Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

घरेलु मदिराले पाँचकाे मृत्यु

घरेलु मदिराले पाँचकाे मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन ३० धनुषा जिल्लामा घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएकाे खबर छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२ मा घरेलु मदिरा सेवनबाट पाँचजनाकेा मृत्यु भएकाे हाे । मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेकाे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ । बुधबार ३ जनाको मृत्यु गएकोमा बिहीबार थप २ को मृत्यु भएको प्रहरीले जनाएकाे छ । अनुसन्धानबाट अत्यधिक घरेलु रक्सी सेवनले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयाे । घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेकाे र उनलाइ घोपा क्याम्प धरान पठाइएको जनाइएकाे छ ।...
छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

समाचार
सुनसरी फागुन, ३० सुनसरीमा छुट्छुटै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । हिजो बिहान साढै ११ बजे सुनसरी भोक्राह नर्सिङ ४ चिरौली चोक राजमार्ग  स्थित मोटरसाईकल र माइक्रो एक आपसमा ठोक्किदा मोरङ सुन्दरहरैचा ७ का ५० बर्षीय योगेन्द्र प्रसाद रिजालको मृत्यु भएको छ । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई गम्भिर गाईते भएको रिजालको बिराटनगर न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो र मोटरसाईकल सहित चालक बिराटनगर १६ का ५२ बर्षिय आयुराज लामालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । यसै गरी  सुनसरी बराहक्षेत्र ५ की मन्जु राजधामीको ५ बर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका सवाँ ६ बजे राजधामी चौकसडक खण्ड स्थित नहडाबा...
बलिका अपहरणमा विप्लब माओवादीको १३ जना पक्राउ

बलिका अपहरणमा विप्लब माओवादीको १३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन २९ गते । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्तटोलीले उदयपुरको कटारी नगरपालिका १ खसिबासको जंगलबाट बिहिबार बालिका अपहरणको सूचनाको आधारमा  १४ जनाको समुहलाई पक्राउ गरेकाे छ । उनीहरूकाे साथबाट ठूलोमात्रामा हातहतियार बरामद भएकाे छ ।  पक्राउ पर्ने ६ महिलासहितको उक्त समुह नेकपा माओवादी विप्लब समुह रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ५ नंं. हे.क्वा. उदयपुरका एसपी गाहरधन राईका अनुसार धनुषा जिल्लाको गणेशमानचारनाथ नगरपालिका ५ गौरीनाथकी १४ वर्षिया बालिका करिना मोक्तान हिजो अपहरण परेको सूचनाको आधारमा प्रहरीको संयुक्तटोलीले बालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा विभिन्न जिल्लाका २० वर्षिया मुस्कान राई, २८ वर्षिय विवेश खड्का, १६ वर्षिया रिता कार्की, २० वर्षिय विकास राई, १७ वर्षिय आयुष मगर, १८ वर्षिय अविमान तामाङ, २० वर्षिया आशिका लामा, १६ वर्षि...
उदयपुरको कटारी बाट हतियार सहित १५ जना पक्राउ

उदयपुरको कटारी बाट हतियार सहित १५ जना पक्राउ

समाचार
उदयपुर/फागुन, २९ उदयपुरको कटारी बाट हातहतियार सहित १५ जनाको समूहलाई शसस्त्र प्रहरी  र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ५ गौरिनाथकी १४ बर्षिय बालिका लाई अपहरण गरेको भन्ने खबरको आधारमा खोजी गर्दै जाने क्रममा बालिका सहित १५ जना पक्राउ परेको शसस्त्र प्रहरी बल उदयपुरका एसपी गाहार्धन राईले बताए । एसपी राईका अनुसार उक्त बिप्लब माओवादी समूह रहेको र उनिहरुको साथ बाट ३ थान पेस्तोल ११ थान सकेट बम १ थान प्रेसर कुकर २ थान खुकुरी र ३ थान म्याग्जीन बरामद भएका छन् । पक्राउ परेकाहरुलाई धनुषा प्रहरीमा जिम्मा लगाउने तयारी भईरहेको जनाइएको छ ।  ...
विप्लपका उदयपुर जिल्ला सेक्रेटरी पक्राउ

विप्लपका उदयपुर जिल्ला सेक्रेटरी पक्राउ

समाचार
उदयपुर, फागुन २९ गते ।  नेत्र विक्रम चन्द (विप्लप) समूहका उदयपुर जिल्ला सेक्रेटरी तथा ईन्चार्ज पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–७ अधेरीबाट जिल्ला ईचार्ज जितबहादुर पुलामी मगर विहिबार विहान करिब ६ बजे पक्राउ परेको हो । उगापा–४ निबासी ५४ वर्षीय मगर स्थानीय चित्रबहादुर खपाङी मगरको घरमा लुकिछिपी बसेको छ भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको साथबाट तीन थान मोवाईल र विभिन्न दस्तावेजहरु बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
समाजमा दलित महिलाहरुको समस्या अझै उस्तै

समाजमा दलित महिलाहरुको समस्या अझै उस्तै

समाचार
गाईघाट/फागुन, २९ समाजले दलित महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि सुधार नगरेको एक कार्यक्रममा छलफल भएको छ । समाजमा रहेको महिलाहरुको बिभिन्न समस्याहरु रहेता पनि दलित महिलाहरु अझै समस्या खेप्ने समाजको एक मुख्य पात्र भएको कार्यक्रममा छलफल भएको छ । बिहिबार गाईघाटको होटल टाउनहलमा दलित महिला संघ उदयपुरको आयोजनामा भएको न्यायमा दलित महिलाहरुको पहँच विषयक सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रममा दलित महिलाहरुले आफु दलित भएकै काणर समाज बाट अझै पनि बहिस्कार हुनु परेको बताए । लोकतन्त्र गणतन्त्रले सबै मानिसहरुको हक हितको पक्षमा कुरा गर्ने आफुहरुले बुझेको भएपनि आफुहरुले यसको प्रयोग र महसुस गर्न अझै पनि नपाएको उनिहरुले बताए । राज्यले पछिल्लो समय दलित महिलाहरुको लागि केही कानुन र सेवा सुविधाहरु बनाए पनि यसको कार्यन्वयन पूर्ण रुपले नभएको अतिथिहरुले जनाएको छ । दलित हुनु कुनै अपराध नभएपनि दलितह...
नहरमा हाम फाल्दा भारतिय बालिकाको मृत्यु

नहरमा हाम फाल्दा भारतिय बालिकाको मृत्यु

Breaking News 1
सुनसरी फाल्गुन,२८ नहरमा हाम फालेर एक भारतीय बालिकाको मंगलबार मृत्यु भएको छ । भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र(१ मामा घर बस्दै आएकी १६ बर्षीय  काजल साह मृत अवस्थामा फेला परेकी हुन् । मामा सन्तोष शाह को घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा हाम फाल्दा मृत्यु भएको हो । घटना लगत्तै प्रहरीलाई खबर प्राप्त भएको अनुसार इलाका प्रहरी कार्यलय चताराले स्थानीयहरुको सहयोगमा खोजी कार्य राखेका थिए । खोजी कार्यको क्रममा दिउँसो साढे २ बजे चतारा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । घटनाको अनुसन्धान तथा कानुनी कार्वाही बारे प्रहरीले छानविन गर्ने जनाएको छ । यो पनि पढ्नुहोस झापा दमक ९ का  ६१ बर्षीय उम बहादुर मगरको अटो दुर्घटनामा परी  मृत्यु भएको छ । हिजो बेलुका  पौने ९ बजे दमक ५ हरीओम कोलेनी छेउ भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरे...
कोरोनाको संक्रमण बच्चा र महिलाहरुमा कम

कोरोनाको संक्रमण बच्चा र महिलाहरुमा कम

समाचार, स्वास्थ्य
फागुन, २८ चाइनिज सेन्टर्स अफ डिजिज् कन्ट्रोलको अध्ययनले पुरुषहरुको दाजोमा कोरोनाको संक्रमण महिलाहरुमा निकै कम हुने तथ्य निकालेको छ । कोरोनाबाट संक्रमित ४४ हजार व्यक्तिमा यो अध्ययन गरिएको थियो । तीमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको अध्यानले जनाएको छ । बच्चामा कम असरको कारण  सानो बच्चालाई कोरोना हुन्छ, किनभने फ्लू पनि पाँच वर्ष भन्दा कम उमेर (खासगरी दुईभन्दा कम)कालाई लाग्ने सम्भावना बढी हुन्छ । डाक्टर पनखनिया भन्छन ‘मान्छेमा उमेर बढ्दै जाँदा बढी बिरामी हुन्छन् । किनभने रोग प्रतिरोधी क्षमता घट्दै जान्छ । उमेर बढी भएकाहरुमा पहिलेदेखि नै कमजोर प्रतिरोधी क्षमता र गम्भीर आस्थ्माजस्ता रोग हुन्छन् । उनीहरुमा संक्रमण बढी पाइएको छ । तर, बच्चामा त्यस्तो हुँदैन ।’ एक वयस्क र बच्चाको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण अन्तर हुन्छ। बच्चामा प्रतिरक्षा प्रणाली अपरिपक्व हुन्छ...
माक्स र स्यानिटाईजरमा कालोबजारी गर्ने ४ मेडिकललाई २(२ लाख जरिवाना

माक्स र स्यानिटाईजरमा कालोबजारी गर्ने ४ मेडिकललाई २(२ लाख जरिवाना

समाचार, स्वास्थ्य
फागुन, २८ कोरोना भाईरसका कारण बजारमा माक्स र स्यानिटाइजरको माग बढ्दो अवस्थाको कारण मेडिकलहरुले कोलोबजारी र मुल्य बढाएर बेचेको आरोपमा उपत्यकामा ४ मेडिकललाई २–२ लाख जरिवाना गराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले ती मेडिकल तथा औषधि पसलहरुले बढी मुल्यमा वस्तु बिक्री गरेको भेटिएका कारण कारबाही गरिएको बताए । मिश्रले बढी मुल्यमा विल काटिरहेको र बस्तु पनि बढि मुल्यमै बेचिरहेको पाएको बताउँदै । कैलालीको धनगढीमा बढी मूल्यमा मास्क बेच्ने न्यू सोसिल श्रिंगार गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। ५ रुपैयाँ पर्ने मास्कलाई ४० रुपैयाँसम्ममा बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले कारबाही गरेको हो । पुल्चोकको विद्या अल्का फार्मेसी (युनिट(क) र गौतम फार्मेसी एण्ड डाइग्नोस्टिक सेन्टर जावलाखेलको सदिक्षा मेडिकल हल र कुपण्डोलको शुभ सर्जिकल सप्ल...
उदयपुरमा १७ माेटरसाईकल र २२ मानिस प्रहरी नियन्त्रनमा

उदयपुरमा १७ माेटरसाईकल र २२ मानिस प्रहरी नियन्त्रनमा

समाचार
पूर्णपुष्टि, फागुन २७ । हाेली पर्वकाे दिन उदयपुरमा नियम उलङ्घन गर्ने १७ माेटरसाईकलसहित २२ जना प्रहरी नियन्त्रनमा परेका छन् । २२ मध्ये ४ जना महिला रहेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार हाेलीका दिन नियम उलङ्घन गरि माेटरसाईकलमा ३ जना चढ्ने, मादक पदार्थ सेवन गरेर हाेहल्ला गर्नेहरुलाई नियन्त्रनमा लिएकाे हाे । प्रहरीले सम्झाउने र सचेत गराउने काम गर्दा पनि अटेर गरि नियम उलङ्घन गरेकाले उनीहरुलाई नियन्त्रनमा लिएकाे हाे । नियन्त्रणमा परेकाहरुलाई अनुसन्धान गरि सामान्य अबस्थाकालाई छाडिने र गल्ती गरेकालाई गल्ती अनुसारकाे कारवाहि हुने उहाले बताउनुभयाे । हाेलीमा भिडभाड नगर्न, हाेहल्ला नगर्न, अस्वभाविकढंगले हाेली खेल्न गरेकाे निषेधलाई भने सर्वसाधारणले पालना गरेकाे उहाले बताउनुभयाे । सदरमुकाम गाईघाटमा दुई, चार जना हुँदै भिड हुन लागेकाे अबस्थामा प्रहरीले सम्झाउने र भिडलाई ...