्कीलाई बचाउँनका लागि चिने जानेको र आफन्तलाई आर्थिक सहयोगको पहल गरेको साकोटीले बताए । सहयोगी हातहरुबाट उठेका आर्थिक सहयोग पिडितको भाई र छोरालाई हस्तान्तरण गरेको उनले बताए ।
एक चपरी पनि जग्ना नभएका कार्की ऐलानि जग्गामा बस्दै ज्याला मजदुरी गर्दै आएको पिडितका भाई कार्कीले बत...








