Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

किराना पसल जल्दा ४ लाखको क्षती

किराना पसल जल्दा ४ लाखको क्षती

समाचार
मोरङ, चैत्र ५ गते । मोरङको बुढीगंगामा किराना पसलमा आगलागी हुदा चार लाख बराबरको क्षती भएको छ । बुढीगंगा–१ पुष्पलाल चोक निबासी भवनाथ धमलाको घरमा रहेको  किराना पसल जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । किराना पसलमा विजुलीको लाईन सट भई आगलागी हुदा पसलमा भएका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
आगलागीबाट साढे १७ लाख बराबरको क्षती

आगलागीबाट साढे १७ लाख बराबरको क्षती

समाचार
खोटाङ, चैत्र ५ गते । खोटाङ हलेसी हात्तिटारमा आगलागीबाट तीन घर जलेर नष्ट हुदा करिब साढे १७ लाख बराबरको क्षती भएको छ । स्थानीय लोकेन्द्र माझिको घरमा अचानक लागेको आगो छिमेकी सिता माझी र झनबहादुर थापाको घर जलेर नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । घर, सनुका गरगहना, धनमाल, अन्नपात जलेर नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
कोरोना भाईरस रोक्न सरोकारवालासँग परामर्श

कोरोना भाईरस रोक्न सरोकारवालासँग परामर्श

समाचार, स्वास्थ्य
उदयपुर, चैत ४ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोक्नको लागी सरोकारवालाहरुको विचमा परामर्श कार्यशाला गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिले उदयपुरको आयोजनामा नेपाल रेडक्रश सोसाईटी उदयपुर शाखाको सहयोगमा मंगलबार सरोकारवालाहरुसँग परामर्श कार्यशाला गरेको हो । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि जिल्लामा उच्च सतकर्ताका साथ एसईई परीक्षामा समेत उच्च सर्तकता अपनाउने प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले बताए । कोरोना भाईरसको निहुमा कुनै पनि अति आवश्यक सामाग्रीको कृतिम अभाव सृजना (कालोबजारी) गरे प्रशासन कार्वाही गर्ने उनले बताए । कार्यक्रममा कोरोना भाईरस संक्रमणको सतकर्ताका लागि रेडक्रसले गरेको पहल र कार्यको जानकारी नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापती विनोदकुमार बस्नेतले प्रस्तुत गरेको थियो ।  स्थानिय स्तरसम्म पुगेर थप जनचेतना फैलाउनु पर्ने उनले बताए ...
ट्याक्टरले किचेर लिङ्देनको मृत्यु

ट्याक्टरले किचेर लिङ्देनको मृत्यु

समाचार
झापा, चैत्र ४ गते । झापाको हल्दिबारीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । हल्दिबारी–१ निबासी १६ बर्षीय बिनोद लिङ्देनको ट्याक्टरले किचेर मृत्यु भएको हो । बिर्तामोड–१० शिवालय साईरन चोक स्थित भित्री सडक खण्डमा गोलधापबाट बिर्तामोड तर्फ आउदै गरेको प्र–१–०१–००१ त ८२९९ नम्बरको ईटा बोकेको ट्याक्टरमा सवार रहेका कामदार लिङ्देन दिउँसो पौने ३ बजे एक्कासी लड्दा सोही ट्याक्टरले किचेर घाइते भएको प्रहरीले नजाएको छ । ट्याक्टरले किचेर घाईते भएका लिङ्देनको बि.एण्ड सि. अस्पताल बिर्तामोडमा उपचारको क्रममा दिउँसो पौने ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ट्याक्टर र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ४ गते ।  आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर१ कोे खरिददर १ सय १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३१ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय ८ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ ३७ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक...
एकै दिन सुनको भाउ २ हजार घट्यो

एकै दिन सुनको भाउ २ हजार घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ४ गते ।  आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको दुई हजार रुपैयाँले घटेर ७५ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ८० रुपैयाँ घटेर सात सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
पनौतीमा अनिश्चितकालीन कर्फ्यू

पनौतीमा अनिश्चितकालीन कर्फ्यू

समाचार
पूर्णपुष्टि, चैत ४ गते ।  काभ्रेपलाञ्चोकको पनौतीमा विहान ९ बजेदेखि अनिश्चितकाल कर्फ्यू लगाईएको छ । हिजो पनौती नगरपालिका–५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि विरोधमा उत्रेका स्थानीय र प्रहरी विच राति झडप भएको थियो । झडपमा केहि प्रहरी र स्थानीय घाइते भएपछि स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले विहानदेखि  अनिश्चितकालको लागि कर्फ्यू लगाएको हो । बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ निबासी ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो । विहानैदेखि स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।...
चाम्लीङ राई खाम्बातिमको दोस्रो जिल्ला सम्मेलनको भव्य तयारी

चाम्लीङ राई खाम्बातिमको दोस्रो जिल्ला सम्मेलनको भव्य तयारी

समाचार
उदयपुर/चैत्र , ४ किरात राई चाम्लीङ खाम्बातिम जिल्ला कार्यसमिति उदयपुरको यही चैत्र ८ गते जिल्ला सम्मेलन हुने भएको छ । मंगलबार सम्मेलन तयारीको बैठक गर्दै सम्मेलनको भव्य तयारी भईरहेको चाम्लीङ राई खाम्बातिम जिल्ला कार्यसमिति उदयपरको अध्यक्ष निर बहादुर राइले बताउनुभयो । किरात चाम्लिङ खाम्बातिम भनेको किरात राईहरुको पनि चाम्लिङ राईहरुको मात्रै भाषिक सांगठनकि संस्था रहेको छ । चाम्लीङ  राईहरु मध्ये बिभिन्न पाछा रहेपनि भाषा भने चाम्लिङहरुको एउटै हो । यसै भाषिक संस्थागत विकासका लागि जिल्लामा पनि २०६८ साल देखी संस्था स्थापना गरी चाम्लीङ राईहरुको भाषिक विकासमा लागि परेको छ । उदयपुरमा ८ ओटा प्राराम्भीक कार्यसमितिहरु समेत निर्माण भई संस्थागत गतिविधिहरु बढिरहेको छ । आयोजकले सम्मेलन लाई भव्य र सभ्य बनाउन सम्बन्धित सम्पुर्ण किरात चाम्लिङ खाम्बातिमहरुलाई सहभागी हुन अनुरोध समेत गरेको छ । कार्यक्रम चै...
विद्यार्थी केन्द्रित निःशूल्क स्वास्थ्य शिविर

विद्यार्थी केन्द्रित निःशूल्क स्वास्थ्य शिविर

समाचार, स्वास्थ्य
बद्रीनारायणा यादव/पूर्णपुष्टि, चैत्र ३ गते ।  परिवर्तित मौसमलाई मध्यनगर गर्दै चन्द्र नारायण यादव मेमोरियल ट्रष्टद्वारा संचालित चन्द्र नारायण यादव मेमोरियल मेटेर्निटि अस्पताल माडर सिरहाले सिरहा नगरपालिका–१५ सुखचैनास्थित रहेको चन्द्र नारायण यादव आधारभुत विद्यालयबाट विद्यार्थी केन्द्रित औषधी सहित निःशूल्क स्वास्थ्य शिविरको सुरुवात गरेको छ । बालरोग विषेशज्ञ डा।मंदिप गौतमको टिमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको थियो । समान्य रुघाखोकी, कान पाक्ने, टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या देखा परेको प्रमुख डा।गौतमले बताए । उनका अनुसार मौसम परिवर्तन हुन लागेको हुँदा देखा परेको समान्य समस्याहरु प्राथमिक उपचारबाटै निको हुने छन् । सुरुवातको पहिलो दिनको निःशूल्क स्वास्थ्य शिविरमा त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये स्वास्थ्यमा समस्या देखा परेका ७० भन्दा बढिको स्...
बजारमा ग्याँस अभाव, प्रशासनले गर्यो अनुगमन

बजारमा ग्याँस अभाव, प्रशासनले गर्यो अनुगमन

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३ गते ।  उदयपुरमा ग्याँसको अभाव खड्किएको भन्दै उपभोक्ताहरुले व्यापक गुनासो गरेका छन् । शहरी क्षेत्रमा खाना पकाउनका लागि अतिआवश्यक बनेको ग्याँस अभाव भएको हो । कोशी, नारायणी, प्रीमा लगायतका विभिन्न कम्पनीको ग्याँस बजारमा आउने गरेकोमा ती सबै अभाव देखिएको हो । ग्याँस नहुदा खाना पकाउन समस्या परेको उपभोक्ताहरुले बताएका छन् । बजारमा ग्याँसको अभावसंगै कालाबजारी भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा सोमबार ग्याँस डिलरहरुको अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ लगायतको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले कोशी, नारायणी, प्रिमा ग्याँसका डिलरहरुमा अनुगमन गरेको हो । अनुगमनको क्रममा डिलरहरुले लुकाएर राखेको नपाईए पनि प्रभावकारी वितरण नगर्दा अभावको अवस्था सिर्...