Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

फरार अभियुक्त विरेन्द्रबजारबाट पक्राउ

फरार अभियुक्त विरेन्द्रबजारबाट पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ १८ । कर्तब्य ज्यान मुद्दामा गतवर्षको असोजदेखि फरार रहेको एक अभियुक्तलाई उदयपुर प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार उदयपुरको चौदण्डीगढी नगरपालिका- १ छुईलाका ५३ वर्षिय मान बहादुर बि.क. पक्राउ परेका हुन् । कर्तब्य ज्यान मुद्दामा २०६७ असोज ११ गतेदेखि फरार रहेका विकलाई इलाका प्रहरी कार्यालय बेल्टारले आज पक्राउ गरेको हो । चौदण्डीगढी नगरपालिका-८ बिरेन्द्र बजारबाट उनी पक्राउ परेको हो ।...
मकैबारीमा जबरजस्ती गर्ने युवा पक्राउ

मकैबारीमा जबरजस्ती गर्ने युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेठ १८ । उदयपुरको त्रियुगा नगरपालिकामा एक महिलालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा स्थानीय २५ वर्षिय प्रकाश दनुवार पक्राउ परेका छन् । हिजो आप्mनै मकैबारीमा घाँस काटिरहेको अवस्थामा जबरजस्ती करणीको प्रयास गरेको भन्दै पिडितले आज उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले दनुवारलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले दनुवारलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरीमा बुझाएको छ । उनलाई जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गाइघाटमा ठूलो संख्यामा सवारी नियन्त्रण

गाइघाटमा ठूलो संख्यामा सवारी नियन्त्रण

समाचार
पूर्णपुष्टि, जेठ १८ । लकडाउनको बढ्दो उलंघन पछि आज जिल्ला प्रहरी कार्यालय उदयपुरले आज १ सय ५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । अन्य दिनको तुलनामा आज बढि तैनाथ देखिएको प्रहरीले ७७ वटा मोटरसाईकल तथा स्कुटी, कार १ र ट्याक्टर १ वटा नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै २६ वटा सवारी साधनको चावी नियन्त्रणमा लिएको छ । देशमा कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा सवारीसाधनसहित लकडाउन उलंघन गर्ने बढेको पाइएकाले सवारी र मानिससमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । पछिल्लो समय कोरोनाको सन्त्रास जिल्लामा सामान्य बन्दै गएपछि सवारीको चाँप र मानवीय गतिविधि तथा भिड बढ्दै गएको थियो । उदयपुरमा कोरोना संक्रमित दुईसाता यता नथपिए पनि देशको विभिन्न जिल्लामा ठूलो मात्रामा बढिरहेको छ ।...
आज दुइको मृत्यु, १ सय ६६ संक्रमित, नेपालमा कोरोना संक्रमित १५६७ पुग्यो

आज दुइको मृत्यु, १ सय ६६ संक्रमित, नेपालमा कोरोना संक्रमित १५६७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १८ । नेपालमा पछिल्लो समय १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपिछ नेपाल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाउनुभयो । डाक्टर देवकोटाका अनुसार संक्रमित हुनेहरूमा रौटहतका २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, सप्तरीका १२ जना, सर्लाहीका १० जना छन् । त्यस्तै पर्साका ५ जना, कपिलवस्तुका ५ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, झापाका ४ जना, कैलालीका ३ जना, बाजुराका २ जना, स्यांजाका २, तनहुका १ जना, सुर्खेतका १ जना रहेको मन्त्रालयले जनाएको छ । आजै डडेलधुरा र बाजुरामा दुइजना बालबालिकाको कोरोना...
रौतामाई गाउँपालिकाका युवा कृषकलाई हाते ट्याक्टर सहयोग

रौतामाई गाउँपालिकाका युवा कृषकलाई हाते ट्याक्टर सहयोग

समाचार
रौतामाई/जेष्ठ, १८ रौतामाई गाउँपालिकाले पालिका भित्रका युवा कृषकहरुलाई थप सहज र छरितो बनाउन हाते ट्याक्टर सहयोग गरेका छन् । रौतामाइ गाउँपालिकाको कृषि शाखा अन्तर्गत २० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो । ६ हर्स पावर र ९ हर्स पावरको दुइथरीको ट्याक्टर कृषकहरुलाई वितरण गरिएको छ । पालिका भित्रका भिन्न वडाहरुमा कृषि क्षेत्रमा आत्मानिर्भर रहेका कृषकहरुलाई बिषेश प्राथामिकतामा राखेर ट्याक्टर वितरण गरिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । उहाँले धेरै उब्जाउ गर्ने र कृषिलाई पेशा गरेर आत्मानिर्भर भएका कृषकहरुलाई थप सहज ल्यान पालिकाले समेत यसमा लगानी गरेको बताउनुभयो । कृषकहरुले पनि आफ्नो मेहनत र उब्जाउ अनुसार ट्याक्टरमा लगानी लगाएर लगेका छन् । ट्याक्टरको मुल्य ९ हर्स पावरकोलाई ७४ हजार र ६ हर्स पावरको लाइ ६४ हजार पर्ने अध्यक्ष खड्काले बताउनुभयो । यसमा पालिक...
लिम्चुङबुङ गाउँपालिकाले गरे कृषि सडकको अनुगमन

लिम्चुङबुङ गाउँपालिकाले गरे कृषि सडकको अनुगमन

समाचार
मिलन परियार , लिम्चुङ्बुङ १८ लिम्चुङ्बुङ गाउँपालिकाले कृषि सडक अनुगमन गरेको छ । लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक रमिला राई सहितको टोलीले पालिकाको २ ओटा वडामा सडक अनुगमन आइतबार गरेको हो । ताम्लिछा र जाँतेमा निर्माण गरिएको सडक वडाका बिभिन्न वस्तिहरुमा पुराइएको छ । त्याहाँका किसानहरुले गरेको उत्पादनलाई सहज र सरल मुल्यमा विक्रि वितरणमा टुवा पुराउने भन्दै वडाले आर्थिक बर्ष ०७६०/०७७ मा विनियोजित भौतिक संरचना अन्तर्गतको बजेट सडक निर्माणमा लागाइएको थियो । वडा नं २ ताम्लिछा बाट १३ लाख र वडा नम्बर ५ जाँते बाट १० लाख बुईखा मासन्टिार मतर्ला सडक आयोजनाको विनियिोजित बजेटको कृषि सडक बिभिन्न वस्तिहरुमा निर्माण गरी उत्पादनलाई सहज बनाउने भएको पालिका उपाध्यक्ष तथा समितिका संयोजक प्रमिला राईले बताउनुभयो । समितिले कटुवाल भञ्ज्याङ् २ नम्बर टेकानपुर लैकुघाट  सडक आयोजना सहित ज...
संघीय सांसद् राईद्वारा अग्रपंतीमा खटिएका तीन’कर्मीलाई पिपिइसेट प्रदान

संघीय सांसद् राईद्वारा अग्रपंतीमा खटिएका तीन’कर्मीलाई पिपिइसेट प्रदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १८ । संघीय सांसद सुरेशकुमार राई (हिमाल) ले कोरोनाको जोखिममा खटिने पत्रकारहरुका लागि १० थान पिपिइ सेट प्रदान गर्नुभएको छ । सांसद राईले आज नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कालाई पिपिइसेट प्रदान गर्नुभएको हो । प्राप्त पिपिइ सेट आवश्यकता अनुसार खटिने पत्रकारलाई उपलब्ध गराउने अध्यक्ष खड्काले बताउनुभयो । सांसद राईले त्रियुगा नगरपालिकाको लागि मेयर बलदेव चौधरीलाई पिपिइसेट प्रदान गर्नुभयो । उहाँले त्रियुगा लगायत जिल्लाको आठवटै स्थानीय तहलाई पनि पिपिइसेट प्रदान गर्नुभएको छ । साथै सुरक्षाकर्मीहरुका लागिसमेत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराएको जनाइएको छ । कोरोना विरुद्ध अग्रपंतीमा लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई सुरक्षाकवचको रुपमा पिपिइसेट प्रदान गरेको सांसद राईले बताउनुभयो ।...
संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते बिहीबार  अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएकोआर्थिक वर्ष २०७७/७८ को  बजेट वक्तव्यको पूर्णपाठ पढ्नुहोस् :

संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएकोआर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यको पूर्णपाठ पढ्नुहोस् :

आर्थिक, बिचार
  संघीय संसदको संयुक्त बैठकमा २०७७ साल जेठ १५ गते बिहीबार  अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नु भएकोआर्थिक वर्ष २०७७/७८ को  बजेट वक्तव्यको पूर्णपाठ : नेपाल सरकार अर्थ मन्त्रालय २०७७ प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, 1. संघीय गणतन्त्र नेपालको यस गरिमामय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको रूपमा विद्यमान विषम परिस्थिति बीच आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्न उभिएको छु। यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बिभिन्न समयमा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू तथा निरंकुशताको विरुद्ध जीवन पर्यन्त संघर्ष गर्नु हुने दिवङ्गत नेताहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको रक्षा ...
दैलेखमा क्वारेन्टाइनमै महिलाले बच्चा जन्माइन

दैलेखमा क्वारेन्टाइनमै महिलाले बच्चा जन्माइन

समाचार
पूणर्पुष्टि, जेष्ठ, १८ दैलेखमा क्वारेन्टाइन भित्रै महिलाले बच्चा जन्माइकी छिन् ।  गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । पश्चिमको निकै दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी हुन् । मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेकी हुन् । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिनुभयो । क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको रावतले बताउनुभयो ।...
क्वारेन्टाइनमै महिलाले बच्चा जन्माइन

क्वारेन्टाइनमै महिलाले बच्चा जन्माइन

Breaking News 1
पूणर्पुष्टि, जेष्ठ, १८ दैलेखमा क्वारेन्टाइन भित्रै महिलाले बच्चा जन्माइकी छिन् ।  गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । पश्चिमको निकै दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी हुन् । मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेकी हुन् । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिनुभयो । क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको रावतले बताउनुभयो ।...