Tuesday, July 7News That Matters

Month: ६ वर्ष अगाडि

मलेसियामा २ हप्ता थपियो ‘लकडाउन’

मलेसियामा २ हप्ता थपियो ‘लकडाउन’

समाचार, संसार
पूर्णपुष्टि, चैत २८ गते । मलेसियामा फेरी दुई हप्ता लकडाउनको समय थपिएको छ । यसअघि १८ मार्चदेखि १४ अप्रिलसम्म तोकेको लकडाउनको अवधि दुई हप्ता थपेको हो । दुई हप्ता थपेर आगामी २८ अप्रिलसम्म लकडाउन कायम रहने भएको छ । कोरोना सङ्क्रमण रोथामका लागि मलेसिया सरकारले मार्च १८ देखि नै लकडाउन जारी गरेको हो । मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ । लकडाउनको पालना गर्न दूतावासले आग्रह गरेको छ । भने अहिलेसम्म एक नेपालीलाई सङ्क्रमण देखिएको दूतावासले आधिकारीक जानकारी दिएको छ ।...
लकडाउनमा सडक रङरोगन

लकडाउनमा सडक रङरोगन

समाचार
पूर्णपुष्टि, चैत २८ गते ।  लकडाउन भएको बेला धेरै चाप हुने सडक खण्डहरु विस्तारको काम सडक विभागले गर्ने भएको छ । सडकमा अत्यावश्यक बाहेक अरु गाडीहरु नगुड्ने भएकाले बढी चाप हुने सडक खण्डहरुमा लकडाउनको समयमा काम गर्ने भएको हो । सडक रेखा बनाउने काम गरिरहेको छ । सरकारले लकडाउनको समयमा नागरिकलाई घरबाट निस्कन नदिएको भएपनि केही कामदारलाई सुरक्षित रुपमा मास्क, स्यानिटाइजर र सुरक्षित आवासको व्यवस्था गरी काम गर्न लगाएको सडक विभागले जनाएको छ । सडक विभागले अहिले तिनकुने, एयरपोर्ट, गौशाला, थापाथली, माइतीघर, पद्मोदय मोड, धुम्बारही,बालुवाटार लगायतका विभिन्न सडक खण्डहरुमा सडक रङरोगनको काम गरिरहेको छ । काठमाण्डौ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड र काठमाण्डौको गौशाला–चाबहिल सडकखण्ड विस्तारको काममा भने लकडाउनका कारण कामदार नभएर असर परेको विभागले जनाएको छ । पर्याप्त कामदार खटाउन अहिलेको अवस्थ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
संखुवासभा, चैत्र २८ गते । संखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खाँदवारी नगरपालिका–२ आरुबोटे निबासी १९ बर्षीय महेश बिकको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा बिहिवार राती १० बजे अचानक करेन्ट लागेर घाईते भएका विकको उपचारका लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
त्रिविको जेठसम्म सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित

त्रिविको जेठसम्म सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि, चैत २८ गते ।  त्रिभुवन विश्वविद्यालयले आगामी बैशाख र जेष्ठ महिनामा गर्ने भनिएको परीक्षा स्थगित गरेको छ । त्रिविले अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको हो । २०७७ साल वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित भएको हो । साथै पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको हो ।...
कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट

कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट

समाचार, स्वास्थ्य
पूर्णपष्टि, चैत २८ गते ।  दाङको एक क्वारेण्टीनमा भर्ना भएका २० जनामध्ये ८ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । बेलझुण्डीमा रहेको क्वरेण्टीनमा भर्ना भएका २० जनामध्ये आठ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । क्वारेन्टीनमा भर्ना भएका मध्ये ८ जनाको रिर्पोट आईसकेपनि अन्य बाँकी १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कैलालीको गौरीफन्टा नाका भएर आएका चार, रुपैडिहा नाका भएर आएका एक र दुवईबाट आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएको हो । भैरहवामा धेरै स्वाब सङ्कलन भएपछि परीक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।...
कोभिड–१९ बाट सक्रमित मध्ये ३ लाख ५५ हजार उपचारपछि निको भए

कोभिड–१९ बाट सक्रमित मध्ये ३ लाख ५५ हजार उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका मध्ये तीन लाख ५५ हजार छ सय ७१ जना उपचारपछि निको भएका छन् । विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख दुई हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ११ लाखभन्दा बढीको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ । अहिलेसम्म इटालीमा १८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टा भित्र अमेरिकामा १७ सयभन्दा बढीको मृत्यु भएसँगै साढे १६ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

कोरोना संक्रमित जेष्ठ नागरिक उपचारपछि घर फर्किए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २८ गते ।  कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित एक जेष्ठ नागरिक उपचारपछि निको भएको छ । धेरै बृद्ध एक सय एक वर्षीय जेष्ठ नागरिक उपचारपछि निको भएको हो । बेलायतको वोरसेस्टरशायरका जेष्ठ नागरिक किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । भाईरस पुष्टि भएपछि केही समयको उपचारपछि किथ निको भएको संचारमाध्यमहरुले जनाएको छ ।...
जिसस उदयपुरबाट केन्द्रिय कोषमा १ लाख १३ हजार जम्मा

जिसस उदयपुरबाट केन्द्रिय कोषमा १ लाख १३ हजार जम्मा

समाचार
पूर्णपुष्टि, चैत २७ । कोरोना भाइरस संक्रमण रोकथामका लागि केन्द्रिय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जिल्ला समन्वय समिति उदयपुरले आज आफ्नाे तर्फबाट सहयोग रकम उपलब्ध गराएको छ । जिसस प्रमुख खड्गबहादुर परियारका अनुसार कोषमा १ लाख १३ हजार, ५ सय ३५ रुपैया जम्मा गरिएको हो । सरकारको एकद्वार प्रणाली अन्तर्गत केन्द्रिय कोषमा रकम जम्मा गरिएको प्रमुख परियारले बताउनुभयो । यतिबेला सिंगो देश नै कोरोना भाइरस जस्तो विश्व महामारीको रुपमा फैलिरहेको रोगको विरुद्धमा लडिरहेको र त्यसका निम्ति हरेक तह र तप्काको सहयोग आवश्यक रहेकाले सहयोग गरिएको उहाँले बताउनुभयो । सहयोग सरकारले एकद्वार प्रणालीमा जम्मा गर्ने र खर्च गर्ने नीति लिएको कारण सिधै केन्द्रमा जम्मा गरिएको उहाँले बताउनुभयो ।...
भोली र पर्सी गाडी चल्ने गलत हल्लाको पछि नलाग्न प्रहरीको अनुरोध

भोली र पर्सी गाडी चल्ने गलत हल्लाको पछि नलाग्न प्रहरीको अनुरोध

समाचार
पूर्णपुष्टि, चैत २७ । जिल्ला प्रहरी कार्यालय उदयपुरले भोली र पर्सी सवारी साधन चल्छ भन्ने गलत हल्ला फैलिएको भन्दै त्यस हल्लामा नलाग्न सर्बसाधारणलाई अनुरोध गरेकोछ । प्रहरीले अाज साँझ माइकिङ गर्दै गलत हल्लाको पछि लागेर कसैले पनि सवारी साधन सञ्चालन हुन्छ भन्ने भ्रम नराख्न अनुरोध गरेको हो । लकडाउनको समयमा कुनै पनि सवारी साधन सञ्चालन नहुने प्रहरीले जनाएको छ । सबैले लकडाउनलाई पूर्ण पालना गरी घरमै सुरक्षित बसिदिन प्रहरीले अनुरोध गरेकोछ ।...
प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ विहीबार प्रदेश न.१ मा  विभिन्न ७ स्थानमा ४१ क्वारेनइन बेड थपिएका छन् ।  सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ र बेड संख्या ४ सय ३२ नै यथावत छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या जम्मा ६ सय २ छ । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । आजसम्म ५ महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् । होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । विहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्या ३ हजार १ सय ११ छ । महिला ५ सय ८१ र पुरुष २ हजार ५ सय ३० रहेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा क्वारे...