Monday, July 6News That Matters

Month: ६ वर्ष अगाडि

सिवाई र मुथियाईको स्वाप नमुनाको रिर्पाट ‘नेगेटिभ’

सिवाई र मुथियाईको स्वाप नमुनाको रिर्पाट ‘नेगेटिभ’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते ।  उदयपुरको सिवाई र मोथियाईमा संकलन गरिएको स्वाव नुमुना परिक्षणबाट रिर्पोट नेगेटिभ आएको छ । गत बैशाख ११ गते प्रदेश स्वास्थ्यकर्मी टोलीले चौदण्डिगढी नगरपालिका–५ सिवाई र त्रियुगा नगरपालिका–१ मुथियाईबाट ७८ जनाको स्वाव नमुना सकलन गरेको थियो । संकलन गरेको स्वाव नुमना कोशी अस्ताल विराटनगरमा परिक्षण गरिएको थियो । स्वाव नुमना परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको प्रदेश सरकारको सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउनुभयो । शनिबार कोरोना ग्रस्त क्षेत्रको अनुगमन गर्ने क्रममा विहिबार संकलन गरिएको स्वाव परिक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको बताउनुभयो । वडा नं. ५ सिवाईको रामजानकीटोल, टोकनीटोल अजगरा, बडेरुवाटोल सुन्दरपुर र वडा नं. ९ को पूर्वटोल ज्यामिरे कदमगाछीबाट ५८ जना र त्रिनपा–१ मोथियाईबाट २० जनाको स्वाव नमुना संकलन गरिएको थियो । उक्त टोलबाट संकास्पद मुस्लिम समुदायक...
मुख्यमन्त्री राइले भुल्केबाट भने  – काेराेना पराजित हुन्छ

मुख्यमन्त्री राइले भुल्केबाट भने – काेराेना पराजित हुन्छ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १३ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुभित्र रहेको बताउनु भएको छ । देशकै सबैभन्दा बढि कोराना प्रभावित क्षेत्र उदयपुरको भुल्केको अनुगमनका लागि आज आउनु भएका मन्त्री राईले कोरोना भाइरस विरुद्ध लड्न उच्चस्तरको तयारी रहेकाले अहिले काबुभित्र रहेको बताउनु भयो । कोरोना संक्रमण नियन्त्रण हुनेमा पूर्ण विस्वास व्यक्त गर्दै उहाँले कोरोना विरुद्धको तयारी राम्रो भएकोले प्रदेश सरकार विचलित नभएको बताउनुभयो । अवका दिनमा पनि कोरोनाको संक्रमणलाई काबुमा राखेर व्यवस्थापन तथा पराजित गर्न सक्ने उहाँले बताउनुभयो । त्यसका लागि प्रदेश सरकार रातदिन क्रियाशिल रहेको बताउनुभयो । उहाँले कोरोना विरुद्धको अवको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने बताउनुभयो । संक्रमण कहाँबाट सर्यो वा सुरु भो, त्यसको पहि...
हवाई उडान जेठ २ सम्म बन्द गर्ने निर्णय

हवाई उडान जेठ २ सम्म बन्द गर्ने निर्णय

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको समितिका बैठकले १५ दिन थप्दै जेठ २ गनेसम्मका लागी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने निर्णय गरेको हो । यसअघि अप्रिल ३० सम्म उडानहरु बन्द थिए । समन्वय समितिले उडानहरु बन्द गर्ने निर्णय गरे पनि लकडाउनको विषयमा भने केही निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको जनाईएको छ । लकडाउनको विषयमा भने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने जनाईएको छ ।...
मुख्यमन्त्रीसंग पत्रकारको सामाजिक दुरी

मुख्यमन्त्रीसंग पत्रकारको सामाजिक दुरी

समाचार
पूर्णपुष्टि, वैशाख १३ । नेपालको सबैभन्दा बढी कोरोना भाइरस प्रभावित स्थान उदयपुरको भुल्केमा पत्रकारले सामाजिक दुरी व्यबहारिकरुपमै प्रयोग गरेको छ । प्रदेश १ का मुख्मन्त्री शेरधन राईको अन्तरवार्ता लिने क्रममा पत्रकारले सामाजिक दुरी अपनाएको हो । प्रभावित क्षेत्रको पहिलोपटक अवलोकन गर्न आएका मुख्यमन्त्री राईलाई उदयपुरका एक पत्रकारले बाँसको भाटामा माइक पीन राखेर डेडमिटरको दुरीबाट अन्तरवार्ता गरे । स्थानीय स्रोत साधनको प्रयोगको रुपमा बाँसको भाटामा माईक पिन राखेर मुख्यमन्त्रीको भनाइ लिएका थिए । कोरोना संक्रमणबाट बच्ने एक उत्तम उपाय र ब्यवहार सामाजिक दुरी हो । पत्रकार र मुख्यमन्त्रीबीचको उक्त सामाजिक दुरीले धरैलाई सामाजिक दुरीप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ । हेलिकेप्टरबाट आएका मुख्यमन्त्री राईले भुल्केको अवलोकन तथा समग्र अवस्थाबारे बुझेपछि उदयपुरकै कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश ...
श्रीलंकामा २४ घण्टे कर्फ्यु

श्रीलंकामा २४ घण्टे कर्फ्यु

समाचार, संसार
पूर्णपुष्टि, बैशाख १३ गते ।  श्रीलंकामा आजदेखि २४ घण्टे कफर््यु लगाईएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दो क्रम जारी रहेपछि  श्रीलंकामा कर्फ्यु लगाइएको हो । शुक्रबार श्रीलङ्कामा थप ४६ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म चार सय २० जना कोरोना संक्रमित पुगेको छ भने सात जनाको मृत्यु भईसकेकोे छ । नयाँ संक्रमितमा ३० जना जलसैनिक हुन् । उनीहरु श्रीलंकाको राजधानी कोलम्बो नजिक एक शिविरमा रहँदै आएका थिए । श्रीलंकामा गएको सोमबार दिउँसो देशको दुई तिहाइ क्षेत्रमा कर्फ्यु केही खुकुलो गरिएको थियो ।...
पाकिस्तानमा मे ९ सम्म लकडाउन लम्बियो

पाकिस्तानमा मे ९ सम्म लकडाउन लम्बियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १३ गते । पाकिस्तानमा आगामी मे ९ सम्मको लागी लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमित थपिने क्रम जारी भएकाले पाकिस्तानी सरकारले मे ९ तारिखसम्मका लागि लकडाउन रहिरहने घोषणा गरेको हो । देशव्यापी लकडाउन भइरहेको पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ११ हजार ६ सय ५२ रहेको छ । त्यसैगरी देशभरि कोरोना भाइरसका कारण दुई सय ४२ भन्दा बढीको मृत्यु भईसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै पञ्जाब प्रदेश प्रभावित भएको छ । त्यहाँ चार हजार आठ सय ५१ जना संक्रमित भेटिएका छन् । आजदेखि मुस्लिम धर्मावलम्बीहरुको एक महिने रमजान पर्व समेत सुरु भएकाले मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानमा थप सतर्कता अपनाउन आह्वान गरिएको छ ।...
चौदण्डिगढीबासी सकुशल आईपुगे

चौदण्डिगढीबासी सकुशल आईपुगे

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते । काठमाडौंबाट चौदण्डिगढीबासी बेल्टार सकुशल आईपुगेको छ । स्थानीय लिएर काठमाण्डौबाट उदयपुर आउँदै गरेको बास महोत्तरीमा दुर्घटना भएपनि विहान नगरबासी सकुशल आईपुगेको नगरले जनाएको हो । लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेका नगरबासीलाई चौदण्डिगढी नगरपालिकाले यातायातको व्यावस्था गरेर घर ल्याउने काम भईराखेको चौनपाका मेयर खगेन्द्र राईले बताए । त्यसै अनुरुप हिजो काठमाण्डौबाट नगरबासीलाई लिएर आएका बस महोत्तरीको बर्दिबासमा दुर्घटना भएपनि नगरबासी केहि नभएको सकुशल आई घर पुगेको उनले बताए । काठमाडौँबाट चौनपा आउँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुदा बसका सहचालक तामाकोशी–३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्माको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
आज मुख्यमन्त्रि राई भुल्के आउँदै

आज मुख्यमन्त्रि राई भुल्के आउँदै

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते । नेपालमै सवै भन्दा बढी कोरोना सक्रमित फेला परेको भुल्केमा आज १ न. प्रदेशका मुख्यमन्त्रि शेरधन राई आउँदैहुनुहुन्छ  । सवै भन्दा बढी कोरोना संक्रमित फेला परेको त्रियुगा नगरपालिका–३ भुल्केको अनुगमन गर्न मुख्यमन्त्रि राई आउन लाग्नुभएको हो । भोजपुरमा पहिलो पटक कोरोना संक्रमित फेला परेको हतुवागढी गाउँपालिकाको होमताङ र कटारीको बेलस्रोत क्वारेन्टाईनको समेत मुख्यमन्त्रि राईले अनगमन गर्नु भएपछि भुल्के आउनुहुने जनाईएको छ । उहाँले कोरोना ग्रस्त क्षेत्र भुल्केको अनुगमन गर्न आउन लाग्नु भएको हो ।...
लिम्चुङ्बुङमा दुइ हजार तीनसय बहत्तर घरधुरी लाई मकैको बीउ बितरण

लिम्चुङ्बुङमा दुइ हजार तीनसय बहत्तर घरधुरी लाई मकैको बीउ बितरण

समाचार
मिलन परियार लिम्चुङ्बुङ बैशाख १३ लिम्चुङ्बुङ गाउँपालिकाले पालिकाका कृषकहरुलाई मकैको विउ वितरण गरेको छ । लिम्चुङ्बुङ कृषि शाखाका काअनुसार पालिकाले आ.ब २०७६/०७७ बाट बिनियोजन गरेको रु १७ लाख बजेट बाट पालिकाका ५ वटै वडाका कृषकहरुलाई विउ वितरण गरेको कृषि शाखा प्रमुख गगन राईले जानकारी दिनुभयो । राईका अनुसार २३७२ घरधुरी लाई मनकामना ३ जातका मकैको बिउ बितरण गरेको जनाएको छ । ५ ओटै वडामा जम्मा १८ हजार ४ सय ८८ केजि बिउ बितरण गरेको शाखा प्रमुख राईले जानकारी दिनुभयो । गत वर्ष पालिका भरिकै कृषकहरुको पानी नपर्नाले मकै नष्ट भएपछि विउ वितरण गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । राइले गत बर्षनै पालिकाले यस्तो समस्या भोगे सँगै पालिका लाई सुख्खा क्षेत्र घोषण गरेको थियो । गाउँपालिका स्थित बास्बोटे, बाराहा  बलम्ता, ताम्लिछा र जाँतेमा अघिल्लो बर्ष पहिलो चरण बैशाखमा छरेको मकै खडेरिका कारण ...
आज देखि रमजान पर्व सुरु, घरमै नवाज पढ्न आयोगको आग्रह

आज देखि रमजान पर्व सुरु, घरमै नवाज पढ्न आयोगको आग्रह

समाचार
पूर्णपुष्टि, बैशाख १३ गते ।  इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि सुरु भएको छ भने घरमै बसेर नवाज पढ्न मुस्लिम आयोगले आग्रह गरको छ । एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु यो महीनाको ठूलो विशेषता हो । नबालक, बिरामी, रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । रमजानमा नमाज लगायत सवै धार्मिक काम घरभित्रै बसेर पूरा गर्न मुश्लिम आयोग र अगुवाहरुले आग्रह गरेका छन् । मुस्लिम आयोगले रमजान पर्वमा मस्जिदमा भेला नभई घरमा नै बसी इवादत गर्न र नवाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको छ ।...