Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

कोरोना सहजै जित्न सकिन्छ : सांसद कार्की

कोरोना सहजै जित्न सकिन्छ : सांसद कार्की

समाचार
पूर्णपुष्टि, बैशाख १७ गते ।  कोरोनालाई सहजै जित्न सकिने १ न. प्रदेश सांसद विमल कार्कीले बताएका छन् । विदेशबाट आएकाहरुमा संक्रमण देखा परेपनि उनीहरुको घरपरिवारका सदस्यमा समेत कोरोनाको संक्रमण देखा नपरेकाले सहजै तित्न सकिने सांसद कार्कीले बताएका हुन् । सांसद कार्कीले भने “सरकार संवेदनशिल छ ।, संक्रमित क्षेत्रलाई सरकारले शिल गरेर परिक्षण कार्यलाई तिब्रता दिएको छ ।, अहिलेपनि संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य रस्वास्थ्यकर्मीहरुले स्वाव संकलन गर्ने कार्य भईराखेको छ ।” नेपालमै सवै भन्दा बढी कोरोना संक्रमित फेला परेका भुल्के बासीको मात्रै नभई संक्रमितहरुसँग सम्र्पकमा रहेका चौदण्डिगढी–५को सिवाई, सुन्दरपुर, त्रियुगा नगरपालिका–१ को मुथियाहीबासीको समेत स्वाव नमुना संकलन गिरएको थियो । संकलन गरेको स्वाव परिक्षणमा रिर्पोट नेगेटिभ आएकाले कोरोनालाई जित्न सकिने सांसद कार्कीले बत...
यूएई : नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

यूएई : नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १७ गते ।  यूएईमा रहेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिममा नेपाली श्रमिकहरु पनि परेकाले अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको नेपाली दूतावासले जनाएको छ । यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने दूतावासले हिजो साँझ सूचना जारी गर्दै जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा  https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिंक खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूताव...
७५ मजदुर परिवारलाई सुनचाँदी व्यवसायी संघको खाद्यन्न सहयोग

७५ मजदुर परिवारलाई सुनचाँदी व्यवसायी संघको खाद्यन्न सहयोग

समाचार
गाईघाट/बैशाख, १७ सुनचाँदी व्यवसायी संघ उदयपुरले लकडाउनमा प्रभाव परेका ७५ मजदुर परिवारलाई खाद्यन्न राहत सहयोग गरेको छ । सुनचाँदी पसलहरुमा कार्यरत (कालिगढ) का विपन्न तथा मजदुर परिवारहरुलाई संघले खाद्यन्न राहत सहयोग गरेको उदयपुर सुनचाँदी व्यवसाय संघका अध्यक्ष गजेन्द्र बराइलीले बताउनुभयो । दैनिक सुनचाँदी पसलहरुमा काम गरि परिवार चलाईरहेको (कालिगढ) परिवारहरुलाई लकडाउनले गर्दा खाद्यन्नमा असर परेको भन्दै तत्कालका लागि भोकमरी बाट बचाउँन संघले खाद्यन्न वितरण गरेको बराइलीले बताउनुभयो । संघले २५ केजी चामल, २ प्याकेट नुन, २ पोका तेल, १ केजी सोयाविन र २ ओटा हात धुने सावुन सहितको खाद्यन्न राहत प्याकेज वितरण गरेको हो । यतिवेला धेरै मजदुरहरु मारमा परेको छ । लकडाउन थपिँदै जाँदा झनै भोकमरीको चपेटामा परेका यस्ता मजदुरहरुलाई सम्बन्धित निकायहरुले सहयोग नगर्ने हो भने आफुहरु ठुलो संकटमा पर्ने उदयपुर स...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, बैशाख १७ गते ।  मोरङको बिराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध सहित दिलबन्धुप्रसाद मोदी पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटेका प्रहरी टोलीले बिराटनगर महानगरपालिका–५ का ३४ बर्षीय मोदीलाई १०० एमएल को डाईलक्स डि.सी. १५ बोतल, नाईट्भेट ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिवन २४ चक्की सहित मंगलवार बेलुका साँडे ६ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मोदीमाथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
आज दिउँसो चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

आज दिउँसो चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १७ गते । आज दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भए पनि तराईमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो बादलमात्र लाग्ने पनि मध्य र पूर्वका केही ठाउँमा राति चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।...
विश्वमा कोरोना संक्रमित ३१ लाखभन्दा बढी

विश्वमा कोरोना संक्रमित ३१ लाखभन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ गते ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका संक्रमित ३१ लाख नाघेको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३१ लाख ३५ हजारभन्दा बढीमा कोरोना संक्रतिमण पुष्टि भएको हो । संक्रमितमध्ये नौ लाख ५२ हजारभन्दा बढी निको भएका छन् भने अहिलेसम्म दुई लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिले १९ लाख ६४ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५७ हजार तीन सय सात जना अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको छ भने बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय २८ जनाको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । अहिलेसम्म १० लाख २५ हजारभन्दा बढीमा सक्रमण पुष्टि भएको छ । यस्तै भारतमा ३१ हजार तीन सय ६० जनामा कोरोना पुष्टि भएको छ भने एक हजार आठ जनाको मृत्यु गए...
कोरोना संक्रमित क्षेत्रको पत्रकारसँग जानकारी लिदै महासंघ

कोरोना संक्रमित क्षेत्रको पत्रकारसँग जानकारी लिदै महासंघ

समाचार
पूर्णपुष्टि, बैशाख १६ गते ।  नेपाल पत्रकार महासंघले देशकै सबैभन्दा बढि कोरोना संक्रमित भेटिको उदयपुरको भुल्के क्षेत्रमा कार्यरत पत्रकारको अवस्थाबारे जानकारी स्थलगतरुपमा लिएको छ । महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले संक्रमण फैलिएको स्थानमा पत्रकारको अवस्था बारे जानकारी लिएको हो । सो क्रममा उहाँले संक्रमित क्षेत्रमा उच्च जोखिम मोलेर पनि पत्रकारहरु खटिरहेपनि सरकारले स्वास्थ्य सुरक्षामा चासो नदिएको गुनासो गर्दै तत्काल चासो दिन माग गर्नुभयो । पत्रकार महासंघ र प्रेस काउन्सिलको टोलीले संक्रमित जिल्लाका पत्रकारहरुको स्वास्थ्य विमाको लागि समेत पहल गर्ने जनाएको छ । सो क्रममा उदयपुरका पत्रकारहरुले संक्रमित क्षेत्रमा खटेका पत्रकारहरुको अवस्था, आवश्यकता र जोखिमको बारेमा अवगत गराएका थिए । देशभर ५४ जना संक्रमित हुँदा आधाभन्दा बढि २८ जना संक्रमित रहेको उदयपुरका पत्रकारहरु सामान्य मास्...
भुल्केमा थप ३३ जनाको स्वाव नमुना संकलन

भुल्केमा थप ३३ जनाको स्वाव नमुना संकलन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १६ गते ।  देशकै सबैभन्दा बढि कोरोना भाइरस संक्रमित स्थान उदयपुरको भुल्केमा आज थप ३३ जनाको स्वाव नमुना संकलन भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मी टोलीले जिल्ला अस्पताल उदयपुरमा स्वाव नमुना संकलन गरेको हो । स्थानीयले संक्रमित स्थानका करिब ३ सय घर परिवारको सबैको कम्तिमा एक एक जनाको भएपनि स्वाव नमुना संकलन गरि परिक्षण गर्न माग गरिरहेको बेला क्रमिकरुपले परिक्षण थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । यसअघि भुल्केबाट ३ सय ३६ जनाको परिक्षणबाट २८ जना संक्रमित फेला परेका थिए । त्यसपछि आजसम्ममा थप १ सय २४ जनाको स्वाप नमुना संकलन गरि परिक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको जनस्वास्थ्यले जनाएको छ । भुल्केकै संक्रमितसंगको सम्पर्कको आधारमा उदयपुरको सिवाई, सुन्दरपुर र मोतियाहीबाट ७५ जनाको स्वाव परिक्षण ग...
नेपाललाई यूरोपेली संघले ९ अर्ब ८० करोड सहयोग गर्ने

नेपाललाई यूरोपेली संघले ९ अर्ब ८० करोड सहयोग गर्ने

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, बैशाख १६ गते ।  नेपाल सरकारलाई यूरोपेली संघले नौ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । कोरोनाको महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी यूरोको ‘टिम यूरोप प्याकेज’ स्थापना गरिएको नेपालमा रहेको यूरोपेली संघ प्रतिनिधिमण्डलले जनाएको छ । आगमी वैशाख २२ गते कोरोना विरुद्धको खोप विकास गर्न विश्वव्यापी रूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।...
नेपाली आफ्नै खर्चमा कोरिया फर्किन पाउने

नेपाली आफ्नै खर्चमा कोरिया फर्किन पाउने

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १६ गते । कोरियाबाट विदामा घर फर्केका नेपालीलाई सरकारले आफ्नै खर्चमा जान चाहेमा विमान चार्टर गरेर पठाउने भएको छ । दक्षिण कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएका तर बिदामा घर आएर अहिले नेपालमै रहेकाहरु कोरिया फर्किन पाउनेछन् । यसरी जान चाहनेहरुले स्वास्थ्य परीक्षण गराइ आफ्नै खर्चमा जान अनुमति दिइने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेर रोजगारीको लागि कोरिया जाने प्रक्रियामा रहेका तर सम्झौता पत्रमा हस्ताक्षर गर्न नपाएकाले लकडाउन खुलेपछि हस्ताक्षर गर्न पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बिदामा कोरियाबाट स्वदेश फर्केका तर लकडाउनका कारण कोरिया फर्किन नपाउँदा भिसाको म्याद सकिएकाहरुले पनि म्याद थपको लागि निवेदन दिन सक्नेछन् ।...