Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

बेलकामा दैनिक ३ घण्टा पसल खुल्ने

बेलकामा दैनिक ३ घण्टा पसल खुल्ने

समाचार
पूर्णपुष्टि, बैशाख १६ गते ।  बेलका नगरपालिका भित्र रहेका बजारको पसल विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको छ । आज बसेको सर्वपक्षिय बैठकले अत्यावश्यक खाद्यन्नका पसलहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय गरेको हो । कोरोनाका कारण सरकारले चौथो पटक लकडाउन म्याद थपेर आगमी २५ गतेसम्म पु¥यएको छ । कलडाउनलाई व्यावस्थित गर्दै अत्यावश्यक वस्तुका पसल दैनिक तीन घण्टा खोल्ने बैठकले निर्णय गरेको जनाएको छ । अत्यावश्यक वस्तुमा औषधी, दुध, मासु,माछा, तरकारी नियम पालना गर्दै विक्रि वितरण गर्ने, हरेक पसलले तीन दिन भित्र मूल्य सुची राखिसक्नु पर्ने, बेचेका सामानको विल अनिवार्य दिनु पर्ने लगायतका सर्तहरु राखिएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए । उप–मेयरको अध्यक्षतामा नगुमन समिति गठन, स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न विक्रि वितरणका लागी नगरले सहकारी र निजी क्षेत्रस...
रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित ५४ पुग्यो

रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित ५४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ गते ।  रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक रौतहटमा थप दुई जनामा कोरोना संक्रमित पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो । वृन्दावन नगरपालिका–९ भुसहाका २५ र देवाही गोनाही नगरपालिका–१ निबासी ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । दुबैको काठमाडौंको टेकु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावनका २५ वर्षीय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेकोर्¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अहिले ती युवकको खोजी सुरु भएको छ । देवाहीका ३५ वर्षीय पुरुष अहिले पनि क्वारेन्टाइनमै बसिरहेका छन् । गत वैश...
खोलाले बगाएर १ बालकको  मृत्यु

खोलाले बगाएर १ बालकको मृत्यु

समाचार
ईलाम, बैशाख १६ गते । ईलामको फाकफोक खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । फाक्फोक्थुम–३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुलाई खोलाले बगाएर मृत्यु भएको हो । साथीसंग घर नजिकै रहेको  फाक्फोक खोलामा हिजो दिउँसो साढे १ बजे माछा मार्न  गएका लिम्बुलाई  अविरल वर्षापछि आएको बाँढीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएका लिम्बुको आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटेको प्रहरी टोलीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

समाचार
झापा, बैशाख १६ गते ।  झापाको मेचीनगरबाट लागुऔषधसति एक जना पक्राउ परेको छ । मेचीनगर नगरपालिका–६ मेची पुलबाट ५० ग्राम ब्राउनसुगरसहित बच्चु चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । निर्माणाधिन मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटेका प्रहरी टोलीले गतराती पौने १० बजे मेचीनगर नगरपालिका–६ का ५८ बर्षीय चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरी माथी थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
कोरोना संक्रमित ९ लाख भन्दा बढी निको भए

कोरोना संक्रमित ९ लाख भन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित मध्ये नौ लाख भन्दा बढी उपचारपछि निको भएका छन् । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाबाट ३० लाख ६० हजार जना भन्दा बढी संक्रमित भएको छ । उक्त संख्यामध्ये नौ लाख १९ हजार आठ सय ९४ जना उपचारपछि निको भएको वल्डओमिटरले जनाएको छ । त्यस्तै १९ लाख २९ हजारभन्दा बढीको उपचार भईराखेको छ भने दुई लाख ११ हजार भन्दा बढीको मृत्यु भएको जनाईएको छ । अमेरिकामा सवै भन्दा बढी संक्रमित भएका छन् भने मृत्यु पनि अमेरिकामै भएको छ । अहिलेसम्म अमेरिकामा मात्रै १० लाख आठ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा साढे ५६ हजारभन्दा बढीको मृत्यु भईसकेको जनाएको छ । यस्तै इटलीमा साढे २६ हजारभन्दा बढी, स्पेनमा साढे २३ हजारभन्दा बढी, फ्रान्समा २३ हजारभन्दा बढी र बेलायतमा २१ हजारभन्दा बढीको मृत्...
प्रहरीको शव व्यावस्थापन टोली

प्रहरीको शव व्यावस्थापन टोली

समाचार
पूर्णपुष्टि, बैशाख १५ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट कसैको मृत्यु भए शव व्यवस्थापन गर्नका लागी प्रहरीले विशेष टोली तयार पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधी अनुसार मोरङ प्रहरीले शव व्यावस्थापन टोली तयार गरेको हो । प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा १० जनाको शव व्यवस्थापन टोली जिल्ला प्रहरी कार्यालय मोरङले तयार गरेको छ । कोरोनाबाट मृत्यु भएका व्यक्तिको दाह सस्कार गर्दा अरु मृतकको जस्तो सहज नहुने भएकोले टोली तयार गरेको प्रहरीले जनाएको छ । दाह सस्कार गर्दा पिपिईको प्रयोग, शव व्यवस्थापनका क्रममा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षासम्बन्धि सतर्कताबारे प्रशिक्षण दिइएको जनाइएको छ । मन्त्रालयले शव व्यवस्थापन र्काविधी २०७६ नै जारी गरिसकेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ जना पुगेको...
भुल्केबाट थप ८ जनाको स्वाव नमुना संकलन

भुल्केबाट थप ८ जनाको स्वाव नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १५ गते । उदयपुरको मुख्य कोरोना संक्रमित स्थान भुल्केमा थप ८ जनाको स्वाब संकलन गरिएको छ । २८ जना कोरोना संक्रमित भेटिएको स्थानका छुटेका थप ८ जनाको स्वाब आज संकलन गरिएको हो । हिजो मात्र भुल्केका संक्रमितहरुसंग सम्पर्कमा आएका र संक्रमित आशंका गरिएका त्रियुगा नगरपालिकाका विभिन्न वडाका ८३ जनाको स्वाब नमुना संकलन गरिएको थियो । हिजो र आज संकलित ९१ जनाको स्वाब परिक्षणको लागि विराटनगरस्थित कोशी हस्पताल लगिएको छ । यसअघि भुल्केबाट ३ सय ३७ जनाको स्वाप नमुना परिक्षण गर्दा भुल्केको मस्जिद रहेको बस्तिभित्र मात्रै २८ जना संक्रमित भेटिएका थिए । जिल्लामा अन्य गाउँपालिका र नगरपालिकामा विदेशबाट आएकाहरुसमेतको स्वाव परिक्षण गर्दै आइएको छ ।...
कोरोना संक्रमित क्षेत्रको तुरुन्त  स्वास्थ्य परिक्षण गर्न माग

कोरोना संक्रमित क्षेत्रको तुरुन्त स्वास्थ्य परिक्षण गर्न माग

समाचार, स्वास्थ्य
उदयपुर, बैशाख १५ गते । नेपालकै प्रमुख कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केका बासिन्दाले आफुहरुको स्वास्थ्य परिक्षण छिटो भन्दा छिटो गर्न जोडदार माग गरेका छन् । गत वैशाख ५ गतेदेखि लकडाउनमाथि थप सुरक्षा घेरामा बस्नु परेका उनीहरुले संक्रमित परिवारको पुनः परिक्षण र पुरै गाउँमा कम्तिमा परिवारको १ जनाको भएपनि स्वाव नमुना संकलन गरी परिक्षण गर्न स्थानीयबासीले सरकारसंग माग गरेका छन् । २८ जना संक्रमित भएको गाउँमा ३ सय घरका मानिसहरु पिरले गर्दा ढुक्कले निदाउन सकेका छैनन् । हिन्दु, मुसलमान समुदायका सबै मानिसहरु भाइचाराका साथ बसोबास गर्नुका साथै व्यवहार गर्दै आएका थिए । त्यसै हिसावले पनि त्यहाँका चौधरी, क्षेत्री, बाहुन, राई, मगर लगायतका समुदायमा पनि सरेको हुनसक्ने आशंक गरिएको छ । परिक्षण नभएकाले कतै भित्रभित्रै संक्रमण फैलिरहेको छ की भन्ने चिन्ता उनीहरुमा छ । संक्रमित व्यक्तिहरु भेटिएको बस्त...
बेलायती प्रधानमन्त्री नियमित काममा फर्कियो

बेलायती प्रधानमन्त्री नियमित काममा फर्कियो

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १५ गते ।  कोरोना भाइरसको संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि निको भएर आफ्नो नियमित काममा फर्किएको छ । बेलायतमा संक्रमणको उच्च खतरा कायमै रहेकाले लकडाउन खुला गरिहाल्ने अवस्था नरहेको प्रधानमन्त्री जोनसनले बताए । कोरोना भाइरसका कारण चुनौती भएको र लकडाउनको पालना गर्ने नागरिक धन्यवादको पात्र भएको उनले बताए  । कोरोनाको संक्रमण भएका ५५ वर्षीय बेलायती प्रधानमन्त्री जोनसन गत मार्च २६ तारिखमा अस्पताल भर्ना भएको थियो । आफ्नै एकान्तवासमा बसेको प्रधानमन्त्रि जोनसनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लण्डनको एसटी थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पालबाट गत अप्रिल १२ तारिखमा डिस्चार्ज भएको थियो ।  डिस्चार्जपछि डाक्टरको सल्लाहमा प्रधानमन्त्रि जोनसनले केही दिन आराम गरेको थियो ।...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार
ताप्लेजुङ, बैशाख १५ गते । ताप्लेजुङको श्रीजंगामा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । श्रीजंगा गाउँपालिका–२ मा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक निर्मल लामिछानेको मृत्यु भएको हो । खाद्यन्न लिएर खादिम्बे तर्फ जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को  प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्याक्टर बिहान सवा ११ बजे आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका निबासी २२ बर्षीय लामिछानेको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा ट्याक्टरका सह–चालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाईते छ । उनको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको जिप्रका ताप्लेजुङले जनाएको छ ।...