Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

हलुवाई सेवा समाज उदयपुरले १ हजार माक्स वितरण गरे

हलुवाई सेवा समाज उदयपुरले १ हजार माक्स वितरण गरे

समाचार
गाईघाट/चैत्र, १० हलुवाई सेवा समाज उदयपुरले कोरोना भाईरसको नियन्त्रण र सतर्कताको लागि माक्स वितरण गरेको छ । अहिले विश्ववर फैलीरहेको कोरोना भाईरस संक्रमणबाट बच्न सबै सचेत र सुरक्षित हुन अति नै आबश्यक छ । संक्रणको बेला सबै सचेत र नियन्त्रणमा सहज पुराउने भन्दै हलुवाई समाज सेवा उदयपुरले सर्वसाधरणहरुलाई सोमवार मेन चोकमा १ हजार माक्स वितरण गरेको हो । कोरोना संक्रमाणको अवस्थामा एतिवेला विश्वनै त्रासमा छ । नेपालमा यसबाट सुरक्षित हुन एतिबेला थुप्रै सामाग्रिहरुको समस्या मानिसहरुमा छ यसै समस्यालाई मध्यनजर गर्दै हलुवाई समाज सेवाले निशुल्क माक्स तथा भाईरसबारे पम्पप्लेट वितरण गरेको हलुवाई समाज सेवाको अध्यक्ष देबु शाहाले बताउनुभयो । सबैले आफ्नो क्षेत्रबाट यसको उच्च सतर्कता अपनाउनु पर्ने र धरैलाई यसबारे कुनै जानकारी समेत नभएको भन्दै यसको लक्षणहरुको जानकारी सहित माक्स वितरण गरेको शाहाले बताउनुभयो ।...
एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

आर्थिक, समाचार
गाईघाट/चैत्र, १० विश्वभर फैलिरहेको कोरोना भाईरसको उच्च सतर्कताको लागि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले भोली सोमबार देखी एकहप्ताको लागि सम्पूर्ण बजार पसलहरु बन्द गर्ने निर्णय गरेको छ । भिँडभाँड आवत जावतमा यसको संक्रमण देखिने हुदा यसको नियन्त्रमा संघले सतर्कता जनाउँदै भोली देखी बजार बन्द गर्ने उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले बताउनुभयो । बजारमा बढी मात्रामा हुने भिँडभाँड र एक अर्काको सम्पर्क बाट टाढै रहनु पर्ने सन्देशहरु अनुसार संघले यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार अत्यावश्यक सामाग्री र पसलहरु बाहेक अन्य बजार पसलहरु पूर्ण रुपले बन्द हुने रसाईलीले जानकारी दिनुभएको छ  । बजारमा हरेक काम, लेनदेन, ब्यापार व्यवसाय धेरै थरीका मान्छे, भिँडभाँड र बढ्दो जमघट जस्ता क्रियाकलापलाई रोक्न बजारमा रहेको बिभिन्न उद्योग धन्दा, कलकारखाना र ब्यापार व्यवसायहरु नै ठप्प...
फ्रान्सबाट नेपाल आएको एक जना नेपालीमा कोरोनाको संक्रमण

फ्रान्सबाट नेपाल आएको एक जना नेपालीमा कोरोनाको संक्रमण

समाचार, स्वास्थ्य
चैत्र/१० नेपालमा पनि एकजनालाई कोरोना भाईरस (कोभिड–१९ को संक्रमाण देखिएको छ । फ्रान्स बाट नेपाल आएको एक जना महिलामा यसको संक्रमण देखिएको हो । कतारको दोहा हुदै नेपाल छिरेको महिलालाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रि भानुभक्त ढकालले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराए । संक्रमित १९ बर्षिय महिलाको अहिले टेकु स्थित शुक्ररसाज ट्रपिकलमा उपचार भईरहेको छ । उनिलाई उच्च सतर्कताका साथ उपचार गराइरहेको पनि ढककालले बताउनुभयो । उनि सँग भेटघाटमा रहेका साथीहरु र परिवार सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएर आफै क्वारेन्टाइनमा बसेको उनीलाई रुघाखोकी लागेपछि परिक्षण गराउँदा अचानक संक्रमण देखिएको ढकालले बताउनुभयो । अहिले नेपालमा यसको सतर्कताको लागि बिभिन्न याताया तथा उडानहरु समेत सरकारले रोकिसकेको अवस्था छ ।  ...
जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री राई

जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री राई

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताउनु भएको छ । मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गर्दै उहाँले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।  । आज क्वारेन्टाईन स्थल पुगेर मुख्यमन्त्री राईले क्वारेन्टाईनको निरीक्षण गर्नुभएको हो । प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो । मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आजबाट बन्द गरेको जानकारी दिनुभयो । साथै ठूला नाकाहरुमा आवागमनमा कडाई गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाई तथा प्रभावकारी बनाउने बताउनुभयो । प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर स...
प्रेस काउन्सिलले भ्रामक फैलाउनेलाई कारबाही गर्ने

प्रेस काउन्सिलले भ्रामक फैलाउनेलाई कारबाही गर्ने

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  प्रेस काउन्सिल नेपलले सामाजिक सञ्जालल र सञ्चारमाध्यममार्फत भ्रम र उत्तेजनापूर्ण सामग्री सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणले विश्व महामारी फैलाई रहेको बेला बेला सञ्चारमाध्यमको जिम्मेवारी अझ बढेको भन्दै नागरिकलाई अनावश्यक प्रचार नगर्न प्रेस काउन्सिलले आइतबार प्रेस विज्ञप्तिमार्फत् आग्रह गरेको हो । काहि कतै भ्रमपूर्ण सुचना पाएको खण्डमा प्रेस काउन्सिलमा विवरण टिपाउन अनुरोध गरेको छ । काउन्सिलको आइतबार बसेको बोर्ड बैठकले तत्काल परिणाम दिने व्यवस्था मिलाएको जनाईएको छ । यो पनि पढ्नुस् । नोट मार्फत कारोबार गर्दा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैँकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्रबैंकले आइतबार निर्देशनमार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको हो । मोवाइल बैंकिङ वा कोडमार्फत ...
राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  नोट मार्फत कारोबार गर्दा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैँकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्रबैंकले आइतबार निर्देशनमार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको हो । मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख  र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक...
सरकारी छात्रवृत्तिमा पढेका डाक्टर परिचालन गर्ने

सरकारी छात्रवृत्तिमा पढेका डाक्टर परिचालन गर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ९ गते ।  कोरोना भाइरस (कोभिड–१९) को रोकथामका विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागी सरकारले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाउने भएको छ । कोरोना भाइरस संक्रमित भेटिए उनीहरुको उपचारमा स्वास्थ्य मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरेकाहरुलाई खटाउने निर्णय गरेको हो । सात वटै प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा अध्ययन गरी कार्यरत मेडिकल अधिकृतहरु, वरिष्ठ चिकित्सकहरु र एमडी र एमएस अध्ययन गरेका र गरिरहेकाहरुलाई आवश्यकता अनुसार परिचालन गर्न सरकारले अनुरोध गरेको छ । डाक्टरलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।...
नेपाली नागरिक बाहेक अरु नेपाल प्रवेशमा रोक

नेपाली नागरिक बाहेक अरु नेपाल प्रवेशमा रोक

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  १ न. प्रदेश सरकारको सुरक्षा समिति बैठकले नेपाली नागरिक बाहेक अरु देशका नागरिकलाई प्रदेशका नाकाहरुबाट निषेध गर्ने निर्णय गरेको छ । आइतबार बसेको समितिका बैठकले १ न. प्रदेशका सबै नाकामा नेपाली बाहेक अरुलाई आउजाउमा रोक लगाइएकोे हो । १ न. प्रदेश सरकारले टाँडीमा नेपाली सेनाले तयार गरेको २ सय क्षमताको क्वारेन्टाइनको पनि अनुगमन गरेको छ । मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा भएको अनगुमनमा आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सुरक्षा निकाय सहभागी थिए । यो पनि पढ्नुस् । विश्वभर महामारीको रुपमा फैलिएको सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेकाले २५ जना भन्दा बढी भेला भएर नबस्न आग्रह गरेको छ । सरकारको आग्रह नमानी सामाजिक तथा धार्मिक कार्य गरेको खण्डमा कारबाही हुने जर्नाको हो । यस महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक ...
पच्चीस जना भन्दाबढी भेला भए कारबाही

पच्चीस जना भन्दाबढी भेला भए कारबाही

समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेकाले २५ जना भन्दा बढी भेला भएर नबस्न आग्रह गरेको छ । सरकारको आग्रह नमानी सामाजिक तथा धार्मिक कार्य गरेको खण्डमा कारबाही हुने जर्नाको हो । यस महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे तत्काल रोक्न सरकारले आग्रह गरेको छ । यदि आग्रह नमानेको खण्डमा कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । परिस्थिति हेरेर अरु निर्णय गर्ने मन्त्रालयले जनाएको छ ।...
एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका मृतकको सामुहिक दाहसस्कार गरियो

एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका मृतकको सामुहिक दाहसस्कार गरियो

समाचार
उदयपुर,चैत्र ८ गते । उदयपुरको झिल्केमा एम्बुलेन्सको ठक्करबाट मृत्यु भएका दुवै जनाको आईतबार सामुहिक दाहसस्कार गरिएको छ । एम्बुलेन्सको ठक्करबाट त्रियुगा नगरपालिका–९ झिल्के चोक निबासी ६२ वर्षीय लिक दनुवार र १४ वर्षीय रोशन दनुवारको आफ्नै सस्कार सस्कृति अनुसार दाहसस्कार गरिएको हो । गत शुक्रबार साँझ साढे ६ बजे सडक छेउमा बसीरहेका उनीहरुलाई चुहाडेबाट गाईघाट तर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको ऐम्बुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट घाईते भएका स्थानीय ६२ वर्षीय तिलक, १४ वर्षीय रोशन र ३२ वर्षीय राजकुमार दनुवार घाईते भएका थिए । घाईते भएका मध्ये तिलकको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो भने न्युरो अस्पताल बिराटनगरमा उपचार क्रममा रोशनको मृत्यु भएको थियो । राजकुमारको न्यूरोमा उपचार भईरहेको जनाएको छ । मृतका परिवारजनले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग रा...