Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

भरुवा बन्दुक र बदेलसहित ४ जना पक्राउ

भरुवा बन्दुक र बदेलसहित ४ जना पक्राउ

समाचार
सुनसरी, माघ १७ गते ।  सुनसरीको धरानबाट दुई थान भरुवा बन्दुक र मरेको बदेलसहित चार जना पक्राउ परेको छ । धरान उप–महानगरपालिका–६ बाट बन्दुक र बदेलसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले बिहान राती १ बजे धरान–६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान–६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई  चेकजाँच गर्दा उनीहरुकोे साथबाट दुई नाल भरुवा बन्दुक र मारेको करिव ६ किलो वजन भएको बदेल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...

जलेको अवस्थामा मणी मृत फेला

समाचार
झापा, माघ १७ गते ।  झापाको बाह्रदशी गाउँपालिका–१ ीनबासी ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ । आफ्नै घर भित्र मणी जलेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटेको प्रहरी टोलीले घर भित्र चुल्होको छेउमा जलेको अवस्थामा मृत फेला पारेको जनाएको छ । प्रहरीले शव परिक्षणको लागि मेची अस्पताल चन्द्रगढी पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

समाचार
मोरङ, माघ १७ गते ।  मोरङको बेलवारीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ कसेनीमा विहान राती पौने १ बजे मोटरसाईकल दुर्घटना हुदा राजकुमार सरदारको मृत्यु भएको हो । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ प ६९२३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएको मोटरसाईकल चालक ग्रामथान गाउँपालिका–५ निवासी २० बर्षीय सरदारको उपचारका लागी धरान लगि उपचारको क्रममा बिहान साँढे ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।...
भरुवा बन्दुक सहित २ जना पक्राउ

भरुवा बन्दुक सहित २ जना पक्राउ

Breaking News 1
ईलाम माघ १७ गते ।  ईलामको माङसेवुङबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । माङसेवुङ गाउँपालिका–३ निबासी २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिव कुमार राई पक्राउ परेका हुन् । गाउँमा शंकास्पद गतिबिधीहरु गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटेको प्रहरी टोलिले दुई थान भरुवा बन्दुक र एक सय ५० ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।...
गाँजासहित १ जना पक्राउ

गाँजासहित १ जना पक्राउ

समाचार
सुनसरी, माघ १७ गते ।  सुनसरीको बराहक्षेत्रबाट गाँजासहित एक जना पक्राउ परेको छ । बराहक्षेत्र नगरपालिका–१ निबासी २५ बर्षीय समिर राई पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट सादा पोशाकमा खटेका प्रहरी टोलीले राईलाई चतराबाट डेढ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

समाचार
झापा, माघ १७ गते ।  झापाको विभिन्न ठाउँबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटेका प्रहरी टोलीले ब्रउनसुगरसहित पक्राउ गरेका हुन् । बिहिवार साँझ ५ बजे बिर्तामोड नगरपालिका–६ निबासी २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम ब्राउनसुगर सहित बुट्टाबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटेका प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेऊबाट झापा हल्दिवारी–४ निबासी २१ बर्षीय सौगात मगर, २१ बर्षिय बिबेक राई र हल्दिवारी–३ का २४ बर्षीय सन्तोष चुडाललाई ३ ग्राम ब्राउसुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।...
पैनिमा डुबेर १ नावालकको मृत्यु

पैनिमा डुबेर १ नावालकको मृत्यु

समाचार
झापा, माघ १७ गते । झापाको शिवसताक्षीमा पैनीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । शवसताक्षी नगरपालिका–७ लालपानेका कुमार श्रेष्ठको २२ महिने छोरा सिद्धार्थ श्रेष्ठको मृत्यु भएको हो । घर देखि करिब ५० मिटर टाढा रहेको पैनीमा डुबिरहेको अबस्थामा विहिबार बिहान साँढे ७ बजे नाबालकको बाबुले फेला पारी तत्काल उद्धार गरी उपचारको लागि बि एण्ड सी अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।...
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

समाचार
मोरङ, माघ १७ गते ।  मोरङको सुन्दर हरैचामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सुन्दर हरैचा  नगरपालिका–१० निबासी ४१ बर्षीय बुद्धिराम राईको मृत्यु भएको हो । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को ३९ प ७६०७ नम्बरको स्कुटरलाई सोही दिशा जाँदै गरेको को १ ख ३२०२ नम्बरको बसले गत बेलुकी साँढे ६ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाईते भएका राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा राती साँढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
स्थानीय तहहरूलाई प्रहरीको यस्ताे प्रशंसा

स्थानीय तहहरूलाई प्रहरीको यस्ताे प्रशंसा

समाचार
पूर्णपुष्टि, माघ १७ गते । जिल्ला प्रहरी कार्यालय उदयपुरले स्थानीयतहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै शुक्रबार पालिकाहरुलाई  प्रशंसा–पत्र प्रदान गरेको छ । पालिकाहरुलाई प्रहरीले कार्यालयमा प्रशंसा वितरण समारोहको आयोजना गरी प्रशंसा पत्र प्रदान गरेको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले कार्यक्रममा सहभागि रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र उदयपुरगढी गाउँपालिकाकी प्रतिनिधि प्रज्ञा पराजुलीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । अन्य बाँकी आठ पालिकालाई पायकका इलाका प्रहरी कार्यालयमार्फत प्रदान गरिने जनाइएको छ । रौतामाई गापाका अध्यक्ष खड्काले शान्ति, सुरक्षा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । त्यसका लागि प्रहरी–समुदाय साझेदारी कार्यक्रमले प्रहरीसंग जोडिन, सहकार्य तथा समन्वयका लागि वातावरण सिर्...
मेयर श्रेष्ठद्धरा सरस्वती मन्दिरको उद्घाटन

मेयर श्रेष्ठद्धरा सरस्वती मन्दिरको उद्घाटन

समाचार
आशिष वस्नेत  कटारी/माघ १६ गते ।   कटारीको श्री चुरिया आधारभूत विद्यालयमा निर्माण भएको सरस्वती मन्दिर नगरका मयेर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गर्नु भएको छ । कटारी नगरपालिका–३ च्याँगाको विद्यालयको प्राङग्गमा निर्माण भएको मन्दिर सरस्वती पुजाको अवसरमा मयेर श्रेष्ठले उद्घाटन गर्नु भएको हो । वडा कार्यालयको ३ लाख  रुपैयाँ आर्थीक सहयोगमा करिब १५ हजार बराबरको जनश्रमदानबाट मन्दिर निर्माण भएको थियो । मन्दिरको उदघाटन गर्दै मयेर श्रेष्ठले सार्वजनिक स्थलको संरक्षण गर्ने दायित्व नगरको पनि रहेको बताउनु भएको छ । च्याँगा गाउँमा कालोपत्रे सडक निर्माण हुन्छ । वडाको भित्रि सडकमध्ये च्याँगामा सडक कालोपत्रे गर्ने मेयर श्रेष्ठले बताउनुभयो । पुरानो भएको विद्यालयको जस्ता फेर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । नमुना विद्यालय घोषणा गर्ने प्रकृया अघि बढेको छ । नमुना विद्यायले घोषणा गरेर मात्रै नहुने र त्...