Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

कोरोनाबारे सरकारको उच्च तयारी

कोरोनाबारे सरकारको उच्च तयारी

समाचार
पूर्णपुष्टि, चैत २ गते ।  सरकारले अति आवश्यक कामबाहेक अरु समयमा नाकामा आवात जावत बन्द गर्नेे रणनीति अपनाउने भएको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल प्रवेश गर्न नदिन नाकामा आवत जावत बन्द गर्ने रणनीति अपनाउने निर्णय गरेको हो । टेकु अस्पतालमा जस्तै सात वटै प्रदेशमा परीक्षण प्रयोगशाला बनाउने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सार्वजनिक खरिद ऐन अनुसार खरिद गर्दा ढिलाइ हुने भएकाले फास्ट ट्¥याकमार्फत मास्क (मुखावरण) लगायत आवश्यक सामग्री किन्ने निर्णय पनि गरेको छ । संघ, प्रदेश र पालिकाबीचको छलफललाई नियमित गर्ने र आपूर्तिलाई सहज बनाउने निर्णय भएको बैठकमा सहभागीहरुले बताएका छन् । अहिलेसम्म अवस्था ठिकै रहेको भएपनि भाईरसको संक्रमण भइहालेमा व्यवस्थापन गर्न गाह्रो हुने तर्फ मुख्यमन्त्री...
शेयर बजारमा दैनिक ५ घण्टा कारोबार हुने

शेयर बजारमा दैनिक ५ घण्टा कारोबार हुने

समाचार
पूर्णपुष्टि, चैत २ गते । आजदेखि शेयर बजारमा दैनिक पाँच घण्टा कारोबार सुरु भएको छ । बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुँदै आएकोमा आइतबारदेखि दिउँसो ४ बजेसम्म कारोबार हुने भएको हो । बिहान साढे १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक कारोबार र ११ देखि ४ बजेसम्म बोलकबोल र अन्तिम कारोबार हुने नेप्सेले जनाएको छ । नेप्सेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन ३० गते पत्र पठाएर कारोबार समयावधि बढाउन निर्देशन दिएको थियो । अन्र्तराष्ट्रिय अभ्यास पाँच घण्टा कारोबार गर्ने रहेकोले कारोबारको समय बढाइएको धितोपत्र बोर्डले जनाएको छ । परिक्षणको रुपमा कारोबार समय बढाइएको हो । कारोबार समय बढाउँदा लगानीकर्तालाई सहज हुने बोर्डको दाबी छ ।...
डि.एल.इ परिक्षाका विद्यार्थीहरुलाई माक्स वितरण

डि.एल.इ परिक्षाका विद्यार्थीहरुलाई माक्स वितरण

शिक्षा, समाचार
गाईघाट/चैत्र, २ कोरोना भाईरसको त्रास र संक्रमणको सजकता अपनाउन भन्दै त्रियुगा नगरपालिकाले कक्षा ८ का जिल्ला स्थरीय परिक्षा (डि.एल.इ) दिने विद्यार्थीहरुलाई माक्स वितरण गरेको छ । त्रियुगा नगरपालिका भरिका ६४ ओटा विद्यालयहरुमा माक्स वितरण गरेको हो । १६ ओटै वडाहरुको विद्यालयहरुमा माक्स वितरण गरिएको छ । १४ ओटा परिक्षा सेन्टर रहेको विद्यालयहरुमा त्रियुगा मावि गाईघाटमा मेयर वलदेभ चौधरीले माक्श वितरण गुर्नभको थियो । भने अन्य विद्यालयहरुमा वडाका वडाअध्यहरुले माक्स वितरण गर्नुभयो । त्रियुगा नगरपालिका वडा नं १३ मा वडाअध्यक्ष पशुपति चौधरीले माक्स वितरण सँगै परिक्षा अनुगमन समेत गर्नुभयो । लक्ष्मिपुर माविमा २२८ ओटा माक्स वितराण गरिएको छ । भाईरसको संक्रमण बाट सजग हुदै परिक्षामा कुनै डर त्रासको समस्या नहोस भन्दै नगरपालिकाले विद्यार्थीहरुलाई माक्स वितराण गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले...
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

समाचार
पुर्णपुष्टि, चैत २ गते ।  ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेको छ । आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले चार हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । दरबार मार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सवारी साधनसहित सेढाईंलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको प्रहरीले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २ गते ।  आज सुनको भाउ घटेको छ । आईतबार तोलामा १५ सय रुपैयाँले घटेको हो । सुनको भाउ घटेर तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २ गते । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय ९ रुपैयाँ ३१ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १२...
स्थल मार्ग हुदै नेपाल प्रवेश प्रतिबन्ध

स्थल मार्ग हुदै नेपाल प्रवेश प्रतिबन्ध

समाचार
पूर्णपुष्टि, चैत्र २ गते ।  आजदेखि भारत बाहेकका देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । भारतसँग पनि आउजाउका लागि विभिन्न चारवटा नाका मात्र खुला राखिएको हो । काकडभिड्डाको रानीगञ्ज, वीरगंजको रक्सौल, भैरहवाको सुनौली, र महेन्द्रनगरको बनबासा नाका मात्र खुला गर्ने निर्णय गरिएको हो । यी नाकाबाट ओहोरदोहोर गर्नेको स्वास्थ्य जाँच गरिनेछ । सामान ढुवानीका लागि भने यसअघिका सबै नाका प्रयोग हुने सरकारले जनाएको छ । अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेसन लेटर स्थगित गरिएको छ ।...
विदेशबाट नेपाल आउने सवैले ‘सेल्फ क्वारेन्टाइन’ बस्नु पर्ने

विदेशबाट नेपाल आउने सवैले ‘सेल्फ क्वारेन्टाइन’ बस्नु पर्ने

समाचार
पूर्णपुष्टि, चैत २ गते ।  विदेशबाट नेपाल फर्कने सवैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने अनिवार्य गरिएको छ । अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको हो । घर फर्केकाहरुले १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न विभागले आग्रह गरेको छ । घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन भान्सा बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । घरबाट बाहिर ननिस्कन, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूले प्रयोग गरेका क...
ब्राउन सुगर सहित १ जना पक्राउ

ब्राउन सुगर सहित १ जना पक्राउ

समाचार
झापा, चैत्र २ गते । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । भद्रपुर नगरपालिका–५ बाट शनिबार लागुऔषध ब्राउन सुगरसहित बमबहादुर तामाङ पक्राउ परेको हो । बिर्तामोड नगरपालिका–८ निबासी ३८ बर्षीय तामाङलाई ४ ग्राम एक सय ३० मिलिग्राम ब्राउन सुगर सहित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटेका प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
बेलायतमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु

बेलायतमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २ गते । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट २१ जनाको मृत्यु भई सकेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको विभिन्न संचारमाध्यमहरुले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आग्रह गरेका छन् । अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाएको थियो ।...