लकडाउनको १८ दिनमा नाैं सय सवारी नियन्त्रणमा
पूर्णपुष्टि, चैत २९ ।
उदयपुरमा लकडाउनको १८ औं दिनसम्ममा नौ सय सवारी साधनहरु प्रहरी नियन्त्रणमा परेका छन् । यसले सवारीसहित लकडाउनको अवज्ञा गर्नेको संख्या ठूलो देखिएको छ ।
प्रहरीले कडाई गर्दागर्दै पनि अवज्ञा गरेको अवस्थामा ती सवारीसाधनहरु नियन्त्रणमा परेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो ।
एसपी मगरका अनुसार लकडाउनमा अतिआवश्यकीय काम बाहेकमा बाहिर निस्कन नपाउने हुन्छ । सवारी साधनहरु प्रशासनको पासविना सञ्चालन गर्न मिल्दैन तर, ती साना तथा ठूला सवारी साधनहरु विना पास, अतिआवश्यक काम बाहेकमा सञ्चालन भएको पाइएपछि नियन्त्रणमा परेको उहाँले बताउनुभयो ।
नियन्त्रणमा पर्ने सवारी साधनहरुमा दुइपांग्रे मोटरसाईकल तथा स्कूटी सबैभन्दा ठूलो संख्यामा छन् । मोटरसाईकल तथा स्कूटी ४ सय ८१ वटा छन् । साना तथा ठूला चारचक्के सवारी साधन १ सय ५२ वटा छन् । त्यस्तै अटो १० वटा र साईकल १ सय...







