Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस

समाचार
पूर्णपुष्टि, बैशाख १९ गते ।  आज मे १ अर्थात एक सय ३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण यस वर्षको एक सय ३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भब्यता कार्यक्रमका साथ हुन सकेन । कलडाउन भएकाले औपचारिक कार्यक्रम नगरेपनि दिवसको अवसर पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले कोरोनाले श्रमिकमा परेको साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै दिवस मनाउने जनाएको छ । श्रमिकका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले देशभरका एकाइमार्फत नेपाल ट्रेड युनियन कांग्रेसले सरकारलाई पत्राचार गरेको जनाएको छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । उक्त नारासहित सन् १८८६ मा अमेरिकाको शिकागोमा विश्व मजदुर दिवस म...
नेपालको हावा प्रदूषणमा ग्रीन सिग्नल

नेपालको हावा प्रदूषणमा ग्रीन सिग्नल

समाचार
पूर्णपुष्टि, बैशाख १९ गते । नेपालको हावाका प्रदूषण मानव बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल देखाएको हो । सन् २०१६ पछि नेपालका हावाको प्रदूषण नाप्न थालिएको थियो । हावाको प्रदुषण नाप्न थालिएको पहिलो पटक नेपालभरको ग्रीन सिग्नल देखिएको वातावरण विभागले जनाएको छ । हावामा प्रदूषण बढ्नुमा सबैभन्दा बढी भूमिका गाडीहरुको धुवाँको हुन्छ, त्यस्तै इँटाभट्टालगायतका उद्योगहरुको कारण पनि प्रदूषण हुन्छ  । तर अहिले लकडाउनले गर्दा यी सबै कम चलेका कारण प्रदूषण कम भएको जनाईएको छ । हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ विश्व स्वास्थ्य सङ्गठनले तोकेको छ । नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सय...
कोरोना भाईरस २ सय १२ देशमा फैलियो

कोरोना भाईरस २ सय १२ देशमा फैलियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ गते ।  विश्वको दुई सय १२ देश र दुई वटा अन्र्तराष्ट्रिय पानी जहाजमा कोरोना भाईरस फैलिदा ३३ लाख चार हजार जना भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो समयमा कोरोना भाईरसको संक्रमण देखा परेको सेन्ट पियर र मिकलान देश हुन् । उक्त संक्रमित मध्ये १० लाख ३९ हजारभन्दा बढी निको भएको छ भने २० लाख ३१ हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकी अरुको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा विभिन्न देशमा साढे ५ हजार भन्दा बढीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई लाख ३३ हजारभन्दा बढी पुगेको जनाएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको मेृत्यु भएको छ भने साढे ३० हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट साढे ६३ हजार भन्दा बढीको मृत्यु भएको छ । यस्त...
रुसी प्रधानमन्त्री मिखाईललाई कोरोना संक्रमण पुष्टि

रुसी प्रधानमन्त्री मिखाईललाई कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ गते ।  रुसीको प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रि मिखाईललाई भाइरसको संक्रमण देखिएपछि अस्पाल भर्ना गरिएको छ । कोरोना संक्रमण भएको बारेमा प्रधानमन्त्री मिखाईलले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको जनाईएको छ । अहिलेसम्म रुसमा कोरोना संक्रमितको सख्या एक लाख पुगेको छ भने एक हजारभन्दा बढीको मृत्यु भईसकेको जनाइएको छ ।...
लिम्चुङ्बुङले २५ लाख बराबरको प्रकोप ब्यबस्थापन कोष स्थापना गर्ने

लिम्चुङ्बुङले २५ लाख बराबरको प्रकोप ब्यबस्थापन कोष स्थापना गर्ने

समाचार
मिलन परियार  लिम्चुङ्बुङ/बैशाख ,१९  लिम्चुङ्बुङ गाउँपालिकाले २५ लाख बराबरको प्रकोप व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । नोबेल कोरोना भाईरस कोभिड १९ रोकथाम र नियन्त्रणका निम्ति १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पालिकाले रु २५ लाख २४ हजारको प्रकोप ब्याबस्थापन कोष स्थापना गर्ने निर्णय पारित गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी बाहेक गाउँपालिका भित्र रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक , लगाएतको तह अनुसार तलब भत्ता कट्टा गरि प्रकोप ब्याबस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष राइले बताउनुभयो । जस्मा जनप्रतिनिधिहरुको हकमा एक महिनाको तलब भत्ता , कर्मचारीको हकमा अधिकृत स्तरको कर्मचारीको ५ दिनको तलब ,चौथो पाचौ स्तर सो सरहका कर्मचारी को ३ दिनको तलब र शिक्षकहरुको हकमा मा.बि वा उच्च मा.बि सो...
ग्यारेजमा आगो लाग्दा ३ वटा कार जलेर नष्ट

ग्यारेजमा आगो लाग्दा ३ वटा कार जलेर नष्ट

समाचार
सुनसरी, बैशाख १९ गते । सुनसरीको  ईटहरी स्थित एक मोर्टस ग्यारेजमा आगलागी हुदा तनि वटा कार जलेर नष्ट भएको छ । ईटहरी–९ ओसेनपार्कमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी हुदा कार जलेर नष्ट भएको हो । रबिन्द्र खड्काले संचालन गर्दै आएको ग्यारेजमा अचानक हिजो बेलुका साढे ७ बजे आगलागी हुदा बनाउनका लागी राखिएको बा २ च ३८७८, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
लकडाउन खुलेपछि एसईई र १२ को परीक्षा गराउन कार्यदलको सिफारिस

लकडाउन खुलेपछि एसईई र १२ को परीक्षा गराउन कार्यदलको सिफारिस

शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख १९ गते ।  लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ । आगामी बैशाख २५ गते लकडाउन खुले जेठ अन्तिम हप्तादेखि एसईई र १२ कक्षाको परिक्षा संचालन गर्न शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले सुझाव दिएको हो । एसर्ईर्ई र १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । सामाजिक दुरी कायम गर्दै विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ । यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि  सामाजिक दूरी कायम गर्दै भिडभाड नगरि भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने प्रतिवेदनमा सुझाव छ । कार्यदलले हिजो शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवे...
श्रीमतिसंगै क्वारेन्टाइनमा बसेका युवाले गरे अात्महत्या

श्रीमतिसंगै क्वारेन्टाइनमा बसेका युवाले गरे अात्महत्या

समाचार
पूर्णपुष्टि, वैशाख १९ । उदयपुरमा श्रीमतिसंगै क्वारेन्टाईनमा बसिरहेका एक युवाले गएराति झुण्डिएर अात्महत्या गरेका छन् ।  उदयपुरकाे राैतामाई गाउपालिका ७ गुराँसेका १८ वर्षिय सुमन विकले अात्महत्या गरेकाे गाउपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयाे । काठमाडाैबाट गाउँ अाएका दम्पतिलाई गाउपालिका- ७ राजावास स्थित गाउँ नजिकैकाे क्वारेन्टाईनमा गत ११ गतेदेखि राखिएकाे थियाे । श्रीमती निदाएकाे बेला राती विकले श्रीमतीकै सलमा झुण्डिएर अात्महत्या गरेकाे बताइएकाे छ । उनले अात्महत्या गर्नुकाे कारण खुलेकाे छैन । प्रेम विवाह गरि काठमाडाैं गएका उनीहरु लकडाउनमा फर्किएपछि क्वारेन्टाईनमा राखिएकाे थियाे । विक दम्पतिलाई छुट्टै काेठामा राखिएकाे थियाे । विहानै पुगेकाे प्रहरी टाेलिले सर्जमिन मुचुल्का उठाई सव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने प्रहरिले जनाएकाे छ । साथै घटनाकाे सम्वन्धमा अनुसन्ध...