Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

घुससहित सुपरभाइजर पक्राउ

घुससहित सुपरभाइजर पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र ३ गते ।  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका ईलेक्ट्रिक सुपरभाईजर घुससहित पक्राउ परेको छ । काठमाडौंको रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटेका टोलीले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको आयोगले जनाएको छ । नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा कार्यालयको सेवाग्राही फाँटबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका दाहाललाई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।...
नेप्से बढ्दा कारोबार रकम घट्यो

नेप्से बढ्दा कारोबार रकम घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ गते ।  केहि दिनदेखि अस्थिर रहँदै आएको शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । हिजो ६४ अङ्कले घटेको नेप्से सोमबार ३ दशमलव ३५ अङ्कले बढेर १३ सय १६ दशमलव ३९ बिन्दुमा पुगेको हो । कारोबार भएको साढे दुई घण्टासम्म ओरालो लागेको नेप्से त्यसपछि भने सुधार हुँदै गएको थियो । होटल, उत्पादन र साझेदारी कोष समूहको शेयर सामान्य घटे पनि अरु समूहको शेयर सामान्य उकालो लागेको छ । त्यस्तै जीवन बीमा समूहको शेयर ४८, निर्जीवन बीमा समूहको शेयर ५३ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर २३ अङ्कले बढेको छ  । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् । नेप्से बढे पनि सोमबार ...
बरामद गरेको ११ लाख मास्क बेच्न निर्देशन

बरामद गरेको ११ लाख मास्क बेच्न निर्देशन

समाचार
पूर्णपुष्टि, चैत ३ गते ।  प्रहरीले बरामद गरेको मास्क (मुखावरण) तत्कालै बिक्री गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद गरेका मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर दिन निर्देशन दिएको हो । प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिनुभएको हो । कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले आइतबार कपन र सतुङ्गलबाट बरामद गरेको थियो । त्यस्तै गत शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद गरेको थियो ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ गते ।  आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार सुन तोलाको पाँच सय रुपैयाँले बढेर ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो । आज चाँदी तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
नेपाली दूतावासले रोक्यो मागपत्र प्रमाणीकरणको काम

नेपाली दूतावासले रोक्यो मागपत्र प्रमाणीकरणको काम

समाचार
पूर्णपुष्टि, चैत ३ गते ।  नेपाली दूतावास यूएईले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ । कोरोनाको जोखिमका कारण श्रमिकको मागपत्र प्रमाणीकरणको काम मंगलबारदेखि बन्द गर्ने भएको हो । अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने दूतावासले दिनेछ । सरकारले फागुन २९ गतेदेखि विदेश जाने नेपालीको हकमा श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।...
आज सवै विदेशी मुद्राका भाउ घट्यो

आज सवै विदेशी मुद्राका भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ गते ।  आज अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ केही पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५८ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय ८ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ९ रुपैयाँ ३१ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्री...
यात्रुको शरीरको तापक्रम नापिने

यात्रुको शरीरको तापक्रम नापिने

समाचार
पूर्णपुष्टि,चैत ३ गते । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले लामो दूरीका बसमा यात्रा गर्ने यात्रुको शरीरको तापक्रम नाप्न  सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागी यात्रुको तापक्रम नाप्न थालिएको हो । प्रालिको  मातहतमा रहेका करिब दुई हजार पाँच सय बसमध्ये लामो दूरीमा प्रयोग हुने बसका यात्रुको शरीरको तापक्रम नाप्ने प्रालिले जनाएको छ । शरीरको तापक्रम उच्च देखिए यात्रुलाई स्वास्थ्य केन्द्रसम्म पुराउने गरी तयारी गरिएको जनाईएको छ । बेलहिया, भैरहवा, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा खरिद गरिएको उपकरणबाट यात्रुको तापक्रम मापन गर्ने व्यवस्था मिलाएको प्रालिले जनाएको छ । भारतीय सीमा नाकाबाट आउने यात्रुलाई बढी निगरानी गर्ने जनाईएको छ । कोरोनाको त्रास बढेपछि बसमा यात्रा गर्नेहरुको सख्या ह्वात्तै घटेको छ ।...
१९ सय क्याप्सुलसहित २ जना पक्राउ

१९ सय क्याप्सुलसहित २ जना पक्राउ

समाचार
सुनसरी, चैत्र ३ गते । सुनसरीको भोक्राहाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेका प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका–४ बाट अरुण यादव र विवेक यादव पक्राउ परेका हुन् । बिशेष सूचनाको आधारमा प्रहरीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका स्थानीय २४ बर्षीय अरुण र सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ निबासी २० बर्षीय बिबेकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाईट्रोभेट ७ सय ५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन १ हजार १ सय ६० क्याप्सुल र डाईलक्स डि.सी. १०० एम.एल.को २९ बोतल बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, चैत्र ३ गते ।  विराटनगरको सजिलो बजार छेउबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेका प्रहरी टोलीले आईतवार बेलुका पौने ८ बजे निशान लिम्बुलाई पक्राउ गरेको हो । धरान उपमहानगरपालिका–१५ निवासी २२ बर्षीय लिम्बुलाई नटफिन–५० पिस, डाईजोल्याप–५० पिस र एभिल–५० पिससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
गाईघाट सिभिल हस्पिटलकाे अर्काे चरम लापरवाही, पिडितद्वारा अस्पताल /डाक्टर विरूद्ध मेडिकल काउन्सिलमै उजुरी

गाईघाट सिभिल हस्पिटलकाे अर्काे चरम लापरवाही, पिडितद्वारा अस्पताल /डाक्टर विरूद्ध मेडिकल काउन्सिलमै उजुरी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३ गते ।  उदयपुरको गाईघाट स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले पैसाको लागि मानिसको ज्यानमाथि खेलवाड गरेको पिडितहरुले बताएका छन् । एक दुर्घटनामा खुट्टा भाँचिएको विरामीको उपचारमा चरम लापरवाही गरेर जीवनको अन्तिम अवस्थामा पर्याएको र उपचारको नाममा ठूलो धनरासी खर्र्चाएको आरोप पिडितहरुको छ । सो अस्पतालमा लापरवाहीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका ७४ वर्षिय भुमिनन्द लुईटेललाई परिवारले अन्तिम अवस्थामा फर्काएर घरमा राखेका छन् । परिवारले गाईघाट शिभिल अस्पतालकै चरम लापरवाहीले विरामीको अवस्था यस्तो भएको भन्दै यस्ता अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्ने माग राखेको छ । भाँचिएको खुट्टाको हड्डी राम्ररी नजोडिदिनुका साथै उपचार र हेरचाहमा लापरवाही गरेपछि बाँच्ने मान्छे मृत्युको मुखमा पुगेको परिवारले जनाएको छ । खुस्किएको हात जोड्न लगाईएको स्टिल निकाल्दा हड्डी काटिदिएको घटना...