Wednesday, July 8News That Matters

Month: ६ वर्ष अगाडि

दाना ढुवानी हुन नपाउँदा कुखुरा व्यवसायीहरुको विचल्ली

दाना ढुवानी हुन नपाउँदा कुखुरा व्यवसायीहरुको विचल्ली

समाचार
मिलन परियार  लिम्चुङ्बुङ /चैत २६ लकडाउनका कारण दाना नपाउने र ढुवानी नहुने भएपछि कुखुरा फर्महरुमा असर पर्नुका साथै कुखुरा व्यवसायीहरुको विचल्ली भएको छ । दानाकै कारण फस्टाउने ब्रोइलर दाना ढुवानी नभएपछि व्यवसायी कुखुरा फर्मका किसानहरु यतिवेला चिन्तामा छ । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाका कुखुरा व्यवसायीहरुलाई बिश्व माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरस कोबिड १९ ले व्यवसायमा प्रत्यक्ष असर पारेको कृषकहरु बताउँछन् । व्यवसायीहरुले यतिवेला घाटा व्यहोर्नु परेको गुनासो सुनाउँदै आफहरुमा यसले ठुलो चिन्ता बनाएको समेत बताएका छन् । पालिकाको बिभिन्न ठाउँहरु जाँते, बास्बोटे , बाराहा , बलम्ता , ताम्लिछा, हिम्मा , टोडके , चौलाने , ढुकुरथुम , खोस्टुङ लगएतका स्थानहरुमा व्यवसायीक रुपमा ब्रोइलर तथा गिरिराज कुखुरा पालन गरिदै आएका छन् । तर अहिले ढवानीका लागि साधन नपाउँदा कुखुराहरुको बिजोग भएको छ ।...
सेवामा नखटेको भन्दै ५ चिकित्सक बर्खास्त

सेवामा नखटेको भन्दै ५ चिकित्सक बर्खास्त

समाचार, स्वास्थ्य
  पूर्णपुष्टि/चैत्र,२६ नेपाल पनि कोरोना भाईरसको माहामाहरीको संक्रमणमा छ । यहिवेला भने प्रदेश नं ५ लुम्विनी अञ्चल अस्पतालका डाक्डरहरु सेवामा नखटिएको भन्दै सामाजिक विकास मन्त्रालयले ५ जना डाक्टरलाई बर्खास्त गरेको छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले बिनासूचना अनुपस्थित भएका ५ डाक्टरहरुलाई सेवा बाट वन्चित गरेको हो ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालका अनुसार रेडियोलोजी विभागमा कार्यरत ताराप्रसाद शर्मा र बरदान वली, ईएनटी विभागका प्रकाश न्यौपाने, यूरोसर्जन सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत प्रकृति कार्कीलाई सेवाबाट हटाइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. राजेन्द्र खनालले ‘सामाजिक विकास मन्त्री सुदर्शन बरालले सेवामा नखटिने डाक्टरहरुलाइ तत्काल बर्खास्त गर्न निर्देशन दिएको बताए ।’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले सिंगो म...
भिँडभाँड नभएको अवसर पारेर १० बर्ष पछि पाण्डाले गरे सम्भोग

भिँडभाँड नभएको अवसर पारेर १० बर्ष पछि पाण्डाले गरे सम्भोग

समाचार
पूर्णपुष्टि/चैत्र,२६ हङकङको ओसन पार्क चिडियाखानामा रहेको एक पाण्डा जोडिले १० बर्ष पछि सम्भोग गरेको छ । विश्वमै जोखिमपूर्ण सुचिमा राखिएको जनवारको रुपमा पर्ने पाण्डा जोडिले लामो समयपछि सम्भोग गरेको भन्दै ओसान पार्क तथा हङकङबासी नै खुसी भएका छन् । कोरोना भाइरसको कारण हङकङमा रहेको ओसन पार्क अहिले सुनसानमय अवस्थामा छ । यहि अवसरले यो जोडिलाई सम्भोग गर्ने वातावरण मिलाइदियो । विश्वमा कम संख्यामा रहेको कारण जोखिमपूर्ण सुचिमा राखिएको यस जनवारले सदस्य थप्ने कुरामा हङकङबासीहरु उत्साहित बनेका छन् । सम्भोग बढाउनु भनेको खुसीको कुरा रहेको भन्दै हङकङको ओसन पार्कका भेटनरी डाक्टर तथा जनवार विज्ञहरु यसको हरेक क्रियाकलापको पछि लाग्न थालेको छ । ती पाण्डा जोडिकोे नाम यिङयिङ र लेले हो । पार्कका अनुसार सोमबार बिहान ९ बजेतिर यिङयिङ र लेलेले शारिरिक सम्पर्क गरेको जनाइएको छ । पार्कको एक विज्ञाप्तीमा यिङयि...
खोटाङका कांग्रेस सभापतिद्वारा पत्रकारलाई धम्की

खोटाङका कांग्रेस सभापतिद्वारा पत्रकारलाई धम्की

समाचार
पूर्णपुष्टि, चैत २५ । कोरोना भाइरसको संक्रमणबाट देशलाई बचाउनु पर्ने अवस्थामा मिडिया क्षेत्रले आफ्नै भूमिका निर्वाह गरिरहेको बेला खोटाङमा एक पत्रकारलाई एक जिम्मेवार व्यक्तिले धम्क्याएकोप्रति नेपाल पत्रकार महासंघ, शाखा खोटाङको गम्भिर ध्यानाकर्षण भएको छ । प्रभाव न्यूज डडकमका पत्रकार उत्तम चौलागाईलाई नेपाली कांग्रेसका खोटाङ जिल्ला सभापति नरेशकुमार श्रेष्ठले धम्क्याएको भन्दै महासंघ शाखाले आज विज्ञप्ती जारी गरी गम्भिर ध्यानाकर्षण जनाएको हो । महासंघ खोटाङ शाखाका सचिवसमेत रहेका चौलागाईलाई खोटाङको दुर्छिमस्थित खानीडाँडामा क्वारेन्टाइन राख्न सभापति श्रेष्ठको अवरोध भन्ने खबर लेखेको भन्दै धम्क्याएको विज्ञप्तीमा उल्लेख छ । श्रेष्ठले “भेटघाटमा राम्रै चिनजान हुन्छ, पैसामा विकेर समाचार लेखेको, यसले ज्यान पनि जानसक्छ” भन्दै धम्क्याएको पत्रकार चौलागाईले बताएका छन् । एक जिम्मेवार व्यक्तिबाटै आ...
उदयपुरका हालसम्म १३ जनाको स्वाब परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

उदयपुरका हालसम्म १३ जनाको स्वाब परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

समाचार
पूर्णपुष्टि, चैत २५ । कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म स्वाव परिक्षण गरिएका उदयपुरका १३ जना सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ । बेलका नगरपालिकाबाट धरान लगि धरानबाट परिक्षणका लागि काठमाडौं पठाएको एकजनाको स्वाव नमुना र जिल्ला अस्पताल उदयपुरले स्वाब नमुना संकलन गरी धरान स्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको १२ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको हो । पछिल्लो समय धरानमै परिक्षण थालिए पछि १२ जनाको पठाएको हो भने त्यसअघि १ जनाको पठाइएको थियो । धरानमै परिक्षण हुन थालेपछि रिपोर्ट छिटो आउन थालेको हो । १३ जनामा ८ जना त्रियुगा नगरपालिका, ४ जना लिम्चुङबुङ गाउँपालिका र १ जना बेलका नगरपालिकाका हुन् । अहिलेसम्म उदयपुरमा संक्रमित भेटिएका छैनन् । जिल्ला जनस्वस्थ्यले आज नमुना संकलन गर्ने सामग्री विराटनगरबाट ल्याएको जनाएको छ ।...
१ नं. प्रदेशमा ८५ जनाकाे रिपाेर्ट नेगेटिभ

१ नं. प्रदेशमा ८५ जनाकाे रिपाेर्ट नेगेटिभ

समाचार
पूर्णपुष्टि, चैत्र २५ प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि बढ्दै गएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कले जनाएको छ । सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप भई २ सय ५४ पुगेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएर मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएका हुन । आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइरा...
वडा नं १६ मा राहत सामाग्री वितरण

वडा नं १६ मा राहत सामाग्री वितरण

Breaking News 1
उदयपुर/चैत्र, २५ त्रियुगा नगरपालिका वडा नम्वर १६ ले अति विपन्न घर परिवारलाई खाद्यन्न समाग्री वितरण गरेको छ । टोल विकास संस्थाहरु मार्फत आफना वडामा रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको पहिचान गरी सोमवार राहत वितरण गरेको वडा नं १६ का वडा अध्यक्ष मान वहादुर राईले बताउनुभयो । राहात प्याकेजमा प्रतिघर ३० केजी चामल, २ केजी दाल, १ पोका नुन, २ पोका तेल र २ वटा सावुन रहेको छ । पहिलो चरणमा २ सय ५२ घर परिवारलाई राह्त वितरण गरिने वडा अध्यक्ष राइले बताउनुभयो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ ले गर्दा देशमा लागु भएको लकडाउनले ज्याला मजदुर गरेर जिविकोपर्जन गर्ने परिवारमा भोकमरीको अवस्था सृजना हुन नदिनको लागी त्यस्ता घर परिवारमा राहात प्याकेज वितरण गरिएको राईले बताउनुभयो । उहाले, नगरपालिकाको कार्य निर्देशन अनुुसार वडामा राहत कोष खडा गेरेर राहात प्याकेज ल्याएको वताउनुभयो । ...
चार स्थानीय सरकारलाइ सेभ द चिल्डेन र वाल विकासकाे सहयाेग

चार स्थानीय सरकारलाइ सेभ द चिल्डेन र वाल विकासकाे सहयाेग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २५ । सेभ द चिल्ड्रेनको स्थानीय साझेदार संस्था वाल विकास समाज नेपाल उदयपुरको सहकार्यमा विभिन्न स्वास्थ्य सामाग्रिहरु उदयपुरका स्थानीय सरकारहरुलाई हिजो हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपक वुढाथोकीका अनुसार सेनिटाइजर १४ लिटर, सर्जिकल मास्क १५०० थान,  ग्लोव १२२० जोडी, वुुट १५ जोर, सावन २०० थान, युुटिलिटी ग्लोव १५ जोर लगायतका करिव १ लाख ५० हाजार भन्दा वढीका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । जिल्लाका ताप्लि, उदयपुर गढी गाउँपालिका, त्रियुुगा र कटारी नगरपालिकामा  सामाग्री हस्तान्तरण गरिएको संयोजक बुढाथोकीले बताउनुभयो । कोरोना भाइरस रोग कोभिड –१९ को महामारीमा स्वास्थ्य संस्था, क्वारेन्टाइन स्थल, हेल्प डेक्स, आइसोलेसन वार्ड, विरामी ल्याउन प्रयोग हुने एम्वुलेन्स लगायतका अवस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको माग भइ रहेको छ । नेपालमा कोभिड...
साढे ११ करोड बढि प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा

साढे ११ करोड बढि प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत्र २५ । हिजाेसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैया प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।...
प्रदेश १ मा ६९ जनाको काेभिड-१९ रिर्पोट नेगेटिभ

प्रदेश १ मा ६९ जनाको काेभिड-१९ रिर्पोट नेगेटिभ

समाचार
पूर्णपुष्टि, चैत्र २५ प्रदेश १ मा आइसोलेसनमा बसेका पाँच मिहला र छ पुरूष गरी ११ जना हिजाे डिस्चार्ज भएका छन् ।  सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ । सरकारले प्रदेश १ मा ४ सय ३८ आईसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । यसैगरी संक्रमित उपचार गर्न ४४ आईसियू बेड तयारी अवस्थामा छन् । प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ । बाँकीको रिर्पोट आउन बाँकी रहेको छ । स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिर्पोट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञा...