Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

वडाबासीलाई वडाले दियो माक्स

वडाबासीलाई वडाले दियो माक्स

समाचार, स्वास्थ्य
बेल्टार, चैत ९ गते ।  चौदण्डीगढी नगरपालिका–२ ले वडाबासीहरुलाई माक्स वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै आईतबार पहिलो पटक वडाले वडावासीलाई माक्स वितरण गरेको हो । महामारीको रुपमा पैmलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा टेवा पु¥याउने उद्देश्यले वडाले वडाबासीहरुलाई माक्स वितरण गरेको वडा्रध्यक्ष सन्तोष सुवेदीले बताए । कोरोना भाईरस निकै कडा भाईरस भएकोले यसको कुनै औषधि भ्याक्सिन  पत्ता नलागी सकेकाले रोकथाम नै अहिलेसम्मको विकल्प भएकाले माक्स वितरण गरिएका उनले बताए । भाईरसबाट बच्नका लागी राम्रोसंग सावुनपानीले हात धुनु पर्ने चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीले बताए । वडाको प्रत्येक टोल÷टोलमा वडा सदस्य र टोलविकास संस्थाहरुको नेतृत्वमा माक्स वितरण कार्य आईतबारदेखि नै शुरु भएको छ ।...
नेपालमा कोरोना उच्च सतर्कताका लागि प्रहरीलाई अनुशिक्षण तालिम

नेपालमा कोरोना उच्च सतर्कताका लागि प्रहरीलाई अनुशिक्षण तालिम

समाचार
उदयपुर/चैत्र, ९ विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को नेपालमा पूर्ण सर्तकता, उच्च सतर्कता र आईपरेमा यसको नियन्त्रण गर्ने भुमिका सम्बन्धि नेपालभर प्रहरीरुलाई अनुशिक्षण तालिम दिरहेको छ । यसै बिषयमा उदयपुरमा पनि शुक्रबार देखी जिल्ला प्रहरी कार्यलय उदयपुरले स्वास्थ्यकर्मीहरु सँग प्रहरी कर्मचारीहरुलाई कोरोना बारे अनुशिक्षण तालिम दिएको छ । बिरामीहरुको उद्दारमा पहिले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै खट्नु पर्ने हुनाको कारण आफ्नो र अरुको सुरक्षाको लागि तालिमले सिकाउने भन्दै तालिमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । सुरक्षाको हिसावले हरेक ठाउँ र यसको समस्याको निम्ति प्रहरी अग्रसर हुनु पर्ने भन्दै अरुलाई सुरक्षा गर्न आफैले पहिले यस बारे जानकारी लिइ र अरुको पनि सुरक्षा गर्नु पर्ने भएकाले प्रहरीलाई तालिम दिइएको हो । उद्दार कार्यमा प्रहरी र स्वास्थ्यकर्मीको भुमि...
मास्क र सेनिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ

मास्क र सेनिटाइजर कालोबजारी गर्ने ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र ९ गते ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको बेला कालोबजारी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने चार जनालाई पक्राउ गरेकोे हो । जनकपुरधाम–४ को सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका–८ निबासी संजय साह र जनकपुरधाम–४ कै सम्पूर्ण मेडिकलबाट स्थानीय ३२ वर्षीय संजय साह पक्राउ परेका छन् । यि दुवै जनाले मास्कमा कालोबजारी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, जनकपुरकै भ्रमरपुरा चोकको अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–३ निबासी २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका–६ निबासी ३० वर्षीय प्रभन्स चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यी दुबैले सेनिटा...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । आइतबार सुन तालेमा एक हजार रुपैयाँले बढे तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गते शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो पनि पढ्नुस् । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय २० रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ प...
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय २० रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १...
सवारी दुर्घटनामा उदयपुरे बाबुछोराको मृत्यु

सवारी दुर्घटनामा उदयपुरे बाबुछोराको मृत्यु

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  काभ्रेको बनेपामा टमोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा उदयपुरका बाबुछोराको मृत्यु भएको छ । विहान बनेपा नगरपालिका–१३  मा भएको दुर्घटनामा रौतामाई गाउँपालिका–४ निबासी ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनको ५ वर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो । दुर्घटनामा घाइते भएकी श्रेष्ठकी श्रीमती सुनिताको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । बा ५७ प ८२८ नम्बरको मोटरसाइकल र बा ५ ख २३९० नम्बरको ट्रक एकआपसमा ठोक्किएको थियो ।  ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका–७ निबासी ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ट्रकधनी ललितपुर हात्तीवनका गङ्गा तिमल्सिनालाई प्रहरीको नियन्त्रणमा रहेको ईप्रकाले जनाएको छ ।...
पोखरीमा डुबेर नावालकको मृत्यु

पोखरीमा डुबेर नावालकको मृत्यु

समाचार
ईलाम, चैत्र ९ गते । ईलामको साखेजुङमा माछा पोखरीमा डुबेर एक नाबालकको मृत्यु भएको छ । ईलाम नगरपालिका–९ साखेजुङका दिपन राईको ३६ महिनाको छोरा निनामहाङ राईको  मृत्यु भएको हो । घरमा खेलिरहेका नावालक अचानक घर नजिकै रहेको माछा पोखरीमा डुबिरहेको अवस्थामा शनिवार दिउँसो १ बजे अभिभावकले देखेपछि तत्काल उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम लगेको थियो । नाबालकको उपचारको क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
कालोबजारीलाई ५ वर्ष कैद सजाय गर्ने निर्णय

कालोबजारीलाई ५ वर्ष कैद सजाय गर्ने निर्णय

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो । बजार अनुगमनका क्रममा कृत्रिम अभाव देखाएर बढी मूल्य लिएको पुष्टि भए त्यसमा संलग्न व्यवसायीलाई तत्कालै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने मन्त्रालयले निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को आडमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्दै आइरहेका छन् । अत्यावश्यक वस्तुको अभाव नरहेको र आपूर्ति सहज गराउने भन्दै सरकारले अनुगमन र सतर्कता बढाएको हो ।...
आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  सरकारले कोरोना भाइरस (कोभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आजदेखि अत्यावश्यक बाहेकका कार्यालय बन्द गर्ने भएको छ । कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । सरकारले २५ जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा जम्मा नहुन आग्रह गरेको छ । अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन । टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई उडान शनिबारदेखि चैत १८ गतेसम्मका...
भारतमा कोरोना सङ्क्रमित ३ सय ३० नाघ्यो

भारतमा कोरोना सङ्क्रमित ३ सय ३० नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९ गते ।  भारतमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित हुनेको संख्या तीन सय ३० जना नाघेको छ । शनिबार भारतमा नयाँ संक्रमित ५५ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । पछिल्लो केही दिनदेखि भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । कोरोनाले भारतमा पाँच जनाको मृत्यु भईसकेको छ । भने २३ जना उपचारपछि घर फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्र र राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ । भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतबार सबै जनालाई घरमै रहन मोदिले अपिल गरेका छन् ।...