Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

जोगीदहमा आगलागी हुदा करिब १५ लाखको क्षति

जोगीदहमा आगलागी हुदा करिब १५ लाखको क्षति

समाचार
उदयपुर, चैत्र ११ गते ।  त्रियुगा नगरपालिका–१ जोगी दहमा आगलागी हुदा करिब १५ लाख बराबरको क्षती भएको छ । त्रिनपा–१ जेगीदह निबासी हर्कबहादुर बिष्टको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । हिजो दिउँसो साँढे ३ बजे घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २ तले कच्ची घर, गोठमा बाधेको बाख्रा मरे क्षती भएको प्रहरीले जनाएको छ । आगो प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दिउँसो साँढे ४ बजे नियन्त्रणमा आएको थियो भने कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
धविर जंगलमा मृत फेला

धविर जंगलमा मृत फेला

समाचार
सोलुखुम्बु, चैत्र ११ गते ।  सोलुखुम्बुको थुलुङ दुधकोशीका धनविर कामी जंगलमा मृत फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–१ नेले निबासी ६० बर्षीय कामी मृत फेला परेको हो । गत चैत्र ५ गते  दिउँसो घरबाट निस्किएका कामी हिजो दउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनको खोल्सामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
खोलामा डुबेर १ युवाको मृत्यु

खोलामा डुबेर १ युवाको मृत्यु

समाचार
मोरङ, चैत्र ११ गते । मोरङको लोहन्द्रा खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–२ निबासी २२ बर्षीय मित्र याक्खा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । पानीमा डुबेर अचेत अबस्थामा दिउँसो साँढे ३ बजे फेला परेको याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
पानीमा डुबेर १ जना बालकको मृत्यु

पानीमा डुबेर १ जना बालकको मृत्यु

समाचार
सुनसरी, चैत्र ११ गते । सुनसरीको हरिनगरामा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हरिनगरा गाँउपालिका–३ निबासी कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा विहान साँढे १० बजे बालक डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
सवारी दुर्घटनामा १ जनाको मृत्यु

सवारी दुर्घटनामा १ जनाको मृत्यु

समाचार
ओखलढुङगा, चैत्र ११ गते । ओखलढुङगाको मानेभञ्ज्याङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–५ निबासी २५ बर्षीया पबित्रा राईको मृत्यु भएको हो । हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ जादै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टर र विपरित दिसाबाट आउँदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाइृकल मानेभञ्ज्याङ जेरुङ गाउँमा बिहान ११ बजे एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाईकल ट्याक्टर ठोकिदा मोटरसाईलकमा पछाडी सवार पबित्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र उक्त मोटरसाईकल पछाडी नै सवार रहेका अर्का १९ बर्षीय सनम राईको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर र ट्र्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिनएको जिप्रकाले जनाएको छ ।...
धर्मको नाममा भ्रम फैलाउने  पास्टर पक्राउ

धर्मको नाममा भ्रम फैलाउने पास्टर पक्राउ

समाचार
पूर्णपुष्टि, चैत ११ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेको बेला धर्मको प्रचार–प्रसार गर्ने एक जना पोखरबाट पक्राउ परेको छ । ईसाई धर्मलम्बी बनेको खेण्डमा यशुले कोरोना हटाउने र कोराना नलाग्ने भन्दै भ्रम पैmलाउने केशव आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । यशुको अनुयायी बने कोरोना भाइरस नलाग्ने भन्दै भ्रम फैलाउने जुम्ला घर भई हाल पोखरा महानगरपालिका–३२ खुदी सुकुम्बासी टोल बस्दै आएको आचार्यलाई पोखरा मनपा–२९ पावर हाउसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरानालाई यति बेला राज्यले नै चासो दिएको विषयमा सर्वसाधरणलाई यशुको नाम जोडेर भ्रम  फैलाउने गरेका चार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कोरोनाको सन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर रहेको खुल्...
एकसयबढि सवारी साधन उदयपुर प्रहरीकाे नियन्त्रणमा

एकसयबढि सवारी साधन उदयपुर प्रहरीकाे नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, चैत ११ । नेपाल लकडाउनकाे पहिलाे दिन अाज अपरान्हसम्ममा जिल्ला प्रहरी कार्यालय उदयपुरले एकसय भन्दा बढी सवारी साधनहरु नियन्त्रणमा लिएकाे छ । लकडाउनमा चलाइएका सवारी साधनहरु नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले बतनउनुभयाे । अधिकांश माेटरसाईकल नियन्त्रणमा छन् । विहान केही समय राेकेर सम्झाउने काम गरिएकाे थियाे । प्रहरीकाे गाडीमा माईकिङसमेत गरिएकाे थियाे । त्यसपछि पनि सन्चालनमा अाएका सवारी साधनहरु नियन्त्रणमा लिइएकाे वहाले बताउनुभयाे । गाईघाटकाे पिपलचाैक, मुख्यचाैक, टेम्पाेचाैक, बसपार्क क्षेत्रबाट धेरैजसाे सवारी साधन नियन्त्रणमा परेकाे ट्राफिक प्रहरी तिलक पाैडेलले बताउनु भयाे । त्यस्तै माेतिगडा, बगाहा, देउरी, जलजले, चुहाडे, राजाबास क्षेत्रमा पनि कडाई गरिएकाे छ । प्रशासनले जिल्लाभर नै सुरक्षाकर्मी तैनाथ गरि कडाई गरेकाे छ । अहिलेसम्म मानिसलाई नियन्त्रण...
गाइघाट साँच्चिकै लकडाउन भाे

गाइघाट साँच्चिकै लकडाउन भाे

समाचार
पूर्णपुष्टि, चैत ११ । गाईघाट अब चाहिँ साच्चीकै लकडाउन भएकाे छ । प्रशासनले प्रहरी परिचालन गरि कडाइ गरेपछि मानबीय चहलपहल बन्द भएकाे हाे । सवारी साधनकाे चहलपहल बन्द भएका छन् । बिहान मानिसकाे निकैचहल पहल थियाे । साना सवारी साधनहरु केहिमात्रामा चलेका थिए । चाेक र सडकमा सवारीसाधनहरु राेकेर ट्राफिक प्रहरीले सवारी चालकहरुलाई नचलाउन सम्झाएका थिए । काेराेना भाइरस संक्रमणकाे उच्च सतर्कता अपनाउनका लागि सवारी साधन नचलाउन, बाहिर नहिड्न भन्दै सम्झाएकाे सुरक्षाकर्मीहरुले अटेर गरे कारवाहिकाे चेतावनी दिए । ट्राफिकहरुले अटेर गरि चलाएका सवारी साधनहरु नियन्त्रनमा लिने र चालकलाइ कारवाहि गर्ने चेतावनी दिएका छन् । सदरमुकाम गाईघाटदेखि दिक्तेलतर्फ जाने बसस्टेण्ड पिपलचाैक, मुख्यचाैक, टेम्पाेचाैक र बसपार्कमा ट्राफिकसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बसेर कडाई गरेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामग...
सवारी चलाए कार्वाहीको चेतावनी

सवारी चलाए कार्वाहीको चेतावनी

समाचार
गाईघाट/चैत्र, ११ कोरोना भाईरसको कारण उदयपुरको सदरमुकाम गाईघाट बजारमा गरिएको लक डाउनको पहिलो दिन सानो सवारीहरु सामान्य रुपमा चलेका छन् । चलेका सवारीहरुलाई ट्राफिक प्रहरी र प्रहरीले सम्झाइ बुझाई गर्दै आफ्नै गन्तव्य तर्फ फर्काउने काम गरिरहेको छ । कतिपय सर्वसाधरणहरु आवश्यक कामको शिलशिलामा बजार निस्कीएको अवस्था छ भने कतिलाई भने लक डाउनको अर्थ थाहा नभएर पनि यसको पालना गर्न नसकिरहेको बताउँछन् । भिँडभाँड र आवत जावत रोक्न सरकारले लकडाउन गर्नेक्रममा बिभिन्न बजार पसलहरु पूर्ण रुपमा ठप्प भएको अवस्था छ । मानिसहरु कम मात्रमा मात्र बजारमा देखिन्छ । ट्राफिक प्रहरीले आजको दिनमा केही समयभर सवारीहरुलाई सम्झाउने काम गरिरहेको र अटेर भएमा सवारी र चालक दुवैलाई नियन्त्रण्मा लिएर कार्वाही गर्ने समेत चेतावनी दिएको छ । बजारमा अति आबश्यक बस्तु तथा सवारी भन्दा सबै ठप्प रहेको छ । एम्वुलेन्स, दमकल लगाएतको...
अब, नेपाल पनि लक-डाउन, घरमै बसिदिन सिडियाेकाे आग्रह

अब, नेपाल पनि लक-डाउन, घरमै बसिदिन सिडियाेकाे आग्रह

समाचार
पूर्णपुष्टि, चैत १० । अब नेपाल पनि लक डाउन भएको छ । नेपाल सरकारले भोली चैत ११ गतेदेखि  १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन गरेको हो । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैंठकले नेपाल लकडाउनको निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले नेपाललाई उच्च सतर्कताका लागि यस्तो निर्णय गरेको हो । आजबाट एकसाताका लागि छिमेकी राष्ट्रहरुसंग जोडिएको नाका बन्द गर्ने र लामोदुरीका यातायात बन्द गर्ने निर्णय गरेको सरकारले थप सतर्कता अपनाउदै देशै लकडाउनको घोषणा गरेको हो । लकडाउनमा सबै हवाईसेवा बन्द हुने, औषधि उपचार र खाद्यवस्तु खरिद जस्ता अति आवश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश पर्दछ । सरकारले सबै नागरिकहरुलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ । सुरक्षाकर्म...