Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

लकडाउन थप कडाइ गर्न मन्त्रालयको निर्देशन

लकडाउन थप कडाइ गर्न मन्त्रालयको निर्देशन

समाचार
पूर्णपुष्टि, बैशाख १५ गते ।  लकडाउनलाई थप कडाइ गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले सोमबार परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवत जावतमा रोक लगाउन निर्देशन दिएको हो । बीच बाटोमा बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेकाले थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।   धेरै संख्यामा यात्रा गर्दा कोरोना भाईरसको संक्रमण हुने र थप जटिलता निम्तिन सक्ने खतरालाई विशेष ध्यान दिदै निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।...
भारतमा कोरोना संक्रमितको संख्या २६ हजार ९ सय बढी

भारतमा कोरोना संक्रमितको संख्या २६ हजार ९ सय बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ गते ।  भारतमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित २६ हजार नौ सय नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ९ सय ७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २६ हजार नौ सय १७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा देखिएका सङ्क्रमितहरूमध्ये पाँच हजार नौ सय उपचारपछि निको भएर घर फर्किएका छन् भने २० हजार एक सय ७७ जना कोरोना संक्रमित बिरामी अस्पतालमा उपचार गराईराखेका छन् । भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ । भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न थामको लागी लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।...
मोटरसाईकल दुर्घटना युवाको मृत्यु

मोटरसाईकल दुर्घटना युवाको मृत्यु

समाचार
सुनसरी, बैशाख १५ गते ।  सुनसरीको धरानमा मोटरसाईलक दुर्घटना हुदा एक युवाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा विशाल तामाङको मृत्यु भएको हो । को ३४ प १०३९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई आईतवार बेलुका पौने ७ बजे दुर्घटना हुँदा मोटरसाईकल चालक धरान–१६ का २४ बर्षीय तामाङ घाईते भएको थियो । घाईते तामाङको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
फिफा फुटसलको नयाँ वरीयतामा १६३ औं स्थानमा नेपाल

फिफा फुटसलको नयाँ वरीयतामा १६३ औं स्थानमा नेपाल

खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १५ गते ।  नेपाल फिफा फुटसलको नयाँ वरीयतामा एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेमा नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन राम्रो नरहेकाले नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो । सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको थियो । नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–०,उज्वेकिस्तानसँग ४–१ र अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजय बेहोरेको थियो ।  फुटसलको विश्व वरीयतामा ब्राजिल शिर्ष स्थानमा रहेको छ ।...
आज केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

आज केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १५ गते । आज केहि ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिनसम्म पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ । यसको प्रभावले आज पश्चिमका धेरै तथा मध्ये र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्ने जनाईएको छ ।  ...
वुहानमा कोरोना संक्रमित शून्य

वुहानमा कोरोना संक्रमित शून्य

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ गते ।  पहिलो पटक कोरोना भाईरस फेला परेको चीनको वुहान शहरमा कोरोना संक्रमित शून्यमा झरेको छ । गत डिसेम्बर अन्तिममा पहिलो पटक वुहानमा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । स्वास्थ्यकर्मीको मिहेनतले गर्दा यो सम्भव भएको जनाएको छ । कोरोना संक्रमण फैलिएपछि वुहानमा ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा ५० हजारभन्दा बढी वुहानका मात्र रहेको थियो । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।...
प्रदेश १ मा होम क्वारेन्टाइनमा ५ हजार ७ सय ६० जना

प्रदेश १ मा होम क्वारेन्टाइनमा ५ हजार ७ सय ६० जना

समाचार
विराटनगर, बैशाख १४  प्रदेश १ मा कूल ५ हजार ५ सय १८ जनामा कोरोना परीक्षण भएको छ । द्रूत परीक्षण विधि(आरडीटी)बाट आइतबारसम्म जम्मा ४ हजार ५ सय ४५ जना र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९ सय ७३ जनाको नमुना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । आरडीटीबाट ३ हजार ८ सय ८ जना पुरुष र ७ सय ३७ जना महिलाको परीक्षण भएको छ । पीसीआरतर्फ ७ सय २० पुरुष र २ सय ५३ जना महिलाको परीक्षण भएको छ । प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण देखा परेको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल १ हजार ७ सय ७१ जना पुगेको छ । ४७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा ३ सय ८ महिला र १ हजार ४ सय ६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टा...
कोरोना संक्रमितको संख्या ५२ पुग्यो

कोरोना संक्रमितको संख्या ५२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण थप एक जना पुष्टि भएको छ । झापाका ५० वर्षीय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोशी अस्पताल विराटनगरमा स्वाव परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनाईएको छ । यससँगै अहलिे नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको हो । त्यस्तै कोरोना संक्रमित उपचारपछि  १६ जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।...
लकडाउन २५ गतेसम्म थपियो

लकडाउन २५ गतेसम्म थपियो

समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म पु¥याएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको जनाईएको छ । नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ । उद्योग खोल्नमा खुकुलो बनाउने निर्णय भएको छ । गत चैतको ११ गतेदेखि लकडाउन सुरु गरेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको हो ।...
उदयपुरमा ८३ जनाको स्वाव नमुना संकलन

उदयपुरमा ८३ जनाको स्वाव नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १४ गते ।  उदयपुरमा कोरोना संक्रमित फेला परेसँगै शंकास्पद व्यक्तिहरुको परिक्षण कार्य फराकिलो परिएको छ । यसै क्रममा आज ८३ जनाको स्वाव नमुना संकलन गरिएको हो । जनस्वास्थ्य कार्यालय उदयपुरद्धारा जिल्ला अस्पताल उदयपुरको प्राविधिक टोलीले शंकास्पद ४० महिलासहित ८३ जनाको स्वाव नमुना संकलन गरेको हो । भुल्के, गाईघाट, देउरी, जलजले लगायतका शंखास्पद व्यक्तिहरुको स्वाव संकलन गरिएको हो ।  यहि स्वास्थ्यकर्मी टोलीले सवै भन्दा पहिले भुल्केको नुरी मस्जिदबाट १६ जनाको स्वाव लिएर परिक्षणको लागी पठाएको थियो । यस अघि विशेष संक्रमित क्षेत्र भुल्केबाट तीन सय ३७ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा सो ठाउबाट २८ जना संक्रमित पुगेको थियो । संक्रमित फैलिएको आशंकामा चौदण्डिगढीको सिवाई र सुन्दरपुरबाट ५८ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा सवैको नेगेटिभ रिर्पोट आएको थियो । त्यसैगरी त्रियुगा नगर...