Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

अछाममा चट्याङ लागेर १ जनाको मृत्यु

अछाममा चट्याङ लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ ठाँटी बगुडाका २५ वर्षीय अनिता शाहको मृत्यु भएको हो । आज दिउउँसो परेको चट्याङ लागेर स्थानिय ठाँउकी सिता शाह र छोरी कल्पना शाह घाइते भएका छन । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ब्याज भुक्तानीमा सहुलियत दिइने

ब्याज भुक्तानीमा सहुलियत दिइने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको ब्याजमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वक्तव्य जारी गरेर चौथो त्रैमासिकमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जनाएको हो । कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउने जनाएको छ । साना तथा मझौला उद्योग, पर्यटन र कोरोनाको प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी बैंकले प्रदान गरिने पुर्नकर्जा सहज ढङ्गले प्रवाह गर्न पुर्नकर्जा कार्यविधिमा संशोधन गर्ने जनाएको छ । यस्तै ६० अर्ब रुपैयाँको अहिलेको पुर्नकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाउने र बैंकिङ क्षेत्रबाट हुने कर्जा...
नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए

नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  नेपालमा १६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि निको हुनेको संख्या १६ पुगेको हो । वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर असपतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।  ...
नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १४ गते । ओमानमा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा ओमनमा रहेका नेपाली श्रमिकहरुलाई पर्ने भएकाले उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको दूतावासले जनाएको छ । https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर अनलाइन आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ  भने विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने दूतावासले जनाएको छ ।...
वरिष्ठ अधिवक्ता थापाद्धारा सहयोग वितरण

वरिष्ठ अधिवक्ता थापाद्धारा सहयोग वितरण

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  लकडाउनको कारणले समस्यामा परेको उदयपुरका दुई सय परिवारलाई नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले राहत वितरण गर्नु भएकाे छ । लकडाउनका कारण काठमाडौंमा रहेका उदयपुरबासीलाई थापाले सहयोग गर्नु भएकाे हाे । लकडाउनले घर जान नपाएका न्यून आय भएका परिवारका विद्यार्थी र दैनिक ज्यालादारी गरि खाने मजदूरलाई सहयोग गरेको संयोजन सहजिकरण नारद बास्तोलाले बताउनुभयाे । काठमाडौंको डल्लु, स्वयंभू, बलाजु, बनस्थली, सितापाईला, कलंकी, सातदोबाटो, ग्वार्को, कपन, आरुबारीमा डेरा गरी बस्ने जिल्लाबासीलाई खाद्यन्न हस्तान्तरण गरेको बास्तोलाले बताउनुभयाे । अवश्था हेरी चामल, आलु, प्याज र हरियो तरकारी, दाल, तेलको प्याकेज वितरण गरेको उहाँले बताउनुभयाे । त्यस्तै नविन थापा र जुजु काजीको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले उदयपुरबासीलाई हरियो तरकारी उपलब्ध ग...
हेभेन्लि पाथ मार्फत राईको सहयोग

हेभेन्लि पाथ मार्फत राईको सहयोग

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते । हेभेन्लि थाप (प्रेमबादी यात्रीहरु) शाखा उदयपुर मार्फत हेभन्लि पाथका केन्द्रिय उपाध्यक्ष तथा धर्म सस्कार सस्कृतिको संयोजक भरत चाम्लिङ राईले एक सय २५ जनालाई सहयोग प्रदान गर्नु भएको छ । त्रियुगा नगरपालिका भित्र लकडाउका कारण समस्यामा परेका करिब एक सय २५ जना दुःखी गरिब र विद्यार्थीलाई आईतबार सहयोग प्रदान गर्नु भएको हो । त्रियुगा उद्योग बाणिज्य महासंघका निवर्तमान प्रथम उपाध्यक्ष समेत रहेका राईले चामल, दाल, नुन वितरण गर्नु भएको थियो । चामल १०, दाल १ र नुन १ केजीका दरले सहयोग प्रदान गरेको राईले बताउनुभयो । दैनिक ज्यालामजदुरी गरी खाने, नाजुक आर्थीक स्थिति भएका र लकडाउनले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई खाद्य संकट हेतुले सहयोग स्वरुप प्रेम बाडेको राईले बताताउनुभयो ।...
ढुङ्गामा चिप्लिएर लड्दा रामबहादुरको मृत्यु

ढुङ्गामा चिप्लिएर लड्दा रामबहादुरको मृत्यु

समाचार
ईलाम,बैशाख १४ गते । ईलाममा चिप्लिएर एक जनाको मृत्यु भएको छ । फाकफोकथुम–३ सल्लेरी  निबासी ४० बर्षीय राम बहादुर लकान्द्रीको चिप्लिएर मृत्यु भएको हो । आफनै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा आज दिउँसो पउने १ बजे ढुङगामा चिप्लिएर लड्दा लकान्द्रिको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी  कार्यालय मंगलबारेले जनाएको छ ।...
भिरबाट लडेर कार्कीको मृत्यु

भिरबाट लडेर कार्कीको मृत्यु

समाचार
भोजपुर, बैशाख १४ गते । भोजपुरको पौवादुम्मामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पौवादुम्मा–४ कात्तिके निबासी ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको हो । आफ्नै खेतबाट पराल बोकेर घर फर्कनले क्रममा हिजो बेलुका ८ बजे बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट लडेर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोबाट करिब ३५ मिटर तल खसेर कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी  कार्यालयले भोजपुरले जनाएको छ ।...
२ जनामा कोरोना पुष्टि

२ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  आज वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । दुवै जना ५० वर्षीय पुरुष हुन् । उनीहरुमा कोरोना परिक्षणमा रिर्पोट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विरगञ्जमा दुई जना नयाँ संक्रमित पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने  १२ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेका छन् ।...
भुुल्केमा स्थलगत अनुगमन र सम्बोधन पछि मुख्यमन्त्रि राई सहितको टोली कटारी तर्फ

भुुल्केमा स्थलगत अनुगमन र सम्बोधन पछि मुख्यमन्त्रि राई सहितको टोली कटारी तर्फ

समाचार
उदयपुर/बैशाख, १३ प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्केको स्थलगत अनुगमन गरी कटारीको वेलस्रोत तर्फ लाग्नु भएको छ । प्रदेश नं १ कै उच्च जोखिम जिल्ला बन्न पुगेको उदयपुरको कोरोना संक्रमित स्थान भुल्के स्थित स्थलगत अनुगमन र सम्बोधन पछि राई कटारीको वेलस्रोत तर्फ लाग्नु भएको हो । उदयपुरलाई सुरक्षित र कोरोना नियन्त्रण सफल बनाउन अहिले सबै क्षेत्रहरु लागि परिरहेको र प्रदेश सरकार अझै यसको पूर्ण साथ सहयोगमा रहेको मुख्यमन्त्रि राइले बताउनु भएको छ । राइले उदयपुरबासीहरुको सुरक्षा र यसको नियन्त्रणमा प्रदेश सरकारको उच्च ध्यानकर्षण रहेको बताउनुभयो । राईले कोरोना सँगको युद्धमा उदयपुर सँगै १ नं प्रदेश र देशले नै जित हाँसिल गर्ने बताउनुभयो । मन्त्रि राईले उदयपुरबासिहरु पूर्ण रुपमा सुरक्षाको घेरामा रहेकाले धेरै आत्तिनु नपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले उदय...