Wednesday, August 5News That Matters

Month: ७ वर्ष अगाडि

३९ मृत्यु प्रकरणको शंकामा ८ जना पक्राउ

३९ मृत्यु प्रकरणको शंकामा ८ जना पक्राउ

समाचार, संसार
कात्तिक १९ गते ।  बेलायतमा भेटिएका ३९ जनाको शवको घटनामा संलग्न रहेको आशंकामा भियतनामी प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । मारिएका सबै जना भियतनामी भएको बेलायती प्रहरीले विश्वास गरिरहेका बेला भियतनामी प्रहरीले घटनामा संलग्नको आशंकामा पक्राउ गरेको हो । घटनाबारे अनुसन्धानका लागि ८ जना पक्राउ परेको भियतनामी सञ्चार माध्यमले जनाएको छ । शव फेला परेपछि उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई यस अघि बेलायती प्रहरीले पक्राउ गरेको थियो । बेलायतको राजधानी लण्डनदेखि पूर्व ग्रेज एसेक्सको औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र गत अक्टोबर २३ मा ३९ जनाको शव फेला परेको थियो । ती शव कुन देशका नागरिकको हो भन्ने अझै खुलेको छैन । फेला परेका शवमध्ये ३१ पुरूष र ८ जना महिला छन् । मृत्युको कारण पत्ता लगाउन हाल शव परीक्षण भइरहेको जनाइएको छ ।...
ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

समाचार
कात्तिक १९ गते ।  मकवानपुरको रातोमाटेमा ट्रक र मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । टहेटौँडा–१५ रातोमाटे लच्कामा गतराति ट्रक र मोटरसाईकल एकआपसमा ठोकिदा मोटरर्साइकल चालक औतार स्याङतानको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौँडा–१५ रातोमाटे निबासी ३५ वर्षीय स्याङतानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईलमा पछाडी सवार जितपुर सिमरा उपमहानगरपालिका– २२ तीन नम्बर पुल निबासी ३२ वर्षीय मनिष लामा घाईते भएको प्रहरीले जनाएको छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
६ वटा नयाँ भाषा थपियो

६ वटा नयाँ भाषा थपियो

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक १९ गते ।  नेपालमा बोलिने १ सय २३ भाषामा ६ वटा नयाँ भाषाको पहिचान भएको छ । राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) भाषा पहिचान भएको हो यी भाषा कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोल्दै आएको पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) २ वटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय २९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।...
उपमेयरकाे गाडी दुर्घटना, सांसदसमेत घाईते

उपमेयरकाे गाडी दुर्घटना, सांसदसमेत घाईते

समाचार
पूर्णपुष्टि, कात्तिक १८ । बिराटनगरबाट मदन भण्डारी राजमार्ग हुँदै गाईघाटतर्फ आउदै गरेको त्रियुगा नगरपालिकाकी उपमेयर सवार गर्ने सरकारी गाडी साेमबार दुर्घटना हुदा उपमेयर देबीकुमारी चाैधरी र प्रदेश सांसद सञ्जा दनुवार घाईते भएका छन् । चौडण्डिगढि नपा-२ झोडापाटामा स.१ झ ५३१ नम्बरको साे गाडी अनियन्त्रित भइ साझपख दुर्घटनामा परेकाे थियाे । ५५ बर्षिया उपमेयर चौधरी र ४२ बर्षिया पर्देश न. १ का सांसद दनुवारलाई बेल्टर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचार को लागी धरान पठाईएको प्रहरीले जनाएकाे छ । चालक त्रियुगा नगरपालिका २ बस्ने बर्ष ३१ को योगेश चौधरीलाई इलाका प्रहरी बेल्टारले नियन्त्रणमा लिएकाे छ ।...

माेटरसाईकल जुध्दा दुई गम्भिर

समाचार
पूर्णपुष्टि, कात्तिक १८ । उदयपुरकाे त्रियुगा नगरपालिका १ जाेगिदहमा साेमबार राति दुई माेटरसाईकल एकआपसमा ठाेकिदा दुबै माेटरसाईकलमा सवार गम्भीर घाईते भएका छन् । स ७ प ७१२४ र बा ३४ प ३३२६ नम्बरकाे दुई माेटरसाईकल ठाेकिदा त्रि न पा १ जोगिदहका ३५ बर्षिय सुर्य बहादुर राई र त्रिनपा ६ जलजले घर भएको ४० बर्षिय अशोककुमार शाह गम्भीर घाईते भएका हुन् । राई नेपाली सेनाकाे १८ नम्बर बाहिनी अड्डामा कार्यरत प्युठ हुन् । उनकाे शरिरकाे भित्रि भागमा गम्भीर चाेट लागेकाे छ भने साहकाे खुट्टा भाच्चिनुका साथै शरिरको विभिन्न ठाउमा चोट लागेकाे छ । उनीहरुकाे जिल्ला अस्पताल उदयपुर र गाइघाट स्थित सिभिल अस्पतालमा उपचार गरिए पनि त्यहा सम्भव नभएपछि एम्बुलेन्स मार्फत शाहलाइ टिचिङ अस्पताल काठमाडाै र राईलाई धरान रेफर गरिएको प्रहरीले जनाएकाे छ ।...

पाेखरीमा डुबेर एक बेपत्ता, खाेजी जारी

समाचार
पूर्णपुष्टि, कात्तिक १८ । उदयपुरमा एक मानिस पाेखरिमा डुबेर साेमबार बेपत्ता भएकाे छ ।  चाैदण्डिगढी नगरपालिका ९ पुर्व ज्यामिरे स्थित जमेकाे पानीकाे दहमा डुबेर मानिस बेपत्ता भएकाे हाे । खाेटाङकाे सावाकटहरे ६ घर भई हाल चाैनपा ९ अजगरा बस्दै अाएका ४० बर्षिय सुबास बि.क. डुबेर बेपत्ता भएकाे प्रहरिले जनाएकाे छ ।  बेल्टार बजारबाट फर्कदै गर्दा अन्दाजि बेलुका ७ बजे डुबेकाे खबर लगत्तै सशस्त्र प्रहरी बेस बेल्टार र इलाका प्रहरी कार्यालय बेल्टारबाट खाेजि कार्य गरिए पनि फेला परेकाे छैन । फेला नपरेपछि प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरबाट तालिम प्राप्त टाेली ११ जना उद्वारकाे लागि खटिएकाे नक्बर ५ गण प्रमुख सशस्त्र प्रहरीउपरिक्षक गाहरधन राईले बताउनुभयाे । खटि गएकाे टाेलीले राति पनि खमेजि कार्य जारि राखेकाे जनाइएकाे छ ।...
आज कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो

आज कुवेती दिनार र ओमानी रियालको भाउ घट्यो

आर्थिक, समाचार
कात्तिक १८ गते । आज कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने कोरियन वनको भाउ केही पैसाले बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ र बिक्रीदर १ सय १३ रुपैयाँ ६० पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २८ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ भने रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा र...
आगलागीबाट २ घर जलेर नष्ट

आगलागीबाट २ घर जलेर नष्ट

समाचार
उदयपुर, कार्तिक १८ गते ।  उदयपुरको उदयपुरगढीमा आगलागी हुदा दुई घर जलेर नष्ट भएको छ । उदयपुरगढी गाउँपालिका–२ गेर्खेका गौर बहादुर तामाङको दुई वटा घर जलेर नष्ट भएको हो । आईतबार दिउँसो कबिर १२ बजे सोलार प्यानलको करेन्ट सर्ट भई अचानक आगलागी हुँदा अन्दाजी १६ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुङ्गा माटोले बनेको दुई वटा दुई तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ  । प्रहरी चौकी उदयपुरगढीबाट खटेका प्रहरी र स्थानीयको सहयोगमा दिउँसो २ बजे आगो नियन्त्रणमा लिएको थियो । कुनै मानविय र चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।...
इंग्लिस प्रिमियर लिग लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा

इंग्लिस प्रिमियर लिग लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा

समाचार
कात्तिक १८ गते ।  इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले चेल्सीलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । गतराति भएको खेलमा लेस्टरले क्रिष्टल प्यालेसलाई २–० गोलले पछि पार्दै उक्त स्थानमा पुगेको हो । खेलको ५७ औं मिनेटमा लेस्टर सिटीको सोयुनकुले गोल गरेको थियो भने ८८ औँ मिनटमा भर्डिले अर्को गोल थप्दै आफ्नो टिमलाई जित दिलाएका थिए । जितसँगै तालिकामा २३ अंक बटुल्दै लेस्टर समान अंक भए पनि चेल्सीभन्दा अगाडी रहेको हो ।...
सरकारले ७ वटा सुरुङमार्गको डिपिआर बनाउने

सरकारले ७ वटा सुरुङमार्गको डिपिआर बनाउने

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक १८ गते ।  मुलुकको सात ठाउँमा सरकारले सुरुङमार्ग निर्माण गर्ने गरी तयारी थालेको छ । चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने गरी सरकार तयारीमा जुटेको हो । चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताउनुभयो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...