Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

पिकअप दुर्घटनामा चालकको मृत्यु

पिकअप दुर्घटनामा चालकको मृत्यु

समाचार
पाँचथर, चैत्र ६ गते । पाँचथरको फिदिममा पिकअप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–११ तृतियामा पिकअप दुर्घटना हुदा चालक बलबहादुर राईको मृत्यु भएको हो भने ६ जना घाईते भएका छन् । फिदिम फालोट सडक खण्डमा फिदिमबाट नागिन तर्फ जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक फिदिम–१३ निबासी ३५ बर्षीय राईको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनामा घाईते भएका अन्य ६ जनाको जिल्ला अस्पताल तथा नागिन स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले छ ।...
जलेर १ जेष्ठ नागरिकको मृत्यु

जलेर १ जेष्ठ नागरिकको मृत्यु

समाचार
सुनसरी, चैत्र ६ गते । सुनसरीमा एक जना जेष्ठ नागरिकको जलेर मृत्यु भएको छ । धरान–१६ की ९० बर्षीया आशादेवी रानाको विहान साढे ४ बजे जलेर मृत्यु भएको हो । आफ्नै घरको पुजा कोठामा धुपबाती बाल्ने क्रममा कपडामा अचानक आगो सल्किएर रानाको शरिरका बिभिन्न भागहरु जलेर घाईते भएको प्रहरीले जनाएको छ । घाईते रानाको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
मोरङ, चैत्र ६ गते । मोरङको सुनवर्सीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका–८ मिलन चोकबाट लागुऔषध सहित काजीमान विक र शिवनारायण चमार पक्राउ परेका हुन् । भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेको मे ४ प ७७३७ नम्बरको मोटरसाईकललाई  दिउँसो १ बजे चेकजाँच गर्दा सोही मोटरसाईकलमा सवार पथरी शनिश्चरे नगरपालिका–६ का २८ बर्षिय विकर २८ वर्षीय चमारलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।...
अग्नी पिडित राईलाई आर्थीक सहयोग

अग्नी पिडित राईलाई आर्थीक सहयोग

आर्थिक, समाचार
उदयपुर, चैत्र ६ गते । रौतामाई गाउँपालिका–५ धोद्रेका अग्नि पिडित भूपराज राईलाई उदयपुर सेवा समाज दक्षिण कोरिया र स्थानीयले आर्थीक सहयोग गरेको छ । सेवा समाज दक्षिण कोरिया र स्थानीयबासीले संकलन गरेको करिब ६० हजार रुपैयाँ सहयोग गरेको हो । उदयपुर सेवा समाज सस्थामार्फत दक्षिण कोरियामा भएका उदयपुरबासीहरुले संकलन गरेर पठाएको ३० हजार रुपैयाँ र स्थानीय टोल सुधार सस्था लगायतका विभिन्न संस्था र ब्यक्तिगत रुपमा संकलन भएको रकम एकमुष्ट रुपमा वडाध्यक्ष पाण्डव राई र वडा सदस्यहरु धनकुमार राई, सिताराम खत्रिले सामुहिक रुपमा हस्तान्तण गरेको स्थानीय युवा समाजसेवी सर्वधन राईले बताए । पशुपति मावि ज्यामिरे डाँडागाउँका शिक्षाकहरुले व्यक्तिगत रुपमा नगद २८ सय संकलन गरेर पिडित राईलाई हस्तान्तरण गरेको उनले बताए । सवै कुरा जलेर नष्ट भएपछि वडाले दिएको त्रिपाल मुनि रात कटाउँदै आएको राईलाई स्थानीयले नगद, खाद्यन्न ल...
फरार प्रतिबादी पक्राउ

फरार प्रतिबादी पक्राउ

समाचार
उदयपुर, चैत्र ६ गते । उदयपुरमा एक जना फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरको छ । जिल्ला अदालत उदयपुरबाट वन मुद्दामा कसुर ठहर गर्दै ६ महिना कैद तोकिए पनि कैद चुक्ता नगरी फारर रहेका चौदण्डिगढी नगरपालिका–३ का ५० वर्षीय भिमबहादुर राईलाई पक्राउ गरेको हो । २०७३ साल भदौ २१ गते अदालतले कसुर ठहर गर्दै फैसला गरेको थियो । अदालतले तोकेको कैद चुक्ता नगरी फरार रहेको राईलाई ईलाका प्रहरी कार्यालय बेल्टारले मंगलबार पक्राउ गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
१३ नं वडाका कृषकहरुलाई २ दिन तरकारी खेती तालिम

१३ नं वडाका कृषकहरुलाई २ दिन तरकारी खेती तालिम

समाचार
गाईघाट/चैत्र, ६ त्रियुगा नगरपालिका वडा नं १३ ले कृषि विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत वडाका कृषकहरुलाई २ दिने तरकारी खेती तालिम बिहिबार देखि वडामा सुरु गराएको छ । १३ नं वडामा तरकारी खेतीको लागि राम्रो स्थान रहेको र अर्गानीक, स्वास्थ्य रसायनयुक्त तरकारीबाट कृषकहरुलाई आत्मानिर्भरमुखी बनाउने हिसाबले तरकारी खेती तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले यो तालिम आयोजना निकै फलदायीमुखी रहेको बताउनु भएको छ । कृषकहरुले गर्न खोज्दा खोज्दै पनि नजानेर गरेको खेतीले कृषकहरु सफल हुन नसकेको उहाँले बताउनुभयो । यस तालिममले कृषकहरुलाई पूर्ण प्राविधिक जानकारीका साथ सफल बनाउने उहाँले बताउनुभयो । चौधरीले हामि नेपालीहरु आधुनिक र परम्परागत कृषि गर्नाले असफल भएको बताउनुभयो । उहाँले चाइनाको कृषकहरुको उदाहरण दिदै थोरै पानी बाट पनि धरै उत्पादन गर्न सक...
पसलमा छुटेको पैसा आफन्तलाई जिम्मा

पसलमा छुटेको पैसा आफन्तलाई जिम्मा

समाचार
गाईघाट/फागुन, ६ गाईघाटको पवित्रा सेन्टरमा सामान किन्ने क्रममा छुटेको १२ हजार पैसा आफन्तलाई जिम्मा लगाएको छ । श्रीमतीले श्रीमानलाई वालाम्ता पठाउन गाडी साहुलाई हात लगाईदिएको पैसा सामान किन्न जादा हिमाली टोल स्थित पवित्रा सेन्टरमा गाडी साहुले छोडेको थियो । प्लास्टिक भित्र कागजमा रहेको पैसा पसलको साहुजी बिजु श्रेष्ठले फोहोर भनेर डस्विनमा हालिदएको थियो । पछि पैसा भनेर थाहा पाएपछि कसको भनि सोधी खोजी गर्ने क्रममा पवित्रा सेन्टरको फेसवुक बाट जानकारी गराउँदा सो पैसा आफन्त सम्म जिम्मा लागउन सफल भएको पवित्रा सेन्टरका प्रोपाईटर बिजु श्रेष्ठले बताए । मंगलबार फेला परेको पैसा बिहिबार आफन्त लिम्चुङबुङ गाउँपालिका वडा नं ४ का शिक्षक प्रशान्त राईले जिम्मा लिएको छ । आप्नो पैसा यसरी इमान्दार तरिकाले दिएको खुसी व्यक्त गर्दै राईले फेला पारेर जिम्मा लगाउने श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । पैसा सामाजिक ...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ६ गते ।  आज विदेशी मुद्राको भाउ केहि घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ कोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय १० रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ ८९ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैस...
उपचारपछि ८४ हजार भन्दा बढी घर फर्किए

उपचारपछि ८४ हजार भन्दा बढी घर फर्किए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ६ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सक्रमित भएका ८४ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म विश्वका एक सय ७३ देशमा कोरोना संक्रमित पुष्टि भईसकेको छ । टोटल सक्रमितमध्ये करिब ८४ हजार तीन सय ८६ जना उपचारपछि घर फर्किएका हुन् । सक्रमितमध्ये एक लाख २५ हजार तीन सय ६० जनाले उपचार गराइरहेका छन् । सक्रमणबाट अहिलेसम्म आठ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटलीमा थप चार सय ७५ जनाको मृत्यु भएसँगै इटलीमा कोरोनाका कारण मृत्यु हुनेका संख्या दुई हजार ९ सय ७८ पुगेको छ ।...
लिम्चुङ्बुङमा आईसोलेसन वार्ड स्थापना

लिम्चुङ्बुङमा आईसोलेसन वार्ड स्थापना

समाचार, स्वास्थ्य
उदयपुर, चैत्र ५ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागी लिम्चुङ्बुङ गाउँपालिकाले आईसोलेसन वार्ड स्थापना गरेको छ । पालिका स्तरीय आपत्कालीन बैठकको निर्यण अनुसार बलम्ता, बाराहा र जाँते स्वास्थ्य चौकिमा आईसोलेसन वार्ड स्थापना गरेको हो । बैठकले कोरोनाबाट बच्नका लागी जनचेतना फैलाउने र कुनै बेला कसैलाई संक्रमण देखा परेमा अरुमा फैलिन नदिनको लागी ३ को बाराहा, ४ को बलम्ता र  ५ नम्बर वडाको जाँते स्वास्थ्य चौकीमा आईसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको थियो । कोरोनाबाट कसरी बच्न सकिन्छ ? यसको रोकथामका उपायसहति विहिबारदेखि पालिकाको ५ वटै वडामा माईकिङ गर्ने लिम्चुङ्बुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नौलसेश राईले बताए । उनका अनसार माईकिङ्मा कोरोनाबाट बच्ने उपाय र कसैलाई शंखा लागेमा नजिकको स्वास्थ्य चौकिमा गई चेकजाँच गराउन आग्रह गर्दै जनचेतना म...