Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

प्रशासनमा सेवाभन्दा पहिले साबुन पानीले हातधुने व्यवस्था

प्रशासनमा सेवाभन्दा पहिले साबुन पानीले हातधुने व्यवस्था

समाचार, स्वास्थ्य
उदयपुर, चैत ७ गते ।  कोरोना भाइरसको संक्रमणबाट उच्च सतर्कता अपनाईराखिएको अहिलेको अवस्थामा जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवा भन्दा पहिले साबुन पानीले हातधुनुपर्ने व्यवस्था मिलाएको छ । नागरिकता, पासपोर्र्ट, मुद्दामामिला लगायतका काममा प्रशासनमा सेवाग्राहीको भिडभाड हुने र कोरोना भाइरसको संभावित संक्रमणप्रति सावधानी अपनाउन कार्यालय परिषरमा हातधुने व्यवस्था मिलाएको हो  । कार्यालय परिषरमै रहेको धारामा प्रशासनले साबुन राखेर हातधुने ठाउँ तोकिएको छ । जिल्लाकै तालुक सरकारी अड्डाको रुपमा रहेको प्रशासनमा अनिवार्यरुपमा हातधुने व्यवस्था मिलाइए पछि सर्बसाधारणमा कोरोना भाइरसप्रति उच्च सतर्कता अपनाउनुपर्ने सन्देश प्रभाह भएको छ । प्रशासनमा, कर्मचारी वा सेवाग्राही जो कोहीले पनि कार्यालय प्रवेश गर्नु अघि अनिबार्यरुपमा साबुनपानीले हात धुनुपर्छ । हात धोएपछि मात्र कर्मचारीले सेवा प्रवाह गर्ने र से...
श्रीलङ्कामा अढाई दिन कर्फ्यु

श्रीलङ्कामा अढाई दिन कर्फ्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत ७ गते ।  श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आगामी सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । संसदिय चुनाव आगामी वैशाख १३ गते तय भएको स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो । चुनाव सार्नुको कुनै कारण नभएपनि कोरना भाईरस (कोभिड–१९) को संक्रमण फैलिने त्रासले चुनाव सारिएको संचारमाध्यमहरुले जनाएको छ । राष्ट्रपति गोताबाया राजपक्षले दुई तिहाइ बहुमतले संसद जित्ने अपेक्षा गरेका छन् । पछिल्लो समयमा कोरोनाको संक्रमण दर वृद्धि देखिएको छ । पछिल्लो तीन दिनमा कोरोनाको संक्रमितको संख्या दुई गुणाले बढेको जनाईएको छ । श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएर घर फर्केको र ५७ जनाले उपचार गराईरहेको जनाईएको छ । श्रीलङ्कामा कोरोना भाइरसको सक्रमण इटलीको भन्दा खराब हुन सक्ने भन्दै सरकारी मेडिकल अफिसर्स एसोसिएशनले चेत...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
आज डलरको भाउ आकाशियो

आज डलरको भाउ आकाशियो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  आज अमेरिकी डलरको भाउले आकाश छोएको छ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १० रुपैयाँ ३४ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ...
करेन्ट लागेर विकको मृत्यु

करेन्ट लागेर विकको मृत्यु

समाचार
मोरङ, चैत्र ७ गते । मोरङ पथरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे–६ शान्ति चोक निबासी ३९ बर्षीय मनबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गर्ने क्रममा अचानक करेन्ट लगेर हिजो बेलुका सवाँ ८ बजे विकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित

त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  त्रिभुवन विश्वविद्यालय (त्रिवी) अन्तर्गत हुन लागेको सवै परीक्षा स्थगित गरिएको छ । आगामी वैशाख ३ गतेसम्म हुने भनिएका सबै परीक्षा स्थगित गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को सक्रमण फैलन नदिन त्रिवि अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै शुक्रबारदेखि आउँदो वैशाख ३ गतेसम्मका लागि तय भएका सबै परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोनाको सक्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा स्थगित गरेको थियो ।  सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् (सीटीईभीटी) का परीक्षासमेत स्थगित गरेको छ । त्रिविको सुचना तल हेनुस् ।...
काठमाण्डौबाट बाहिरीनेको संख्या बढ्यो

काठमाण्डौबाट बाहिरीनेको संख्या बढ्यो

समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट बच्नका लागी शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सख्या बढेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सख्या गत बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि काठमाण्डौ छाड्नेको संख्या अहिले बढेको हो । सरकारले एक महिनाका लागी रुट इजाजत  बिना नै गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।...
तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गयो

तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गयो

समाचार, संसार
पूर्णपुष्टि, चैत ७ गते ।  आज विहान ७ः२० बजे चिनको तिब्बत केन्द्र विन्दु बनाएर ६.२ रेक्टर स्केलको भुकम्प गएको छ । तिब्बत केन्द्र विन्दु बनाएर शुक्रबार बिहान गएको भुकम्पको धक्का काठमाण्डौ आसपासका जिल्लाहरुबाट महशुस गरिएको थियो । भुकम्पका क्षतीका विवरण भने अहिले नाईसकेको जनाईएको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार बढी

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ७ गते ।  कोरोना भईरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । दुई लाख ४५ हजार ३३ जना सक्रमित भएका मृध्ये ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकीले उपचार गराईरहेको छ । पछिल्लो समयमा कोरोनाको उत्पती स्थल चिनमा भन्दा इटलीमा मृत्यु हुनेको संख्या बढेको छ । अहिलेसम्म चीनमा तीन हजार दुई सय ४५ जनाको मृत्यु भएको छ भने इटलीमा तीन हजार चार सय पाँच जनाको मृत्यु र्भइसकेको जर्नाइएको छ । पछिल्लो २४ घण्टामा इटलीमा चार सय २७ जनाको मृत्यु भएको छ भने पाँच हजार तीन सय २२ जना नयाँ सक्रमित फेला परेका छन् । ईटालीमा ४१ हजार ३५ जना सक्रमित भएका मध्ये चार हजार चार सय ४० जना उपचारपछि निको भएर घर फर्केका छन् । इट...
प्रतिनिधिसभाको बैठक सर्याे

प्रतिनिधिसभाको बैठक सर्याे

समाचार
पूर्णपुष्टि, चैत ६ गते ।  प्रतिनिधिसभाको बैठक एक हप्ताका लागी सरेको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबारका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भए पनि राष्ट्रियसभाको बैठक भने भोलि शुक्रबार १ बजे बोलाइएको छ ।...