Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

निश्चित देशका यात्रु मात्र नेपाल आउन पाउने

निश्चित देशका यात्रु मात्र नेपाल आउन पाउने

पर्यटन, समाचार, संसार
पूर्णपुष्टि, चैत ८ गते ।  आजदेखि सरकारले चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटान बाहेकका देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाएको छ । गत राति १२ बजेदेखि युरोपका सबै देश, पश्चिम एसिया र खाडीका देशका साथै इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिक तथा ती देशमा ट्रान्जिट बनाएर आउने अरु देशका यात्रुलाई पनि नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको विमानस्थल कार्यालयले जनाएको छ । चीन, भारत, सिंगापुर, थाइल्याण्ड र भुटानबाट आउने यात्रुको स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर आउनु पर्ने र नेपाल आइसकेपछि १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने जनाईएको छ । आइतबार रातिदेखि नेपालमा सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द हुने भएको छ । तर आन्तरिक उडान नियमित रहने विमानस्थल कार्यालयले जनाएको छ ।...
चट्याङ लगोर १ जनाको मृत्यु

चट्याङ लगोर १ जनाको मृत्यु

समाचार
भोजपुर, चैत्र ८ गते । भोजपुर ट्याम्केमैयुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ट्याम्केमैयुम–३ गिरी टोल निबासी ५७ बर्षीया दुर्गामाया गिरीको चट्याङ लागेर मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको बेला शुक्रबार दिउँसो पौने ४ बजे अचानक परेको चट्याङ लागेर गरी घाईते भएकी थिईन् । घाईते गिरीको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साझँ पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु

समाचार
उदयपुर,चैत्र ८ गते । उदयपुरको झिल्केमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एम्बुलेन्सको ठक्करबाट त्रियुगा नगरपालिका–९ झिल्के चोकमा बसीरहेका स्थानीय तिलक दनुवार र रोशन दनुवारको मृत्यु भएको हो । चुहाडेबाट गाईघाट पर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको ऐम्बुलेन्सले शुक्रबार साँझ ६ बजे चोकको बाटो छेउमा बसिरहेका ६२ बर्षीय तिलक, १४ बर्षीय रोशन र ३२ वर्षीय राजकुमार दनुवारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएका  तिलकको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साझँ साढे ६ बजे मृत्यु भएको थियो भने रोशनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा आज बिहान सवाँ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अर्का घाईते राजकुमारको  न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष ...

एम्वुलेन्स दुर्घटनाका फोटो फिचर

Breaking News 1
एम्वुलेन्स दुर्घटनाका फोटो फिचरहरु । जाहाँ एक जनाको मृत्यु भएको थियो भने २ जना गम्भीर घाईते भएका थिए । (बिस्तृत समचार पढ्न यहाँ क्लिक गर्नुहाेस्) एम्बुलेन्सको ठक्करले एकको मृत्यु, दुई गम्भिर घाइते  
एम्बुलेन्सको ठक्करले एकको मृत्यु, दुई गम्भिर घाइते

एम्बुलेन्सको ठक्करले एकको मृत्यु, दुई गम्भिर घाइते

समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  एम्बुलेन्सको ठक्करबाट अाज उदयपुरमा एक बृद्धको मृत्यु हुनुका साथै दुईजना गम्भिर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गतको चुहाडे–गाईघाट सडकखण्डको त्रियुगा नगरपालिका ९ झिल्केचौकमा स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा सोही ठाउँका ६२ वर्षिय तिलक दनुवारको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते दनुवारको उपचारको क्रममा जिल्ला हस्पिटल उदयपुरमा मृत्यु भएको हो । उनीसंगै ठक्करबाट गम्भिर घाइते अन्य दुईजनामा स्थानीय ३२ वर्षिय राजकुमार दनुवार र १४ वर्षिय रोसन दनुवार रहेका छन् । उनीहरु दुबै जनालाई जिल्ला अस्पतालबाट थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले घटनाको पुष्टि गर्दै एम्बुलेन्स चालक ३० वर्षिय सन्तोष वि.क.लाई नियन्त्रणमा लिइएको बताउनुभयो । साथै घटनाबारे छानविन तथा अनुसन्धान भईरहेको बताउनुभयो । प्रहरीले ज...
भारतीय गायिका कणिकालाई कोरोना भाइरस

भारतीय गायिका कणिकालाई कोरोना भाइरस

समाचार
पूर्णपुष्टि, चैत ७ गते । भारतकी चर्चित गायिका कणिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । कोरोना भाइरसको सक्रमण देखिएपछि कपुरलाई लखनउको केजीएमयूको आइसोलेशन वार्डमा भर्ना गरिएको हो । गायिका आफैले सामाजिक सञ्जालमार्फत आफूलाई भाइरस सक्रमण भएको जानकारी दिएकी थिईन् । कपूर गएको मार्च १५ मा लण्डनबाट भारत फर्किएकी थिइन । भारतीय सञ्चारमाध्यमका अनुसार भारत फर्किए लगत्तै कपुरले एक होटलमा भव्य पार्टी समेत दिएकी थिइन । कपुरलाई कोरोना भाईरस पोजेटिभ देखिएपछि स्वास्थ्य विभागले पार्टीमा सहभागी भएका मानिसहरुको खोजी गरिरहेको छ । पार्टीमा सहभागी भएका सम्पूर्ण व्यक्तिहरुको जाँच गरिने तथा कोरोनाको लक्षण देखिए निगरानीमा राखिने जनाईएको छ । कनिकाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । आफू भारत फर्किएको ४ दिनपछि मात्रै फ्लूको लक्षण देखिएपछि जाँच गराउँ...
कोरोनाले ५ सय ४१ खेल प्रभावित

कोरोनाले ५ सय ४१ खेल प्रभावित

खेलकुद, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारणले विश्वभरका ५ सय ४१ वटा खेल प्रभावित भएको छ । कोरोनाको कारण यूरोपका शीर्ष ५ लिगहरु स्थगित गरिएका छ भने यूरोकप, कोपा अमेरिका, च्याम्पियन्स लिग लगायतका खेलहरु प्रभावित भएको हो । यूरोपियन यूनियन अफ फुटबल संघले जुन ३० तारिखसम्म यूरोपियन क्लब फुटबल प्रतियोगिता सक्नु पर्ने जनाएको छ । कोरोनाका कारण खेलकुद गतिविधि रोकिँदा आर्थिक संरचनामा असर परेको छ । खेल नहुँदा लिगको ४.३३ बिलियन अमेरिकी डलर नोक्सान हुने भएको जनाईएको छ ।...
विदेशी पर्यटकलाई पदयात्रामा रोक

विदेशी पर्यटकलाई पदयात्रामा रोक

पर्यटन, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  कोरोना भाइरस (कोभिड–१९) को स क्रमणबाट बच्नका लागी उच्च सतर्कता अपनाउदै नेपाल पर्यटन बोर्डले शुक्रबारदेखि विदेशी पर्यटकलाई पदयात्रामा रोक लगाएको छ । कोरोनाको जोखिम उच्च रहेकाले अर्कोे सूचना जारी नभईन्जेलसम्मका लागि पदयात्रामा रोक लगाएको संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । अहिले पदयात्राका लागि मुख्य सिजन भए पनि कोरोनाको जोखिमका कारण बन्द गरेको जनाईएको छ । यो पनि पढ्नुस् । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणको जोखिम बढेपछि सवै अदालत बन्द हुने भएको छ । आज बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले आउँदो आइतबारदेखि दुई हप्ताका लागि अदालमा अत्यावश्यक बाहेकका अरु सबै काम बन्द गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले बिदाको अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको स...
सवै अदालत आइतबारदेखि दुई हप्ता बन्द हुने

सवै अदालत आइतबारदेखि दुई हप्ता बन्द हुने

समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेपछि सवै अदालत बन्द हुने भएको छ । आज बसेको सर्वोच्च अदालतको पूर्ण इजलासको बैठकले आउँदो आइतबारदेखि दुई हप्ताका लागि अदालमा अत्यावश्यक बाहेकका अरु सबै काम बन्द गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले बिदाको अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ भने नरोकिने निर्णय गरेको छ । यस बाहेकका अरु नियमित मुद्दाको सुनुवाइ भने आउँदो २२ गतेसम्मका लागि रोकेको सर्वोच्च अदालतले जनाएको छ ।...
नाबालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

नाबालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

समाचार
उदयपुर, चैत्र ७ गते ।  नाबालिकालाई जबरजस्ति बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–९ उत्तराई टोल निबासी २२ वर्षीय उमेश सदा पक्राउ परेको हो । गत चैत्र ४ गते ५ वर्षीया नाबालिकालाई जबरजस्ति बलात्कार गरी फरार रहेको सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार गरेको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले आरोपी सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको सदालाई जबरजस्ति करणी कसुरमा म्याद थप गरी अनुसन्धान गरीरहेको जिप्रकाले जनाएको छ ।...