Wednesday, July 8News That Matters

Month: ६ वर्ष अगाडि

काेराेना समस्य हलका लागि सर्वदलीय कमिटिले सरकारलाइ दियाे यस्ताे सुझाव

काेराेना समस्य हलका लागि सर्वदलीय कमिटिले सरकारलाइ दियाे यस्ताे सुझाव

समाचार
पूर्णपुष्टि, चैत २७ । १ नं. प्रदेशको सर्बदलीय कमिटिले समस्या समाधानका लागि सरकारलाइ विभिन्न सुझाव दिएको छ । लकडाउनको पूर्ण पालना नभएको र सामाजिक दुरी ख्याल नगरिएकोले प्रकोपले माहामारीको रुप लिई भयावह स्थिति श्रृजना हुनसक्नेप्रति चिन्ता व्यक्त गर्दै केही दिनअघि विभिन्न चार ठाउँको प्रदेशस्तरको क्वारेन्टाइनहरुको अनुगमन गरेकाे कमिटिले प्रतिवेदनमार्फत २८ वुँदे सुझाव राखेको छ । सुझावहरुमा स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन बिमा तथा प्रोत्साहन भत्ता एवं बिशेष पारिश्रमिकको ब्यावस्था गरी तुरुन्त कार्यन्वयनको ग्यारेण्टी गर्न, पिपिई, थर्मलगन लगाएतका अत्यावश्यक स्वास्थ्य सामग्री तथा औषधिको तत्काल ब्यवस्था गर्नु सुझाएको छ । त्यसैगरी प्राईभेट अस्पताल तथा क्लीनिकहरु सम्बन्धि ठोस नीति बनाई अविलम्ब कार्यान्वयनमा लैजाने । नीति अनुसार नचल्ने अस्पताल तथा क्लीनिकहरुलाई सरकारीकरण वा अनुमति खारेजी गर्...
लकडाउनकाे पूर्णपालना र सामाजिक दुरी ख्याल नभएकाे प्रदेश सर्वदलीय कमिटिकाे ठहर

लकडाउनकाे पूर्णपालना र सामाजिक दुरी ख्याल नभएकाे प्रदेश सर्वदलीय कमिटिकाे ठहर

समाचार
पूर्णपुष्टि, चैत २७ । १ नं. प्रदेशको सर्बदलीय कमिटिले लकडाउनको पूर्ण पालना नभएको र सामाजिक दुरी ख्याल नगरिएकोले प्रकोपले माहामारीको रुप लिई भयावह स्थिति श्रृजना हुन सक्ने कुरामा सरकारलाई सचेत गराएको छ । केही दिनअघि विभिन्न चार ठाउँको प्रदेशस्तरको क्वारेन्टाइनहरुको अनुगमन गरेको कमिटिले प्रतिवेदन सार्बजनिक गर्दै यस्तो सरकारलाई सचेत गराएको हो । तोकिएको क्वारेन्टाईन स्थल र अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव देखिएको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य सम्बन्धि अतिआवाश्यक सामाग्रीहरुको (पिपिई, थर्मलगन, माक्स आदि) अभावको कारण भएका स्वास्थ्यकर्मी चिकित्सकहरु समेत संक्रमण फैलिएमा परिचालित हुन कठिनाइ हुने स्थिति देखाएको छ । स्वाव–ल्याव, आईसोलेशन बेड, भेन्टीलेटर, डेडिकेटेट एम्वुसलेन्सको कमी रहेको देखाएको छ भने, प्रदेश सरकार, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा संयन्त्र र ...
उदयपुरमा क्वारेन्टाइनमा ६९ र होम क्वारेन्टाइनमा बस्नेको संख्या २८४

उदयपुरमा क्वारेन्टाइनमा ६९ र होम क्वारेन्टाइनमा बस्नेको संख्या २८४

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ । हालसम्म उदयपुरका विभिन्न ठाउँका क्वारेन्टाइनमा बस्नेको संख्या ६९ रहेको छ । जिल्ला जनस्वस्थ्य कार्यालयले दिएको तथ्यांक अनुसार जसमा पुरुषहरु ६० र महिला ९ जना रहेका छन् । सबैभन्दा बढि कटारीको बेलसोत क्वारेन्टाइनमा छन् । २३ पुरुष र ३ महिला गरी २६ जना बसेका छन् । उनीहरुले १४ दिन पुरा गरिसकेको र सबैजनाको अन्तिम स्वाप परिक्षणका लागि हिजो नै नमुना लिइ धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको कोरोना परिक्षण केन्द्रमा पठाइएको छ । भोलीसम्ममा रिपोर्ट आउने र नेगेटिभ आएकालाई घर पठाइने, पोजेटिभ देखिएकालाई उपचारमा पठाइने जनस्वस्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसपछिको ठूलो संख्या बेलका नगरपालिकाको रहेको छ । उक्त नगरपालिकामा १२ जनालाई क्वारेन्टाइनमा राखिएका छन् । त्रियुगा नगरपालिकामा ८ जना छन् । रौतामाई गाउँपालिकामा पनि ८ जना नै रहेका छन् । लिम्चुङबुङ गाउँपालिक...
प्रदेश १ मा १०४ को काेराेना रिपोर्ट नेगेटिभ, उदयपुरको थप २६ जनाको भोली रिपोर्ट आउने

प्रदेश १ मा १०४ को काेराेना रिपोर्ट नेगेटिभ, उदयपुरको थप २६ जनाको भोली रिपोर्ट आउने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २७ । प्रदेश १ मा हालसम्म १ सय ७८ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ४ जनाको रिर्पोट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १ सय ४३ पुरुष छन् । यता, उदयपुरमा भने १३ जनाको स्वाप परिक्षण भई सोको रिजल्ट नेगेटिभ आएको छ । हिजोमात्र उदयपुरको बेलसोत क्वारेन्टाइनबाट थप २६ जनाको स्वाप नमुना लिइ धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । सोको रिपोर्ट भोलीसम्ममा आउने जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।...
प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेकाे संख्या ६०२ पुग्याे

प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेकाे संख्या ६०२ पुग्याे

समाचार
पूर्णपुष्टि, चैत २७ । आजसम्म १ नं. प्रदेश अन्तर्गतका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या ६ सय २ जना पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार विहीबारसम्म क्वरोन्टाईनमा बस्नेको संख्या उक्त परिमाणको रहेको हो । जसमा ५२ महिला र र ५ सय ५० पुरुष छन् । क्वारेन्टाइनबाट घर फर्कनेतर्फ आजसम्म ५ महिला र १५ पुरुष रहेको जनाइएको छ । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा ८ महिला र १४ पुरुष छन् । प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन ।  सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ । आइसोलेसन स्थान ४८ सय र बेड संख्या  ४ सय ३२ नै यथावत छ । उता, होम क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । विहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको कूल संख्...
भोली र पर्सी उपत्याका बाहिर जान दिने निर्णय रद्द

भोली र पर्सी उपत्याका बाहिर जान दिने निर्णय रद्द

समाचार
पूर्णपुष्टि, चैत २७ । कोरोना संक्रमणको उच्च जोखिम देखेपछि भोली र पर्सी उपत्याका बाहिर जान दिने निर्णय रद्द भएको छ । लकडाउनका कारण उपत्याकामा थुनिएको मानिसलाई बाहिर जान दिने निर्णयका लागि सरकारले छलफल गरेको थियो । सरकार यो निर्णयमा पुगेको खबर मुलधारका सञ्चारमाध्यमहरुमा आइसकेको अवस्थामा फेरी सरकारले जान दिने निर्णय रद्द गरेको जनाएको छ । यसरी उपत्याका बाहिर जान दिन उच्च जोखिम हुने ठहर गरेपछि सरकारले उक्त निर्णयलाई वदलेर अव जान नदिने निर्णय गरेको जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले उपत्याकाबाट बाहिर मानिस लैजान पर्याप्त भौतिक साधन नहुनुका साथै तयारी नरहेको बताउनु भएको छ । विना तयारी विना साधन पठाउन कोरोना संक्रमणको थप जोखिम हुने भएकाले कसैलाई पठाउन नसकिने बताउनुभएको छ ।  ...
प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा विराटनगर भाटभटेनीबाट २५ लाख प्रदान

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा विराटनगर भाटभटेनीबाट २५ लाख प्रदान

आर्थिक, समाचार
पूर्णपुष्टि, २६ चैत प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा बुधबार भाटभटेनी सुपर मार्केटको तर्फबाट रु. २५ लाख प्रदान गरिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार चेक हस्तान्तरण गरेकी हुन । त्यस्तै सरकारको खातामा जिल्ला सहकारी संघ लिमिटेड मोरङले ५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । हिजोसम्ममा उक्त कोषमा १२ करोड ३६ लाख ९५ हजार ९ सय ८४ रुपैयाँ जम्मा भएको प्रदेश सरकारले जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । सरकारले प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा गर्नेको नाम, ठेगाना स्पष्ट उल्ल...
विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूले ९५ घर परिवारलाई खाद्यन्न बाँड्यो ।

विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूले ९५ घर परिवारलाई खाद्यन्न बाँड्यो ।

समाचार
उदयुपुर/चैत्र,२७ उदयपुरगढी गाउँपालिकाको वडा नं ७ अँधेरीमा विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूहले ९५ घर परिवारलाई खाद्यन्न राहत प्याकेज बाँडेको छ । यो महामारीको अवस्थामा समूहले बन बाट आएको आम्दानीलाई सदुपयोग गरी अहिलेको संक्रमण कालमा उपभोक्तारु खाद्यन्न अभावले बाँच्न कठिन भएको भन्दै पहिलो प्राथामिकताका साथ खाद्यन्न वितरण गरेको समूहले बताएको छ । बिभिन्न ठाउँहरुमा राहत बाँड्ने कार्य भइरहेपनि सरकारले अति विपन्न परिवारलाई मात्रै खाद्यन्न प्याकेज बाँड्दै आइरहेको छ । तर समूहले भने ३ तरिका बाट राहत प्याकेज उपभोक्तहरुलाई बाँडेको छ । विश्व कन्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भिम बहादुर बस्नेतका अनुसार समूहमा रहेका सबै उपभोक्ताहरुलाई राहत प्याकेज वितरण गरिएको जनाउनुभएको छ । बस्नेतले अति बिपन्न परिवारलाई ३५ केजी चाम, विपन्नलाई २५ केजी, र मध्यम विपन्नलाइ २० केजीको दरले राहत वितरण ग...
लकडाउनका कारण काठमाडाैमा काेही थुनिएकाे भए भाेली र पर्सीमा बाेलाउने माैका

लकडाउनका कारण काठमाडाैमा काेही थुनिएकाे भए भाेली र पर्सीमा बाेलाउने माैका

समाचार
पूर्णपुष्टि, चैत २७ । काठमाडौंमा अलपत्र परेका तपाईका कोही आफन्त छन् भने भोली र पर्सी दुइदिनमा बोलाई हाल्नुहोस् । सरकारले लकडाउनका कारण काठमाडौंमा अलपत्र  परेकाहरुलाई घर जान दिने निर्णय गरेका कारण उपत्याका बाहिरकाले घर जाने मौका पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा बसेको बैंठकले भोली र पर्सी उपत्याका बाहिर घर जान दिने निर्णय गरेको हो । यो निर्णयले उपत्याकामा कोठा गरी बसेका, पढ्न बसेका र विभिन्न कामले बसेकालाई गाउँघर जाने मौका मिलेको हो । तर, बाहिरबाट काठमाडौं उपत्यका जान पाउने छैन । बाहिरबाट उपत्यका जान नभइ उपत्याकामा लकडाउनका कारण थुनिएकालाई गाउँघर जाने निर्णय मात्र भएको हो । सरकारले गत चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । लकडाउन लागु भएको १६ औं दिनमा उपत्यका बाहिरकालाई घरजाने दिने निर्णय गरेको हो । लकडाउनका कारण यातायात तथा आवतजावत बन्द भएपछि थुप्रै मा...
बेलस्रोतको क्वारेन्टाइनमा रहेका २६ जनाकै नमुना स्वाव संकलन गरी धरान पठाइयो

बेलस्रोतको क्वारेन्टाइनमा रहेका २६ जनाकै नमुना स्वाव संकलन गरी धरान पठाइयो

समाचार
कटारी/चैत्र,२६ सक्वारेन्टाइनमा १४ दिन बसाइ पुरागरेका २६ जनाको आज स्वाव संकलन गरिएको छ । उदयपुरको कटारी नगरपालिका १ त्रिवेणी बेलस्रोत स्थित १ नं प्रदेश क्वारेन्टाईनमा बसेको २६ जनाको स्वाभ संकलन गरिएको हो । नेपाली सेनाको व्यवस्थापनमा रहेको उक्त क्वारेन्टाइनमा भारतको बिभिन्न ठाउँबाट आएका ३ महिला सहित २६ जनालाई राखिएको थियो । क्वारेन्टाइन वस्ने २ हप्ता अवधिको उनिहरुको यो विषेश परिक्षण हो । परिक्षण्मा नेगेटिभ देखिए घर पाठाइने र पोजेटिभ देखिएमा उपचार तर्फ लगिने जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । जनस्वास्थ्य कार्यलयको प्रमुख मोहन सुवदीको नेतृत्वको टोलीले उनिहरुको स्वाव संकलन गरेको हो । सुवेदीका अनुसार क्वारेन्टाइमा रहेका २६ जनाकै नमुना संकलन गरी धरान पठाइएको छ । जिल्ला अस्पताल उदयपुरका ल्याव टेक्नीसियन प्रणब कुमार यादव र प्रमेन्द्र यादव त्यस्तै कटारी नगरपालिका स्वास्थ्य प्रमुख सुरेश...