Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

सुख्खा पहिरोमा एक जनाको मृत्यु

सुख्खा पहिरोमा एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  मस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको घैपुमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । म्याग्दी – बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत घैपुमा सोमबार सुख्खा पहिरो जादा एक्स्काभेटर चालक अर्जुन दाहालको मृत्यु भएको हो । सडक सफा गर्ने क्रममा एक्स्काभेटर चालक सिन्धुपाल्चोक निबासी दाहालको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले एक्स्काभेटर सडकबाट करिब तीन सय मिटर तल घैपु खोलामा झारेको प्रहरीले जनाएको छ । सुख्खा पहिरो खसेसँगै बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ ।   यो पनि पढ्नुस् । एफ ए कपको क्वाटर फाईनलमा आर्सनल प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २–० गोले पछि पार्दै आर्सनल क्वाटर फाईनलमा प्रवेश गरेको हो । पोर्ट्समाउथको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका पापास्थाथोपाउलसले गोल गरे भने ५१औ...
राजस्थानमा पनि कोरोना संक्रमित

राजस्थानमा पनि कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २० गते ।  भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको संक्रमित फेला परेको छ । जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस संक्रमणको देखिएको संचारमाध्यहरुले जनाएका छन् । गत फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा संक्रमण देखा नपरेपनि दोस्रो पटक नमुना संकलन परिक्षणमा पुष्टि भएको जनाईएको छ । कोरोना संक्रमित इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ । दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ । त्यस्तै दिल्ली र तेलङ्गनामा गरी भारतमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।...
आर्सनल एफ ए कपको क्वार्टर फाइनल प्रवेश

आर्सनल एफ ए कपको क्वार्टर फाइनल प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २० गते ।  एफ ए कपको क्वाटर फाईनलमा आर्सनल प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २–० गोले पछि पार्दै आर्सनल क्वाटर फाईनलमा प्रवेश गरेको हो । पोर्ट्समाउथको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका पापास्थाथोपाउलसले गोल गरे भने ५१औँ मिनेटमा ईडी एनकेतियाले गोल गर्दै आ आर्सनल एफ ए कपको क्वार्टन फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, फागुन १९ गते ।  आज विदेशी मुद्राको भाउ घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डरल  १ कोे खरिददर १ सय १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो डलर एकको खदिदर १ सय १५ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ८० पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो यसको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा पुगेको छ । आइतबार यसको १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय २ रुपैयाँ पुगेको छ । हिजो यसको खरिददर ३ सय १ रुपैयाँ ७४ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ...
यी व्यक्ति जसले, सर्बसाधारण कृषकलाई लाखौं ठगेर फरार भए

यी व्यक्ति जसले, सर्बसाधारण कृषकलाई लाखौं ठगेर फरार भए

समाचार
पूर्णपुष्टि, फागुन १९ गते । दुईचार रुपैया कमाई गर्न भनि च्याउखेतीमा लागेको उदयपुर गाईघाटका सर्बसाधारण कृषकहरुलाई ठगेर एकव्यक्ति फरार भएका छन् । खोटाङको तत्कालिन छोरम्बु गाविस वडा नं. २ मा घर रहेका करिब ४७ वर्षिय युवराज श्रेष्ठले कृषकहरुलाई ठगेर फरार भएका हुन । श्रेष्ठले उदयपुरको सदरमुकाम गाईघाटमा डेरा बसेर अर्गानिक कृषि तथा च्याउ कृषक समुहको नाममा ४६ जना कृषकहरुबाट ७ लाख ३० हजार रुपैया ठगेका हुन् । पिडितहरुले गत २०७३ चैतमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा श्रेष्ठ विरुद्ध उजुरी नै दिएका छन् । दोषीलाई पक्राउ गरी कारवाही गर्न र पैसा फिर्ता गराईदिन भन्दै उजुरी दिएपछि श्रेष्ठले चैत ९ गते सातादिनभित्र २ लाख जम्मा गरिदिने र त्यसपछिको हरेक महिनामा दुईलाखका दरले जम्मा गरिदिई चुक्ता गरिदिने कागज गरिदिएका छन् । तर कागज बमोजिम नगरी सबैसंग सम्पर्क विच्छेद गरेर फरार रहेका छन् । कहिले काँही काठमाडौ...
कृषी सहकारीको १३ करोड बढी लगानी

कृषी सहकारीको १३ करोड बढी लगानी

आर्थिक, समाचार
उदयपुर, फागुन १९ गते । उदयपुरको कृषी सहकारी संस्था लिमिटेडले कृषी क्षेत्रमा १३ करोड बढी लगानी गरेको छ । जिल्लाकै सबैभन्दा ठुलो संजाल रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड कृषि क्षेत्रमा उक्त रकम लगानी गरेको हो । संस्थाको त्रियुगा नगरपालिका ५ देउरीमा सोमबार नवनिर्मित भवन उद्घाटनकाक्रममा प्रवन्धक युवराज कोईरालाले कृषि क्षेत्रमा १३ करोड चार लाख ७३ हजार ८ रुपैँया लगानी रहेको प्रतिवेदन सार्वजानिक गरे । १६ बर्षअघि स्थापना भएको संस्थाको हालसम्मको सम्पतीमा १५ करोड २५ लाख ८८ हजार दुई सय ६७ रुपैँया, स्थीर पुँजितर्फ चार कठ्ठा १८ धुर जग्गा र ६० लाख लागतमा निर्मित १० कोठे एक तल्ले भवन रहेको प्रबन्धक कोईरालाले बताए । प्रतिवेदनमा एक करोड ४७ लाख ७० हजार सात सय शेयर पुँजी रहेको सहकारीको निक्षेपतर्फ सात करोड ६५ लाख २१ हजार आठ सय ७६ रुपैँया रहेको जनाइएको छ । त्यसैगरी सहकारीमा दुई सय ६२ वटा ...
कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सहायक प्रजिअ

कर्मचारी मिलन केन्द्रको अध्यक्षमा सहायक प्रजिअ

समाचार
उदयपुर, फागुन १९ गते । कर्मचारी मिलन केन्द्र उदयपुरको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई चयन भएको छ । अधिकृत स्तरका कर्मचारीहरुको साझा संगठन कर्मचारी मिलन केन्द्रको हालै सम्पन्न साधारणसभाले भट्टराईको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा जिल्ला अदालतका श्रेष्तेदार राजकुमार आचार्य, सचिबमा कारागार कार्यालयका प्रमुख कुमारबहादुर खड्का, कोषाध्यक्षमा कर कार्यालयका प्रमुख सुमन बुढाथोकी र सहसचिबमा त्रियुगा नगरपालिकाका लेखा अधिकृत विनया बस्नेत रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा घरेलु कार्यालयका प्रमुख पाक्रम खाँ, खाद्य तथा गुणस्तर कार्यालय प्रमुख रमेश दाहाल, सिद्धार्थ बैंकका प्रमुख सुनिल पोखरेल, उदयपुर सिमेण्ट उद्योगका विश्वनारायण साह, पूर्वाधार विकास कार्यालय प्रमुख जितेन्द्रकुमार कर्ण, हुलाक कार्यालय प्रमुख हरिलाल खत्री, आयुर्वेद कार्...

धार्मीक स्थल बन्दै शान्तिधाम

समाचार
उदयपुर, फागुन १८ गते ।   उदयपुरका प्रवेशद्धारको रुपमा रहेको त्रियुगा शान्तिधामलाई धार्मीक स्थलको रुपमा विकास गर्नु  पर्ने सरोकारवालाहरुले बताएका छन् । सदरमुकाम गाईघाटमा रहेको धार्मिक तथा रमणिय स्थल शान्तिधाम  बहुसाँस्कृतिक र बहुधार्मिक क्षेत्रको रुपमा विकास गर्न छुट्टै गुरुयोजना बनाउनु पर्ने सरोकारवालाहरुले बताएका हुन् । त्रियुगा शान्तिधाम ब्यावस्थापन समितिले आईतबार आयोजना गरेको बृहद सार्वजनिक वहस कार्यक्रममा सहभागिहरुले धार्मीक स्थल बनाउनु पर्ने सुझाव दिएका थिए । नगरको गरिमा र पहिचान झल्किने गरी सुरु गरिएको शान्तिधाम सवैको साझा धरोहरको रुपमा रहेको बताएका छन् । त्रियुगा नदी किनारामा रहेको शान्तिधामको रमणीय स्थललाई धार्मिक पर्यटनको गन्तब्य स्थल बनाउन ठोस नीति र कार्यक्रमसहितको गुरुयोजना बनाउन आवश्यक रहेको प्रदेश सांसद विमल कार्कीले बताए । शान्तिधामलाई आध्यात्मिक केन्द्र बनाएर धार्म...
युवाको आवेश प्रचण्डमाथी, जुत्ता प्रहार गरेर आवेश देखाए

युवाको आवेश प्रचण्डमाथी, जुत्ता प्रहार गरेर आवेश देखाए

समाचार
पूर्णपुष्टि, फागुन १८ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रमलाई सम्बोधन गरेर कर्सीतर्फ लम्किदै थिए । त्यसैसमय दर्शकदिर्घाको तर्फबाट जुत्ता प्रहार भयो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृतिसभालाई सम्बोधन गरेर कुर्सीमा फर्कने क्रममा भएको जुत्ता प्रचार प्रचण्डलाई भने लागेन । मञ्चमा रहेका प्रचण्डसम्म जुत्ता पुगेन । जुत्ता प्रहार गर्ने ब्यक्ति एक युवा रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । जुत्ता हान्ने युवा जुम्लाका रतन तिरुवा रहेका छन् । उनले भाषण चित्त नबुझेर आवेशमा जुत्ता हानेको प्रहरीलाई बयान दिएको बताइएको छ । भाषणमा वर्गसंघर्षको कुरा गरेको र त्यो कुरा आफुलाई पटक्कै चित्त नबुझेर आवेशमा आइ जुत्ता प्रहार गर्न पुगेको तिरुवाले बताएका छन् । अन्दाजी २० वर्षिय तिरुवा लोकसेवाको तयारीमा रहेको बुझिएको छ । उनको बुवा मोहन तिरुवा सशस्त्र द्वन्द्...
सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार

सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार

समाचार
पूर्णपुष्टि, फागुन १८ गते ।  राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति प्रथम सभामा सहभागी हुनुभएको प्रचण्ड माथी आइतबार दिउँसो जुत्ता प्रहार भएको हो । राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सहभागी हुनुभएका प्रचण्ड माथि जुत्ता प्रहार भएको थियो । तर प्रहार गरेको जुत्ता प्रचण्डलाई भने लागेको थिएन । सभामा सम्बोधन गरेर आसनमा फर्कने क्रममा जुत्ता प्रहार गरिएको प्रहरीले जनाएको हो । प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...