उदयपुरमा हाेली भिडभाड नगरी घरघरमा मनाइयाे
पूर्णपुष्टि, फागुन २७ गते ।
कोरोना भाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउने पर्ने अवस्थाले खुलेर मनाउन नपाएपनि उदयपुरमा घरघरमा होली खेलेर पर्व मनाएका छन् । ठूलै रौनकताका साथ मनाइने होली यसवर्ष सामान्य साथीभाइ भेट्ने, आफन्तजनसंग भेट्ने र अबीर लगाएर शुभकामना साटासाट गर्ने मात्र भयो । खासगरी मधेसी समुदायले विशेषरुपमा मनाउने यस पर्वमा घरमुलीको हातबाट रंग ग्रहण गरेर घरघरमै पर्व मनाए । घरमा बनाएका होली विषेश परिकारहरु खाएर मनाए ।
स्थानीय प्रशासनले होलीमा रंग नखेल्न, भीडभाड र हो हल्ला गर्न निषेध लगाएपछि सर्बसाधारणले यसवर्षको होली त्यसरुपमा नखेलेका हुन् ।
हालीको दोस्रो दिन सदरमुकाम गाईघाट बजारमा विहानैदेखि विशेषरुपले होली पर्व मनाउने गरिएको थियो । विहानैदेखि होली खेल्नेको भिड देखिने बजार विहानभर सुन्य देखियो । दिउसोको समयमा सामान्यरुपमा रंग लगाएर मानिस हिडेको देखिएपनि भिडभाड र रमाईलो गर...









