Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

रुसी मन्त्री यकुशेभलाई कोरोना संक्रमण पुष्टि

रुसी मन्त्री यकुशेभलाई कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २० गते । रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रि यकुशेभलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्प्ताल भर्ना गरिएको छ । निर्माण मन्त्रीका सहायकलाई पनि भाइरस संक्रमित भएको संचारमाध्यमहरुले जनाएको छ । गत बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू कोरोना संक्रमित भएको बारे जानकारी गराएका थिए । पछिल्लो २४ घण्टामा रुसमा नौ हजार छ सय २३ जनामा संक्रमण देखिएको जनाईएको छ । रुसमा अहिलेसम्म कोरोनाको कारण एक हजार दुई सय २२ जनाको मृत्यु भईसकेको जनाईएको छ ।...
सुत्केरी र गर्भवती महिलालाई पोष्टिक आहार वितरण

सुत्केरी र गर्भवती महिलालाई पोष्टिक आहार वितरण

समाचार
पूर्णपुष्टि, बैशाख २० गते ।  त्रियुगा नगरपालिका–१६ का गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरेको छ । वडा र ओरेक नेपाल उदयपुर शाखाद्धारा संयुक्त रुपमा २६ घर परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो । वडामा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेको वडा कार्यालयले जनाएको छ । हिजो वडाको तल्लो भेगका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको थियो भने माथील्लो भेगका बाँकी १५ जनालाई केहि दिनमा राहत वितरण गर्ने त्रियुगा नगरपालिका १६ का वडा अध्यक्ष मान बहादुर राईले बताए । ओरेक नेपालले ३० जना गर्भवति र सुत्केरीलाई सहयोग गरेको थियो । बाकी ११ जनालाई वडा आफैले राहतको व्यवस्था गरेको अध्यक्ष राईले बताए । सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको थियो । राहत वितरणलाई व्यावस्थित बनाउनको लागी दुई चरणमा गर्भवती र सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको वडा कार्यालयले जन...
संगितकर्मी सँघ दुःखी गरिबको सहारा बन्दै

संगितकर्मी सँघ दुःखी गरिबको सहारा बन्दै

समाचार
पूर्णपुष्टि, बैशाख २० गते । कलाकारहरुको हक हितका लागि गठित राष्ट्रिय संगितकर्मी संघले गरिव दुखीहरुको लागी राहत वितरण गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिका लागी लकडाउनको बेला रोजिरोटि गुमाएका निम्न वर्गका गरिब दुखीहरुलाई  संघले राहत वितरण गरेको हो । यस्तो अवस्थामा कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीतकर्मी सङ्घले कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु गायक, गायिका, चलचित्रकर्मी, प्राबिधिक, सङ्गीतकार, गितकार साथै दैनिक मजदुरी गरी खाने चेपाङ्ग समुदाय, दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुको सहाराका लागी राहत वितरणलाई निरन्तरता दिएको जनाएको छ । त्यसतै अन्य समस्यामा परेका जेष्ठनागरिक, असहाय, साथमा कागज पत्र नभएका हिडेर वडा कार्यलयसम्म पुग्न नसकेका ब्यक्तिहरुका लागि निरन्तर पाँच हप्तादेखि निरन्तर राहात वितरण अभियानमा जुटेको संघले जनाएको छ । चर्चित गायक तथा चलिचत्र ...
जंगली च्याउ खाँदा ७ जना बिरामी

जंगली च्याउ खाँदा ७ जना बिरामी

समाचार
पूर्णपुष्टि, बैशाख २० गते ।  रुपन्देहीमा जंगली च्यायउ खाँदा सात जना विरामी परेका छन् । जंगलबाट ल्याएका विषालु च्याउ खादा एकै परिवारका सात जना बिरामी परेका हुन् । गैडहवा गाउँपालिका–४ मिनमिनवाका १२ वर्षीय अनिशा हरिजन, १४ वर्षीय मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीय लक्ष्मी हरिजन, ३५ वर्षीय सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन जंगली च्याउ खाएर बिरामी परेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवाको भिम अस्पतालमा उपचार भइरहेको छ । भैँसी चराउन जंगल गएका बेला च्याउ लिएर आएको उनीहरुले बेलुका पकाएर खाएपछि बिरामी परेको जनाईएको छ । च्यायउ खाएपछि पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको थियो । उनीहरुलाई राति नै अस्पताल लगिएको जनाइएको छ ।...
सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएर १ जनाको मृत्यु

सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएर १ जनाको मृत्यु

समाचार
मोरङ, बैशाख २० गते । मोरङको बिराटनगरमा खाद्यान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भई एक जनाको मृत्यु भएको छ । विराटनगर–१ स्थितमा सुरेशकुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा शंकर मण्डल बेहोस भएर मृत्यु भएको हो । गोदाममा सामान लोडअनलोड गर्ने क्रममा हिजो दिउँसो साँढे १२ बजे बेहोस भएका कटहरी–१ का ५० बर्षीय मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
फुङलिङ बजारमा आगलागी हुदा ७ घर जलेर नष्ट

फुङलिङ बजारमा आगलागी हुदा ७ घर जलेर नष्ट

समाचार
तापलेजुङ, बैशाख २० गते । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा सात घर जलेर नष्ट भएको छ । फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात  वटा घर र पाँच वटा  घुम्ती चिया पसल जलेर नष्ट भएको हो । फुङलिङ बजारको ट्याक्सी स्टेण्ड छेउमा देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज गतराती साँढे १० बजे अचानक आगलागी हुदा अवरपरको सात घर र पाँच वटा घुम्ति चिया पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल एण्ड लजहरु जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै सोही ठाउँमा बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको...
दिवसको अवसरमा त्रियुगा नगरपालिकाको विशेष घोषणा

दिवसको अवसरमा त्रियुगा नगरपालिकाको विशेष घोषणा

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १९ गते ।  उदयपुरको त्रियुगा नगरपालिकाले एक सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि निःशुल्क खता खोली दिने भएको छ । नगरभित्र रहेका मजदुरहरुलाई लक्षित गरी निःशुल्क खाता खोली दिने नगरले घोषणा गरेको हो । ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ विशेष राहत प्याकेजको घोषणा गरेको मेयर बलदेव चौधरीले बताए । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सबैभन्दा ठुलो क्षति श्रमिक वर्गमा परेको छ । यति बेला स्थानिय सरकारको हैसियतले नगरभित्रका श्रमिकहरुको थप टेवा पु¥याउन निःशुल्क बैंक खाता सञ्चालनमा ल्याउने घोषणा गरेको उनले बताए । प्रत्येक मजदुरको नममा नगरले एक सय रुपैयाँ बराबरको बैंक खाता खोली दिने भएको छ । नगर भित्र कार्यरत असंगठनित मजदुरहरु (डकर्मी, सिकर्मी, सबै किसिमका चालक, कृषी मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत...
विपन्न परिवारलाई गाउँपालिकाको राहत

विपन्न परिवारलाई गाउँपालिकाको राहत

समाचार
सिरहा, बैशाख १९ गते । सिराहाको विष्णुपुर गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाईरसको संक्रमण रोकथामका लागी गरिएको लकडाउनले दैनिक जीवन कष्टर बन्दै गएका विपन्न परिवारलाई पालिकाले राहत वितरण गरेको हो । गाउँपालिकाले पहिलो दिन १ नम्बर वडाका करिब तीन सय २५ घरपरिवारलाई राहत वितरण भएको पालिकाले जनाएको छ । घरको चामल २५, दाल २, नुन १, चिनी १ केजी,  तेल १ लिटर र हात धुने साबुन २ पीसको प्याकेज बनाएर राहत वितरण गरेको विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले बताए । पालिकाको ५ वटै वडाका करिब १५सय घरपरिवारलाई राहत वितरण गर्ने विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादवले बताए । तथ्यांक संकलन गर्न समय लागेकाले राहत वितरणमा केही ढिलाई भएको उनले बताए । आगामी दिनमा राहतको रुपमा खाद्यान्न सामग्रीसँगै अवस्थालाई मध्यनगर गर्दै गाउँ कार्यपालिकाको निर्णयबाट विप...
५४ साल एसएलसी ब्याजीद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

५४ साल एसएलसी ब्याजीद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ गते ।  त्रियुगा माध्यामिक विद्यालय गाईघाटका २०५४ साल एसलसी ब्याजीले सुरक्षाकर्मीलाई स्वास्थ्य  सामाग्री प्रदान गरेको छ । शान्ति सरक्षमा अहोरात्र खट्ने सुरक्षाकर्मीको स्वास्थ्यलाई मध्ये नजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई शुक्रबार प्रदान गरेको हो । विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी यत बेला सरकारले देश लकडाउन गरेको छ । लकडाउनको पूर्ण कार्यन्वयन गराउदै शान्ति सुरक्षामा खट्ने राष्ट्र सेवकलाई आवश्यक पर्ने करिब १६ हजार बराबरको स्यानिटाईजर, माक्स, पञ्जा लगायतका स्वास्थ्य सामाग्री जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख  सई होमबहादुर खनाल र नगर प्रहरी गाईघाटका प्रमुख सई हरि भण्डारीलाई हस्तान्तरण गरेको एसलसी व्याजी कुमार अविरलले बताए । त्यस्तै महाविर...
आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

आज थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ गते ।  आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । बाँके र रुपन्देहीका एक/एक जना पुरुषमा भाईरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । बाँकेको नेपालगञ्जका ६० वर्षीय र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुको  स्वास्थ्य अवस्था सामान्य छ । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको । कोरोना संक्रमितको संख्या ५९ पुगेको छ भने उक्त सँख्यामध्ये १६ जना उपचारपछि निको भए घर फर्किसकेका छन् ।...