एक जनप्रतिनिधिले विदेशीको श्रीमती उडाइदिएकाे आरोप
पूर्णपुष्टि, फागुन १८ ।
उदयपुरमा एक जनप्रतिनिधिले विदेशीको श्रीमती उडाईदिएको आरोप छ । चौदण्डीगढी नगरपालिका ७ नं. वडा सदस्य हरीमान कटुवालले विदेशी युवाको श्रीमती उडाई दिएको आरोप लागेको हो । हरिमान स्थानीयतहको प्रत्यक्ष निर्वाचनबाट जननिर्वाचित वडा सदस्य हुन् ।
वडासदस्य कटुवालकाे बेल्टारस्थित आफ्नै घरमा डेरागरी बस्ने श्रीमती रमा कोइरालालाई भगाएको आरोप रमाकै श्रीमान् खेमराज कोइरालाले लगाएका हुन् । श्रीमती अरुसंग लागेको खबर पाएर हिजो मात्र नेपाल आइपुग्दा सत्य सावित भएको उनले बताए । हिजो विहान विदेशबाट काठमाडौं ओर्लिएर बेलुका बेल्टार आइपुगेका थिए । “घरमा श्रीमती पनि भेटिएन, कमाएर पठाएको पैसा पनि भेटिएन” खेमराजले भने “म्यासेन्जरमा बोल्दा हरिमानसंग पैलो गएको भनेकी थिइन”
हरिमानकै श्रीमतीले उनीहरुबीचको नाजायज सम्बन्धको बारेमा जानकारी दिएपछि सोधीखोजीबाट आफुलाई प्रष्ट भएको खेमराजले बताए । श्रीमतीला...









