Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु

कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९ गते ।  कोरोना भाईरस (कोभिड–१९) को सक्रमणबाट स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो । सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष पदमा रहेर टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । यो पनि पढ्नुस् । सरकारले कोरोना भाइरस (कोभिड—१९) सक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन गरेको छ । बैठकले कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको संयोजनमा स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी समिति गठन गरिएको छ । विदेशबाट स्वाास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने जनाइएको छ । बजेट व्...
कोरोनाको जोखिम कम गर्न ६ कार्यदल गठन

कोरोनाको जोखिम कम गर्न ६ कार्यदल गठन

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  सरकारले कोरोना भाइरस (कोभिड—१९) सक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन गरेको छ । बैठकले कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको संयोजनमा स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी समिति गठन गरिएको छ । विदेशबाट स्वाास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने जनाइएको छ । बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ । यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ भने राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषि मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ भने निर्णय ...
कोरोना भाइरसले इटलीमा एकै दिन ८ सय बढीको मृत्यु

कोरोना भाइरसले इटलीमा एकै दिन ८ सय बढीको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, चैत ९ गते ।  कोरोना भाइरस (कोभिड–१९) को सक्रमणबाट इटलीमा एकैदिन करिब आठ सय मानिसको मृत्यु भएको छ । भाईरसको कारणले पछिल्लो २४ घण्टामा ईटालीमा थप सात सय ९३ जनाको मृत्यु भएको हो । अहिले संख्या चार हजार आठ सय २५ पुगेको संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो एकै दिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर संक्रमित ५३ हजार पाँच सय ७८ पुगेको छ । भाईरसको संक्रमण तिब्र रुपले बढ्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको संचारमाध्यमहरुले जनाएको छ । अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् ।...
कोरोना भाइरसको झुटो भ्रम फैलाउने मगर पक्राउ

कोरोना भाइरसको झुटो भ्रम फैलाउने मगर पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र ८ गते ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको नहुदो भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने विवेक थापा मगर पक्राउ परेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय मगरलाई भ्रमपूर्ण अडियो सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको साइबर व्यूरोले जनाएको छ । पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्ने सूचना त्यही कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए । उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेर साम...
मनावैज्ञानिक त्रास कम गर्ने उपाय

मनावैज्ञानिक त्रास कम गर्ने उपाय

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ८ गते । भाइरस तथा ब्याक्टेरियासँग लड्ने औषधि भन्दा पनि हामी भित्र भएको बलियो आत्मबल हो । हामीसँग भएको विश्वास र आत्मबलले प्राणघातक रोगलाई पनि पराजित गर्न सकेका उदाहरण छन् । यो बेला आत्तिने भन्दा पनि संयमित हुने र शान्त रहने समय हो । अबको एक महिना वा त्यो भन्दा बढी हामी यसरी आत्तिंदै गयौं भने हाम्रो शारीरिक तथा मानसिक अवस्था कस्तो होला एक पटक गम्भीर भएर सोचौं । हामी शारीरिक तथा मानसिक रुपमा सबल तथा तन्दुरुस्त हुन सकेनौं भने जतिसुकै डराए पनि र आत्तिए पनि हामीलाई भाइरसले छोड्नेवाला छैन । अहिलेसम्म नेपालमा एक जना बाहेक कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन । सङ्क्रमण भएकाको पनि उपचारपछि निको भइसकेको छ । एक जना बाहेक नयाँ सङ्क्रमित व्यक्ति भेटिएको छैन । त्यही भएर हामी यसरी आत्तिनुपर्ने अवस्था छैन । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विभिन्न खबरहरु आइरहेका छन् । ह...
मन्त्रालयले चालक र सहचालकलाई माक्स वितरण गर्ने

मन्त्रालयले चालक र सहचालकलाई माक्स वितरण गर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ८ गते ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक लाख मास्क किनेर लामो दूरीका चालक र सहचालकलाई माक्स वितरण गर्ने भएको छ । मन्त्रालयमा मन्त्री वसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र हिसान, व्यासन तथा एनब्यावसनलगायतका संस्थाका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले साझा स्वास्थ्य सेवासँग एक लाख थान सर्जिकल मास्क खरिद गरेर शुक्रबार साँझदेखि गोंगबु बसपार्कबाट छुट्ने गाडीका चालक र सहचालकलाई वितरण गर्ने जनाईएको छ । आगामी चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन रोक लगाउने भएकोले त्यती बेलासम्म घर जान चाहने यात्रुका लागि पर्याप्त गाडीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको जनाईएको छ ।...
हतियारसहित विप्लव कार्यकर्ता पक्राउ

हतियारसहित विप्लव कार्यकर्ता पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ८ गते ।  नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । इञ्चार्ज सङ्केत भनिने कुमार राई र सदस्य जगत गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ परेका राई र गुरुङको साथबाट एक थान कटुवा पेस्तोल र एउटा हाते ग्रिनेड बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई मकवानपुर र रौतहटको सीमा क्षेत्र जङ्गलबाट शनिबार पक्राउ गरिएको प्रहरी जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको ईप्रकाले जनाएको छ ।...
प्रदेश ५ को ३ ठाउँमा आइसोलेसन अस्पताल बन्ने

प्रदेश ५ को ३ ठाउँमा आइसोलेसन अस्पताल बन्ने

समाचार
पूर्णपुष्टि, चैत ८ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्नका लागि ५ न. प्रदेश सरकारले तीन ठाउँमा आईसोलेशन अस्पताल निर्माण गर्ने भएको छ । कोरोनाको संक्रमणबाट बच्न पूर्र्व तयारी, प्रतिकार्य र नियन्त्रणका लागि बाँकेमा २ रुपन्देहीमा ३ र दाङमा एउटा अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको हो । बुटवलको धागो कारखाना, भैरहवाको भिम अस्पताल, देवदहमा रहेको देवदह बहुमुखी क्याम्पस रुपन्देहीका लागि तोकिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी मेडिकल कलेज र निजी अस्पतालबाट जनशक्ति व्यवस्थापन गरिने छ । बाँकेमा अर्बुद रोग अस्पताल र नेपाल प्रहरीको अस्पताल तथा दाङको बेलझुण्डीमा रहेको आर्युर्वेद अस्पताल तोकिएका छन् । यी अस्पतालमा भेरी अस्पताल , बाँके जिल्लामा रहेका मेडिकल कलेज तथा राप्ती प्रादेशीक अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान ...
हल्लाको पछि नलाग्न सरकारको आग्रह

हल्लाको पछि नलाग्न सरकारको आग्रह

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ८ गते ।  काठमाण्डौका केही अस्पतालमा कोरोना सक्रमित भेटिएको र उनीहरुको मृत्यु भएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ । नेपालमा अहिलेसम्म एक जना बाहेक कसैलाई कोरोना भएको नपाईएको र एक जना संक्रमित पनि निको भैसकेकाले हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको हो । यसअघि गएको माघ ९ गते चीनबाट आएका एक जनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ति व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना संक्रमित नरहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिलेसम्म कोरोनाको लक्षण मिलेका ५ सय ४६ सय जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनासँगको लक्षण मिलेपछि काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० जना र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ९ जनालाई आइसोलेशन अर्थात डाक्टरको निगरानीमा राखिएको भ...
स्यालको आक्रमणमा १ बालिकाको मृत्यु

स्यालको आक्रमणमा १ बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ८ गते ।  अछामको कमल बजारमा स्यालको आक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ । कमल बजार नगरपालिका–१० लाँचीमा स्यालको आक्रमणबाट ३ महिने मैसराको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा सुताइराखेको बेला स्यालले बालिकालाई आक्रमण गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला स्यालले आक्रमण गरेको प्रहरीले जनाएको छ । बालिकाको शव शुक्रबार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी अछामले जनाएको छ ।...