Wednesday, August 5News That Matters

Month: ७ वर्ष अगाडि

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

समाचार
कात्तिक १७ गते । सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई सरकारले पदमुक्त गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो । प्रदेश न. १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश न. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश न. ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश न. ५ का प्रदेश प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थिय...
बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो

समाचार
कात्तिक १७ गते ।  दोलखाबाट काठमाण्डौँ जादै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । – दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बा २ ख ७२४५ नम्रबो यात्रु वहाक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा ज्यान जानेको संख्या १५ पुगेको हो । बस सुनकोशीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका मध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । शैलुङ गाउँपालिका–३ निबासी ५१ वर्षीया रत्नकुमारी रावत, ३ महिने शिशु सिसम तामाङ, भीमेश्वर नगरपालिका–९ निबासी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी २७ वर्षीया चमेली श्रेष्ठ र उनकी छोरी ६ वर्षीया साइरामी श्रेष्ठको ज्यान सनखत भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ भने ...
पोखरीमा डुबेर १ बालकको मृत्यु

पोखरीमा डुबेर १ बालकको मृत्यु

समाचार
मोरङ, कार्तिक १७ गते । मोरङको कटहरीमा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–२ निबासी कृष्ण मण्डलको छोरा ४ बर्षीय काले मण्डलको मृत्यु भएको हो । धनपालथान गाउँपालिका–७ मा फुपुको घरमा बसेका बालक खेल्ने क्रममा घर नजिकै रहेको माछा पोखरीमा दिउँसो पौने ३ बजेको डुबेर घाईते भएका बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेको बालकको उपचारको लागि कोशी अस्पताल बिराटनगर लगी उपचारको क्रममा दिउँसो साँढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पर्यटकिय स्थलको संरक्षणमा पालिकाको चासो

पर्यटकिय स्थलको संरक्षणमा पालिकाको चासो

पर्यटन, समाचार
विक्रम राई उदयपुर, कात्तिक १७ गते । उदयपुरको एक पालिकाले योजना बनाए धार्मीक तथा पर्यटकिय स्थल ताप्लि पोखरी र पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा लागि परेको छ । सन् २०२० लाई विशेष प्राथमिकतामा राख्दै पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा ताप्लि गाउँपालिका लागि परेको हो । सरकारले लिएको लक्ष्यलाई टेवा पु¥याउने उद्देश्यका साथ पालिकाले १० लाख बजेट विनियोजन गरी ताप्लि पोखरी संरक्षण तथा प्रवद्र्धनमा जोड दिएको पालिकाले जनाएको छ । गत असार अन्तिदेखि परेको अविरल वर्षाले विकासको पूर्वधार सडक पूर्णरुपमा क्षती गरेको थियो । समुन्द्रि सतहदेखि करिब १७ सय उच्चाईमा रहेको धार्मिक तथा पर्यटकिय स्थल ताप्लि पोखरी रहेको छ । पोखरी पुग्न कटारीबाट करिब ३५ किलोमिटर दुरी पहाडी सडक प्रयोग गर्नुपर्दछ । यस पोखरीको संरक्षण तथा प्रवद्र्धनको लागि गत वर्ष ५ लाख बजेट विनियोजन गरी घेराबेराको काम भएको थि...
युवा संघको एकता टुङ्गीयो

युवा संघको एकता टुङ्गीयो

समाचार
कात्तिक १७ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रमा एकता भएको पाँच महिनापछि जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ । शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो लगाई आइतबार विज्ञप्ति जारी गर्दै युवा संघले एकताको काम सकिएको जनाएको हो । तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी निकट वाईसीएलले ३५ जिल्ला अध्यक्ष पाउने गरी ७७ जिल्ला मध्ये भागबण्डा टुंग्याएको संघले जनाएको छ । तत्कालिन दुई पाटी भित्रका एकले अध्यक्ष पाउँदा अर्को इन्चार्ज रहने प्रावधान सहमतिबाट जुटाइएको हो । सय आधारमा ४२ मा तत्कालीन माओवादी निकट वाईसीएलले इन्चार्ज पाएको छ भने एमाले निकट युवा संघले ३५ जिल्ला इन्चार्ज पाउने भएको छ । कुन जिल्लामा कस्ले पाए अध्यक्ष तल हेर्नुहोस् ।...
आज विदेशी मुद्राको भाउ घट्यो

आज विदेशी मुद्राको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक १७ गते ।  आज सवै विदेशी मुद्राहरुको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आईतबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ र बिक्रीदर १ सय १३ रुपैयाँ ६० पैसा तोकेको छ । त्यस्तै १ साउदी रियालको खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ भने वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ६५ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ७५...
हात्ती धपाउन राखेको करेन्ट लागेर २ जनाको मृत्यु

हात्ती धपाउन राखेको करेन्ट लागेर २ जनाको मृत्यु

समाचार
झापा, कात्तिक १७ गते ।  झापाको नवज्योति सामुदायिक वन भित्र हात्ति धपाउन राखिएको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बुद्ध शान्ति गाउँपालिका–४ को सामुदायिक वन भित्र रहेको पानीको खोल्सामा हात्ती धपाउनका लागि राखेको बिजुलीको तारबाट करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । स्थानीय १८ वर्षीय अभिनाश राई र भोजपुरको साल्पासिलिछोङ गाउँपालिका–५ घर भई हाल बुद्ध शान्ति गाउँपालिका–४ को पेरिस राईको घरमा पाहुना आएका ३८ वर्षीय मणिराम राईको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयबासीले प्रहरीलाई घटनाको जानकारी गराएपछि तत्काल प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।...
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छैठ समापन

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छैठ समापन

समाचार
उदयपुर, कात्तिक १७ गते ।  छैठको अन्तिम दिन उदाउँदो सूर्यलाई विधि पूर्वक अर्घ दिएर आईतबार छैठ समान भएको छ । तराईका विभिन्न नदि, ताल, पोखरी, खोला लगातका पानीको स्रोत भएका ठाउँहरुमा राती जागामबसी विहान उदाउँदो सुर्यलाई अर्घ चढाएर छैठको समापन गरिएको हो । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म मनाइने यस पर्वमा सूर्य देवको पुजा, आराधना, उपासना बस्ने चलन छ । छैठको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएर रातभर जागराम बसेका थिए भने आईतबार उदाउँदो सुर्यलाई अघ्र्य दिएर समापन गरिएको थियो । सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहँु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको ...
चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा  १० अर्व खर्च

चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा १० अर्व खर्च

आर्थिक, समाचार, संसार
कात्तिक १७ गते ।  ‘बेल्ट एण्ड रोड’ कार्यक्रम मार्फत चिनसँग जाडिएका देशहरुमा चिनले १० अर्व चार करोड अमेरिकी डलर खर्चेको छ । सन् २०१९ को सुरुदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले जनाएको हो । गत वर्षको जनवरीदेखि अक्टोबरसम्म भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी आएको हो । यस लगानी चिनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हुन आउँछ । सिङ्गापुर, भियतनाम, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, लाओस, इन्डोनेसिया, पाकिस्तान, कम्बोडिया र काजकस्तानमा लगानी भएको मन्त्रालयले दिइएको तथ्याङ्कमा उल्लेख भएको छ । यस वर्षको सुरूको नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार नै सय चार नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका देशहरूमा लगानी गर्ने सम्झौता गरेका छ...
युभेन्टस र इन्टरमिलानको जित

युभेन्टस र इन्टरमिलानको जित

खेलकुद, समाचार
कात्तिक १७ गते ।  इटालियन सिरिएको एघारौँ चरणको खेलमा युभेन्टस र ईन्टरमिलनले जित निकालेको छ । घरेलु टोली टोरिनोलाई १–० ले पछि पार्दै जित निकालेको हो भने ईन्टरमिलानले बोलोग्नालाई २–१ ले पछिपार्दै जित हात पारेको हो । युभेन्टसको माथियास डि लाइटले ७० औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितसँगै युभेन्टसलले ११ खेलबाट २९ अंक बनाएको छ । त्यस्तै ईन्टरमिलानको लुकाकुले ७५ औँ मिनटमा कर्नरबाट गोल  गरेको थियो । भने इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई लुकाकुले नै गोल गर्दै इन्टरमिलानालाई जित दिलाएको थियो । यो जितसँगै इन्टरमिलानले २८ अंक बनाएको छ । नापोलीलाई हराउँदै रोमा पनि तेस्रो स्थानमा उक्लिएको छ । आफ्नो मैदानमा रोमाले नापोलीलाई २–१ ले हरायो । रोमाले २२ अंक जोडेको छ ।...