एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने ३ जना पक्राउ
पूर्णपुष्टि, चैत २९ गते ।
चितवनमा एम्बुलेन्सको प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने तीन जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२ जुन हल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १ सय ८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा लागुऔषध मगाउने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिएर बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतप...








