Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत्र ५ गते ।  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण  रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । चैत ६ गतेबाट सुरु हुन लागेको एसईई परीक्षा स्थगित गरेपछि अर्को सुचना नआउन्जेलका लागी परीक्षा स्थगीत गर्ने सरकारले निर्णय गरेको छ । यस वर्षको एसईई परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । बुधबार अपरान्ह बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तत्काल बसेको बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै नि...
एसईई परीक्षाको तयारी पुरा

एसईई परीक्षाको तयारी पुरा

शिक्षा, समाचार
उदयपुर, चैत्र ५ गते । यस वर्षको माध्यामिक शिक्षा उतिर्ण परीक्षा (एसईई) परीक्षाको तयारी पुरा भएको छ । उदयपुरको २६ वटा परीक्षा केन्द्रमा ५ हजार ९ सय ९० जना विद्यार्थी परीक्षामा सहभागि हुने जिल्ला शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ । चैत्र ६ गतेबाट सुरु हुने एसईई पर २ हजार ७ सय ९७ छात्र र ३ हजार १ सय ९३ छात्रा परीक्षार्थी रहेको ईकाईले जनाएको छ । एसईई परीक्षामा नियमित तर्फ ५ हजार ६ सय २५ र गे्रड वृद्धिका लागि ३ सय ६५ विद्यार्थीले परीक्षा दिदैछ । परीक्षाको लागि ६ हजार ३८ जनाले परीक्षा फारम भरेपनि ४८ जनाको फारम अस्वीकृत भएको जनाईएको छ । परीक्षा केन्द्रहरु मध्ये गे्रेड वृद्धिका लागि अम्वेबर जनता मावि राजाबास परीक्षा केन्द्र कायम गरीएको छ । परीक्षा केन्द्रहरुमा कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागी प्रत्ये परीक्षा केन्द्रमा हेल्प डेक्स राख्ने जनाईएको छ ।...
उदयपुरमा ह्वील लक कारबाही सुरु

उदयपुरमा ह्वील लक कारबाही सुरु

समाचार
उदयपुर, चैत ५ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्राफिक नियम उल्घंन गर्ने सवारी साधनलाई ‘ह्वील लक’ कारबाही सुरु गरेको छ । सडक दुर्घटना नियन्त्रण गर्नका लागी पहिलो पटक बुधबारदेखि सवारी साधनहरुलाई ‘ह्वील लक’ कारबाही सुरु गरेको हो । नियम मिच्ने सवारी साधनकै कारण दुर्घटना बढ्दै गएकाले यसलाई नियन्त्रण गर्नका लागी ‘ह्वील लक’ कारबाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ‘ह्वील लक’ कारबाही सुरु गरेको दिन नै ७७ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सई होमप्रसाद खनालले बताए । ‘ह्वील लक’ कारबाहीमा ४७ वटा चारपाङ्ग्रे सवारी साधन, २१ वटा मोटरसाईकल र ९ वटा टेम्पो कारवाहीमा परेका थियो । उक्त सवारी साधनबाट  ५९ हजार पाँच सय राजस्व संकलन भएको सई खनालले बताए । ‘ह्वील लक’ कारवाहीबाट सर्वसाधरण नागरिक सचेत हुने प्रहरीले जनाएको छ । सदरमुकाम गाईघा...
कोरोनाको संक्रणबाट बच्न रौतामाईको उच्च सर्तकता

कोरोनाको संक्रणबाट बच्न रौतामाईको उच्च सर्तकता

समाचार, स्वास्थ्य
उदयपुर, चैत्र ५ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागी रौतामाई गाउँपालिकाले उच्च सर्तकता अपनाउदै ई–हाजिरी सेवा बन्द गरेको छ । रौतामाई गाउँपालिका भित्रको सवै सरकारी कार्यालयहरुमा संचालित ई–हाजिरी सेवा बन्द गर्न बुधबार सुचना जारी गरेर आह्वान गरेको हो । वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यामिक विद्यालयहरुमा संचालनमा रहेको ई–हाजिरी सेवा प्रणालीमा कार्यालय प्रवेश गर्दा र बाहिरीदा औलाले छुनु पर्ने भएकाले कोरोनाको संक्रमणबाट बच्नका लागी उच्च सर्तकता अपनाउँदै अर्को सुचना प्रकाशन नगरेसमम प्रयोगमा नल्याउन आह्वान गरेको पालिकाले जनाएको छ । कोरोनाको संक्रमणबाट बच्नका लागी दिनमा २÷३ पटक राम्ररी साबुन पानीले हात धुनु पर्ने भएकाले यस अघि नै मन्त्रालयहरुले ई–हाजिरी सेवा बन्द गरेको जानकारी पाएको र पालिकाले भाईरसको संक्रमणको उच्च सर्तकता अपनाउदै ई–हाजि...
सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रको सम्मान

सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रको सम्मान

समाचार
उदयपुर/चैत्र, ४ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर शाखालाई केन्द्रले सम्मान गरेको छ । १ नं प्रदेश भरीका जिल्लाहरुको प्रतिनिधित्व रुपमा उदयपुर  शाखालाई केन्द्रले सम्मान गरेको हो । माहासंघको प्रथम स्थापना दिवसको अवसर पारेर काठमाण्डौमा उदयपुर सहित देशैभरीका ७ ओटै प्रदेशका ७ ओटा जिल्लाहरुलाई सम्मान गरेको छ । ७ प्रदेशमा ५६ ओटा जिल्लाहरु मध्ये संस्थालाई महासंघ दर्ता गराउन प्रक्रियागत तरिकाले योगदान पुराउने ७ ओटा प्रदेशको ७ जिल्लाहरुलाई सम्मान गरिएको थियो । जिल्ला अध्यक्षहरुको प्रतिनिधित्वमा सम्मान गरिएको थियो । उदयपुर जिल्लाबाट नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुर शाखाकी अध्यक्ष ज्ञानु प्रधानले प्रतिनिधित्व गर्नुभएको थियो । प्रधानले संस्था माहासंघ दर्ता गराउन विधिगत प्रक्रियामा संस्थालाई योगदाान गर्नुभएको भन्दै उदयपुर जिल्लालाई १ नं प्रदेशको प्रतिनिधित्वको रुपमा अघि सार्न सफल हुन...
गाइघाट चौतारी

गाइघाट चौतारी

साहित्य
दाइ चुरिया मन्दिर आइपुग्यो नमस्कार गरौँ यहाँ त सम्झाएको मात्र हो दाइ नमस्कार खानेहरु त तलै गाउँतिर बस्छन् आउनुस् दाइ बसेर कुरा गराैैं हेरेर कुरा गरौँ उ त्यो डाँडा छ नि दाइ त्यो बोक्से हो वैदेशिक रोजगारीमा नजानेहरु तेतै रोजगारी गर्छन् तेतै भेटिन्छ, कलम बोक्ने बन्दुक बोक्नेहरु अलि मास्तीर चाहीँ यतापटि बन्दुकले जग्गा किन्नेहरु बस्छन् उतापटि गुलेलीले जग्गा किन्नेहरु बस्छन् अनि त्यो तल्लो भाग देखिन्छ नि दाइ त्यो चाहीँ गाइघाट बजार हो त्यहाँ भाउमा तलमाथि होला दाई तर व्यापारीको दाउमा तलमाथि छैन सबैको एउटै दाउ छ कमाउने अनि त्यो खोला छ नि दाइ त्यो त्रियुगा खोला हो यहाँ यसैकोे राज चल्छ नगरपालिका, क्याम्पस, अस्पताल, विद्यालय सबै यसैको हो दाइ हाम्रो त केही छैन देशले किनारा लगाएका हामी यस्कै किनारामा बस्छाँै अनि यतापटिको गाउँ छ नि दाइ त्यो दशवर्षे जनयुद्धमा मास्तिरबाट झरेक...
रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

रुघाखोकी र कोरोना भाइरसको लक्षणमा फरक

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र ५ गते । चिसोले छाड्दै गर्मी प्रवेश गर्दै गर्दा मौसम परिवर्तनको क्रममा मौसमी फ्लु को जोखिम बढ्ने गर्दछ । रुघा खोकी र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लाग्यो भन्ने त्रास हुने गरेको छ । कोरोनाको लक्षण  – रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने – निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने – श्वास लिँदा धेरै बल लगाउनुपर्ने – छातीमा गाह्रो हुने कति बेला अस्पताल जाने  – सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन – ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा – ज्वरो निरन्तर आएमा – श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा – ज्यान धेरै कमजोर र लत्रक्क परेको जस्तो महशुस भएमा – मधुमेह, मिर्गाैला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने प्रतिरोधात्मक क्षमता बढाउन  – फ...
१ सय ६४ देशमा कोरोना भाइरस पैmलियो

१ सय ६४ देशमा कोरोना भाइरस पैmलियो

समाचार, संसार
पूर्णपुष्टि, चैत ५ गते । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) एक सय ६५ देशमा फैलिएको छ । चिनमा भाईरसको संक्रमण नियन्त्रण हुदै गर्दा बाहिरी देशहरुमा तिब्र रुपले फैलिरहेको हो । पछिल्लो २४ घण्टा भित्र चीनमा कसैलाई पनि भाईरसको सक्रमित देखा परेको छैन भने मृत्यु हुनेको संख्या पनि नबढेको संचारमाध्यमहरुले जनाएको छ । भाईरसको कारण चीनमा अहिलेसम्म तीन हजार दुई सय २६ जनाको मृत्यु भएको छ । भाईरसको संक्रमण देखिएका ८० हजार आठ सय १ मध्ये ६ हजार सात सय २४ जना उपचारपछि घर फर्किएका छन् । उपचार गराइरहेका आठ हजार ९ सय ३१ जनामध्ये तीन हजार दुई सय २६ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ । पछिल्लो २४ घण्टामा चिनबाहिर आठ सय तीन जनाको मृत्यु भईसकेको छ भने १५ हजार सात सय ४० जना नयाँ सक्रमित फेला परेको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ५ गते ।  आज सुनको भाउ बढेको छ । बुधबार सुन तोलाको एक हजार रुपैयाँले बढेको हो । सुन बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एकैदिन सुन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  ...
आगलागीबाट ३ घर जलेर नष्ट

आगलागीबाट ३ घर जलेर नष्ट

समाचार
झापा,चैत्र ५ गते । झापा कमलमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । कमल गाउँपालिका–५ निबासी धनबहादुर बिकको घरमा बिजुली सर्ट भई आगलागी हुदा छिमेकीको दुई घर जलेर नष्ट भएको हो । धनबहादुरको घरबाट लागेको आगो फैलिएर छिमेकी सन्तोष बिक र सुजन विकको घरमा आगलागी हुदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा तीन वटै घरको आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...