Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

नेपालकाे पहिलाे कमेडी च्याम्पियन ‘हिमेश’

नेपालकाे पहिलाे कमेडी च्याम्पियन ‘हिमेश’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत १ । नेपालको पहिलो कमेडी च्याम्पियन हिमेश पन्त बनेका छन् । उनले रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि जित्दै पहिलो कमेडी च्याम्पियन बनेका हुन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएको जनाइएको छ । ग्रेण्ड फिनालेको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा गरिएको थियो । हिमेशले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्।  फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए । शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए । ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको कमेडी च्याम्पियनको दोस्रो संस्करणको घोषणा पनि भईसकेकोछ ।...
काँग्रेस र संघियको डेढ सय बढी नेकपामा प्रवेश

काँग्रेस र संघियको डेढ सय बढी नेकपामा प्रवेश

समाचार
जयराम पूर्वछाने मगर बेलाका, चैत्र १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेपाली काँग्रेस र संघिय समाजबादी पार्टीका एक सय ५० जना भन्दा बढीले पार्टी प्रवेश गरेका छन् । नगर कमिटि बेलकाको आयोजना भएको कार्यक्रममा नेपाली काँग्रेस र संघिय समाजबादी पार्टीका एक सय ५० भन्दा बढीले पार्टी परिवेश गरेका हुन् । बेलका नगरपालिका–३ का राजकुमार पाण्डे, नेत्र पौडेल, ढकन पाण्डे, शिव अधिकारी लगायतका नेतृत्वको एक सय ५० जना भन्दा बढीले पार्टी परित्याग गर्दै नेकपामा प्रवशे गरेका हुन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर जिल्ला ईन्र्चाज बलदेव चौधरी, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चाज मञ्जु चौधरी, नेकपा जिल्ला अध्यक्ष बिनोद कटुवाल, सचिव ईश्वर मणी राउत, नेकपा प्रदेश सदस्य मणि पौड्याल, प्रदेश सदस्य विमल कार्की, मणी पौडेल, राजन किराती, द्रोण पौडेल बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थाप...
प्रम अस्पतालबाट डिस्चार्ज

प्रम अस्पतालबाट डिस्चार्ज

समाचार
पूर्णपुष्टि, फागुन ३०।  मिर्गौला प्रत्यारोपणको १० औं दिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा अाेली अाज अस्पतालबाट डिस्चार्ज हुनुभएकाे छ । उहाको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । १९ गते फागुनमा अस्पताल भर्ना हुनुभएकाे थियाे । प्रत्यारोपणपछि अस्पतालमै बसेर उपचार तथा स्वास्थ्य रेखदेख गर्दै अाउनु भएकाे थियाे । स्वास्थ्य लाभ गरिरहनु भएकाे उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि शुक्रबारै बालुवाटारस्थित निवासमा फर्किनु भएकाे थियाे । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबारै डिस्चार्ज भइसक्नु भएकाे छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गरिएकाे जनाउनुभयाे । प्रम अाेलीले अझैपनि अाराम गर्नुपर्नेछ ।...
बाली उपचार शिविरमा ५६ समस्या

बाली उपचार शिविरमा ५६ समस्या

समाचार
उदयपुर, फागुन ३० गते । रौतामाई गाउँपालिका–४ सल्लेमा विहिबार संचालन भएको बाली उपचार शिविर सम्पन्न भएको छ । खाद्य वस्तु बाली र फलफुलमा देखा परेको रोग र समस्याको पहिचान गर्नका लागी एक दिने शिविर संचालन भएको हो । प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको आयोजनामा शिविर संचालन भएको हो । शिविरमा ५६ वटा समस्याहरु आएको प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको खरिदार गणेश कार्कीले बताए । सुन्तला, कागती, टमाटर, आलु, आरु, आँप, जुनारमा नयाँ खालको फ्रुट फ्लाई, मलखाद्यको अभाव, ढुसीजन्य रोगहरुको प्रकोप देखा परेको खरिदार कार्कीले बताए । बगैँचा व्यवस्थापन, काँटछाट र गोडमेल गर्दा यस्ता रोगहरुबाट बच्न सकिने उनले बताए ।...
माटो परिक्षण शिविर सम्पन्न

माटो परिक्षण शिविर सम्पन्न

समाचार
उदयपुर, फागुन ३० गते । उदयपुरमा संचालन भएको एक दिने माटो परिक्षण शिविर सम्पन्न भएको छ । प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरको आयोजनामा माटो तथा मल परिक्षण प्रयोगशाला झुम्का सुनसरीको सहयोगमा शिविर संचालन भएको हो । खाद्य बालीको उत्पादन र माटोको अवस्था थाहा पाउनका लागी त्रियुगा नगरपालिका– १४, १५ र रौतामाई गाउँपालिकाको ४ र ६ नम्बर वडाका विभिन्न ठाउँबाट माटोको नमुना संकलन गरिएको थियो । शिविरमा संकलन भएका एक सय ७० वटा माटोको नमुना मध्ये भौगोलिक आधारमा ५० वटा नमुना परिक्षण गरिएको प्रधानमन्त्रि कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई उदयपुरले जनाएको छ । शिविरमा संकलन भएका तर परिक्षण गर्न बाँकी रहेका नमुनाहरुको चाँडै परिक्षण गर्ने जनाईएको छ । नमुना परिक्षणमा पिएच अम्लिय १४, क्षारिय शुन्य, तटस्थ ३६ देखिएको छ । त्यस्तै प्रगारिक कम १३, मध्यम ३२ र उच्च ५ देखिएको...
युवती बलात्कारको आरोपमा १ जना पक्राउ

युवती बलात्कारको आरोपमा १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, फागुन ३० गते । उदयपुरमा युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । शारिरीक अपाङ्गता भएकी २६ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा ववित दनुवार पक्राउ परेको हो । गत बुधबार राती पीडितको घरको ढोका फुटाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–९ का १९ बर्षिय दनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घरका सबै सदस्य सुतेको मौकाछोपी दनुवारले राती १२ बजे युवती सुतेको ढोका फुटाई पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
हामी

हामी

साहित्य
गोठकृष्ण ठकुरी हामी त वर्षाभरी ओछ्यानमा पानी परेका मान्छे हिउँदभरी जाडोमा कुना सरेका मान्छे गर्मिभरी आगनमा हावा भरेका मान्छे हामीसँग मात्र दुइ थोक छ । एउटा भोट छ अर्को नागरिकता छ जस्लाई आफु भिजेर जोगाएका छाँै आफु चिसिएर तताएका छाँै कहिले काहीँ मान्छे खोज्दै आउने मान्छेहरुलाई देखाउनको लागि हामी त मलाई म नचाहिने मान्छे ऊ लाई ऊ नचाहिने मान्छे तर मलाई ऊ चाहिने मान्छे उलाई म चाहिने मान्छे हामीसँग अरु पनि छ जस्तो कि हजुरले थमाइदिनु भएको तमासुक हजुरको आदेशमा गोली थापी दिने छाती हजुरको भाषणमा ताली बजाइदिने हात हजुरको झुट पत्याइदिने हिम्मत हामीलाई थाह छ हजुर हामीले भोट हालेर परिवर्तन हुँदैन हजुरको सबै कुरा झुट हो यसो कहिले कहीँ चुनाब कै नाममा भए पनि मुख फेर्न पाईन्छ भनेर पत्याइदिएका हाँै । हामी आफैले उकास्...

सुस्तमनाेस्थितिकी महिला बलात्कृृत

समाचार
पूर्णपुष्टि, फागुन ३० । उदयपुरमा एक सुस्तमनाेस्थितिका साथै शारिरीक अपाङ्गता भएकी २६ बर्षिया युवती बलात्कृृृत भएकी छिन् । बलात्कारकाे आरोपमा प्रहरीले एक युवालाई पनि बिहीबार पक्राउ गरेको छ । पिडितकाे उजुरीकाे अाधारमा युवालाई पक्राउ गरेकाे उदयपुर प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयाे । बुधबार राती पीडितको घरको ढोका फुटाई बलात्कार गरेको आरोपमा त्रियुया नगरपालिका ९ का १९ बर्षिय ववित दनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । परिवारका सबै सदस्य सुतेको मौकाछोपी आरोपितले राती १२ बजे युवती सुतेको ढोका फुटाई पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरेहेको एसपी बुढामगरले जानकारी दिनुभयाे ।...
भ्रू्ण हत्या आरोपी गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

भ्रू्ण हत्या आरोपी गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

समाचार
पूर्णपुष्टि, फागुन ३० गते ।  पाचथरको एक गाउँपालिका अध्यक्ष भ्रूण हत्या प्रकरणमा संलग्न रहेको आरोपमा अदालतबाट धरौटीमा रिहा भएको छ । आरोपी कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङलाई जिल्ला अदालत पाँचथरले ५५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । गाउँपालिका–५ का रमेश खड्कासँगको प्रेम विवाहपछि बसेको २१ हप्ताको गर्भ पतनका लागि दबाब दिएको भन्दै अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध  स्थानीय एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिईन् । अध्यक्षको दबाबमा गत पुस २६ गते भ्रूण हत्या गराइएको भन्दै माघ २२ गते पीडितले जाहेरी दिएकी थिइन् । भ्रूण हत्या प्रकरणमा पक्राउ परेका तीन जना स्वास्थ्यकर्मी यस अघि नै ८०÷८० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेको जनाईएको छ । फरार रहेका अध्यक्ष चेम्जोङसहित अन्य प्रतिवादीका नाममा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । बिहीबार अदालतमा हाजिर हुन आएका...
आज कहि ठाउँमा पानी पर्ने सम्भावना

आज कहि ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, फागुन ३० गते । आज बादल लाग्नुका साथै केहि ठाउँमा पानी पोर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायूको प्रभावले शुक्रबार पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लाग्ने छ भने दिउँसोपख केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ ।  ...