भारतबाट फर्केका २१ उदयपुरे मध्ये २० लाई करेन्टाइनमा राखियो, १ लाइ अस्पतालमा
पूर्णपुष्टि, चैत १२ ।
कोरोना भाइरसको संक्रमणबाट उच्च सतर्कताका लागि घोषणा भएको लकडाउनको दोस्रो दिन भारतको सिलगुडीबाट नेपाल फर्किएका उदयपुरका २१ जनालाई नेपाल प्रहरीले उच्च सतर्कताका साथ जिल्ला ल्याएको छ ।
झापा प्रहरीको प्रत्यक्ष निगरानीमा उनीहरुलाई उदयपुरको कटारीसम्म ल्याइएको छ । कारोना भाइरस संक्रमणको आशंकाले उनीहरुलाई कटारी नगरपालिकाको त्रिवेणी बेलसोतस्थित नेपाली सेनाले निर्माण गरेको करेन्टाइनमा राखिएका छन् । उनीहरुमध्ये एकजनामा ज्वरो देखिएकाले उनको भने कटारी अस्पतालमा राखेर उपचार भईरहेको जनाइएको छ ।
सुरक्षास्रोतका अनुसार उनीहरु धेरैजसो ताप्ली गाउँपालिकाका रहेका छन् । उदयपुरगढीका ३ जना र रौतामाई गाउँपालिकाका १ जना रहेका छन् । सबैजसो भारतको सिलगुडीमा मजदुरी गर्न गएका बुझिएको छ । एकजना नक्सालगढीमा मजदुरी गर्न गएको बुझिएको छ ।
उनीहरुलाई १४ दिनसम्म करेन्टाइनमा राखेर स्वस्थ्य परिक...









