Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

नवीकरण शुल्क मिनाह गर्न महासंघको माग

नवीकरण शुल्क मिनाह गर्न महासंघको माग

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  सञ्चार माध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग नेपाल पत्रकार महासंघले माग गरेको छ । कोरोना भाईरस संक्रमणले संकट पैदा गरेकाले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन महासंघले माग गरेको हो । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमासमेत छुट दिन माग गरेको छ । विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा पनि कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कोरोना ग्रस्त क्षेत्रको जिल्लाका फिल्डमा खटिइरहेको पत्रकारलाई तत्काल स्वास्थ्य परीक्षण, बिमा र आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले माग गरेको जनाइएको छ । महामारीको समयमा सञ्चारगृहले पत्रकारलाई बेतलबी बिदामा राख्ने, हटाउने र समयमै पारिश्रमिक उपलब्ध नगराउने समस्या देखिएकाले...
भारतमा ३३ हजार भन्दा बढी कोराना संक्रमित

भारतमा ३३ हजार भन्दा बढी कोराना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १८ गते ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ३३ हजार नाघेको छ । अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म आठ हजार तीन सय २५ जना संक्रमित निको भएर घर फर्किएको जनाइएको छ । पछिल्लो २४ घण्टामा ६७ जनाको संक्रमणका कारण मृत्यु भएपछि संक्रमणबाट मृत्यु हुनेको संख्या एक जार सात सय ७४ पुगेको जनाएको छ । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चार ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय ९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा दुई हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने एक सय २९ जनाको मृत्य...
आज मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  आज देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले दिउँसोपछि विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
दक्षिण कोरियामा आगलागीमा परेर ३८ जनाको मृत्यु

दक्षिण कोरियामा आगलागीमा परेर ३८ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १८ गते । दक्षिण कोरियाको एक निर्माणाधिन भवनमा आगलागी हुँदा करिब ३८ जनाको मृत्यु भएको छ । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा करिब ३८ जनाको मृत्यु भएको हो भने आगलागीमा करिब १० जना घाइते भएका छन् । आगलागीमा एक जना अझै हराइरहेको संचारमाध्यमहरुले जनाएको छ । भवनमा ७८ जनाले काम गरिरहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।...
कोरोना संक्रमित १० लाखभन्दा बढी निको भए

कोरोना संक्रमित १० लाखभन्दा बढी निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १८ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमित १० लाखभन्दा बढी निको भएका छन् । विश्वका दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३२ लाख १८ हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । सोही मध्ये १० लाख ३३ जना निको भएको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये १९ लाख ९० हजारभन्दा बढीको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म भाइरसको संक्रमणबाट दुई लाख २८ हजारभन्दा बढीको मृत्यु भएको जनाईएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २३ सयभन्दा बढीको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या साढे ६१ हजार पुगिसकेको छ । यस्तै १० लाख ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै इटलीमा साढे २७ हजारभन्दा बढी, बेलायतमा २६ हजारभन्दा बढी, स्पेन र फ्रान्समा २४ ह...
नेपालीको आय एक वर्षमा ९ हजार बढ्यो

नेपालीको आय एक वर्षमा ९ हजार बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १७ गते ।  नेपालीको पछिल्लो एक वर्षमा औसत आय झण्डै ९ हजार रुपैयाँले बढेको छ । यो आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर अर्थात एक लाख २६ हजार ८५ रुपैयाँ पुगेको हो । यो गत आर्थिक वर्षको भन्दा आट हजार सात सय ५० रुपैयाँले बढी हो । गत आवमा नेपालीको प्रतिव्यक्ति आय एक लाख १७ हजार दुई सय ६७ रुपैयाँ थियो । प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनलाई आधार मानेर निकालिन्छ । यस वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।...
उदयपुरको कोरोना प्रभावित क्षेत्र भुल्केमा सरसफाइ सामग्री वितरण

उदयपुरको कोरोना प्रभावित क्षेत्र भुल्केमा सरसफाइ सामग्री वितरण

संसार
उदयपुर, बैशाख, १७ उदयपुरको कोरोना प्रभावित क्षेत्र भुल्केका नागरिकहरुलाई सरसफाइका सामाग्री वितरण गरिएको छ । त्यस क्षेत्रका ५७ घरधुरीलाई गैर सरकारी संस्थाले खाद्यान्न तथा सफाई सामाग्री बुधबार वितरण गरेका हो । गैरसरकारी संस्था महासंघ केन्द्रिय कार्यलयको सहयोग तथा जिल्लाको समन्वयमा बिभिन्न सरसफाइ तथा खाद्यन्न सामाग्री वितरण गरिएको गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा १ नं प्रदेश इन्चार्ज महेश्वरी राइले बताउनुभयो । प्रभावित क्षेत्रमा घेरा बन्दिमा रहेका नागरिकहरु बाहिर निस्कन नमिल्ने भएपछि उनिहरुलाई घरघरमै स्वास्थ्य सामाग्री उपलब्ध गराएको पनि दनुवारले बताउनुभयो । उनिहरुलाई ह्यण्डवास स्टेसन र बाटा सहतको बाल्टिन, जग, सेनिटाइजर, साबुन, सरफ, मास्क लगायत स्वास्थ्य सामग्रीहरु वितरण गरिएको गैरसरकारी संस्था महासंघकी केन्द्रीय सल्लाहकार सिर्जना दनुवारले बताउनुभयो । खाजाको रूपमा केही खाद्य...
टायर पड्किदा १ जना भारतिय नागरिको मृत्यु

टायर पड्किदा १ जना भारतिय नागरिको मृत्यु

समाचार
मोरङ, बैशाख १७ गते । मोरङको बिराटनगरमा टायर पड्किदा एक जना भारतीय नागरीकको मृत्यु भएको छ । विराटनगर–१३ मा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको हो । बिराटनगर–१३ का जितेन्द्र यादबको सटर भाँडामा लिएर गाडिको टायरको पम्चर बनाई बस्दै आएको थियो । आज दिउँसो साढे १ बजे पुरानो टायरमा हावा लगाउने क्रममा एक्कासी टायर पड्किदा टायर भित्रको फलामको रिङ टाँउको र शरिरमा  लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । मृतक हैदरको शव पोष्टमार्टमको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
थप ३ जनामा कोरोना संक्रमण पुष्टि

थप ३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १७ गते ।  आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिर्पोट पोजेटिभ आएको हो । संक्रमित ३१, ४३ र ४५ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  ती तीनै जना भारतबाट नेपाल आएर क्वरेन्टीनमा रहेका व्यक्ति भएको जनाईएको छ । संक्रमितसँग सम्पर्कमा रहेकाहरुको  कण्ट्याक्ट ट्रेसिङ भइरहेको जनाएको छ । आज थप  तीन जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५७ पुगेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।...
जिप्रका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन

जिप्रका प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन

समाचार
बिराटनगर, बैशाख १७ गते । १ न.प्रदेश प्रहरी प्रमुख डिआईजी ईश्वरबाबु कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देश दिनुभएको छ । लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई आवश्यक ब्रिफिङ  र सुरक्षाको उपायहरु अपनाएर डिउटीमा खटाउन भिडियो कन्फ्रेन्स मार्फत जिप्रका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । पर्चा, पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा दत्तचित्त भई लाग्न पनि निर्देशन दिनु भएको थियो । लकडाउनको समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका  माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिनु भयो । अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुनु पर्छ । नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानून भित्र रहेर निर्दैशनको पालना गर्दै काम गर्न नि...