Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

भुल्केमा स्थानीयकाे स्वाव नमुना संकलनमा तिब्रता, आज थप २२० जनाको लिइयाे

भुल्केमा स्थानीयकाे स्वाव नमुना संकलनमा तिब्रता, आज थप २२० जनाको लिइयाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २९ । उदयपुरको भुल्केमा आज पनि थप २ सय २० जनाको स्वाव नमुना संकलन भएको छ । ८८ पुरुष र १ सय ३२ गरी २ सय २० जनाको स्वाव नमुना संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जनस्वास्थ्यले हिजो ३५ जना केही कैदीसहित सुरक्षाकर्मीहरुको पनि स्वाव नमुना लिएको थियो । हिजो र आज दुबैदिनको गरी जम्मा २ सय ५५ जनाको स्वाव परिक्षणका लागि काठमाडौं पठाएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मी प्राविधिक टोलीले भुल्केका स्थानीयहरुको नमुना स्वाव संकलन गरेको हो । गत वैशाख २४ गते भुल्के संक्रमित भेटिएको टोलका बासिन्दालाई गरिएको पहिलोपटकको पुन परिक्षणमा चारजना संक्रमित थपिएको थियो । त्यसपछि स्थानीयको स्वाव परिक्षणलाई तिब्रता दिइएको छ । भुल्केमा २८ जना संक्रमित रहेकामा पुन परिक्षणबाट ४ जना थपिएपछि हाल जम्मा ३...
भारतमा आजसम्मकै धेरै संख्यामा कोरोना संक्रमण फेला पर्यो

भारतमा आजसम्मकै धेरै संख्यामा कोरोना संक्रमण फेला पर्यो

समाचार
एजेन्सी पूर्णपुष्टि/बैशाख, २९ भारतमा एकैदिन ४ हजार २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । यो संक्रमण संख्या भारतमा आज सम्मकै ठुलो संख्या हो । पछिल्लो समय भारतमा पनि उच्च संक्रमण र मृत्युको दर बढ्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहान ८ बजेसम्म भारतमा कोरोना भाइरस संक्रमित कुल संख्या ६७ हजार १ सय ५२ पुगेको छ । संक्रमित संख्या वृद्धि आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको रणनीति र अर्थव्यवस्थालाई कसरी अगाडि लैजाने भन्ने बारेमा छलफल गर्न मुख्यमन्त्रीहरूसँग भेट गर्ने भएका छन् । संक्रमणबाट यो अवधिमा ९७ जनाको  मृत्यु भएको छ । संक्रमणका कारण कुल २ हजार २ सय ६ जनाले ज्यान गुमाइसकेका छन् ।भारतमा भेटिएका ...
कपिलवस्तुमा १० जना कोरोना संक्रमण थपियो

कपिलवस्तुमा १० जना कोरोना संक्रमण थपियो

समाचार
पूर्णपुष्टि/बैशाख, २९ नेपालमा दिन दिनै कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । आज फेरी कपिलवस्तुमा पनि १० जना कोरोना संक्रमण थपिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । आज सहित नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । हाल उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ र बागलुङ, बारा, चितवन, झापामा २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भोजपुर, सर्लाही, रुपन्देही र कन्ञ्नपुरमा पनि १÷१ जनामा संक्रमण भएको छ । संक्रमणहरु मध्य ३३...
सिमा रक्षाबारे सरकारलाई युवा परिषदको  ध्यानाकर्षण

सिमा रक्षाबारे सरकारलाई युवा परिषदको ध्यानाकर्षण

समाचार
 मिलन परियार पूर्णपुष्टि/बैशाख, २९ बेलाबेलामा विबादमा आउने गरेको नेपाल भारत सिमा बारे एतिबेला फेरी बिबादीत भएको छ । नेपाली नागरिकहरुले यस बारे आपत्ति जनाएको छ साथै बिभिन्न निकायहरुले पनि यसको बिरोध गर्दै आएको छ । बेलाबेला नेपाली भुमि भारतले मिच्ने प्रवृतिलाई लिएर नेपाल युवा परिषदले सरकारलाई ध्यानाकर्षण गराएको छ । बिश्व ब्यापी माहामरीको रुपमा फैलिएको नोबोल कोरोना भाईरसले विश्व नै आक्रान्त पारिहेको अवस्था छ । अहिले नेपाल भारत सहित विश्वको बिभिन्न देशहरु नै लक डाउनको समस्यामा छ । यस्तो समस्यामा पनि भारतले भने  नेपालको सिमा क्षेत्रमा नेपालको भुमी हुँदै चीनको  मानसरोवर जाने बाटो उद्घाटन  गरेको खबरहरुले चर्चा पाइरहेको छ । आम नेपाली जनता लगाएत बिभिन्न निकायहरु यसको विरोधमा उत्रेको छ । नेपाल युवा परिषदले आफ्नो देसको सिमा क्षेत्र बचाउनका निम्ति सिमा क्षेत्रको बिषयमा  यथासिघ्र कुटनैतिक पहल...
उदयपुरमा लकडाउन खुकुलाे पार्न प्रशासन तयार देखिएन, काेराेनाले महामारी फैलने व्यापक चिन्ता

उदयपुरमा लकडाउन खुकुलाे पार्न प्रशासन तयार देखिएन, काेराेनाले महामारी फैलने व्यापक चिन्ता

समाचार
पूर्णपुष्टि, वैशाख २८ । देशकै सबैभन्दा बढि ३२ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा केही सरोकारवालाहरु लकडाउन खुकुलो पार्न हतार देखिए पनि प्रशासनले भने जोखिम टरिनसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी, दिपक पहाडीले उदयपुरमा लकडाउन खुकुलो पार्ने हिसावले संक्रमणको जाखिम कम भइनसकेको बताउनुभयो । अहिले जिल्लाको हकमा कोरोना संक्रमण नियन्त्रण पहिलो र विकास दोस्रो प्राथमिकतामा रहेको प्रष्ट पार्दै उहाँले लकडाउन जिल्लामा हिजोकै अवस्थामा जस्तो कडाइका साथ लागू हुने बताउनुभयो । आज जिल्ला समन्वय समिति उदयपुरमा लकडाउनको सन्दर्भमा बसेको छलफल बैंठक पछि पूर्णपुष्टिले राखेको जिज्ञासामा प्रजिअ पहाडीले बैंठकको निर्णयनै लकडाउनको सन्दर्भमा अन्तिम नरहेको प्रष्ट पार्नुभयो । जिल्लाको कारोना नियन्त्रण सम्बन्धीको समितिले मात्र यस सम्बन्धी आवश्यकता अनुसारको निर्णय लिने बताउनुभयो । “लक डाउनको मोडालिटी हिजो जस्तो च...
भुल्केका  थप एक महिलालाई पनि आज बिराटनगर लगियो

भुल्केका थप एक महिलालाई पनि आज बिराटनगर लगियो

समाचार
उदयपुर/बैशाख, २८ उदयपुरको भुल्केमा हिजो थप कोरोना पुिष्ट भएको एक महिलालाई आज एम्वुलेन्समा विराटनगर लगिएको छ । भुल्के स्थित पछिल्लो समय पून परिक्षण गरिएको रिपोर्टमा उनिमा कोरोना पुष्टि भएको थियो । पून परिक्षणमा ४ जना महिलाहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । पुष्टि भएको ३ जनालाई हिजै बिराटनगरको कोशी कोरोना हस्पिटलमा उपचारको लागि लगि सकिएको जनाएको छ । नेपालकै सबै भन्दा बढी संक्रमण उदयपुरको भुल्केमा फेला परेको छ । ठुलो मात्रामा फेला परेपछि त्यहाँ पून परिक्षणको कार्य बढाइएको थियो ।  ...
वीरगन्जका एक पत्रकार पक्राउ

वीरगन्जका एक पत्रकार पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २८ गते । पर्साको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको लिंकरोडमा स्थित सामुदायिक रेडियोको स्टेशन प्रवेश द्धारबाट आज दिउँसो पत्रका यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादव नयाँ पत्रिकाको पर्सा संवाददाता पनि हुन । प्रहरीले पक्राउको कारण खुलाएको छैन । पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै पत्रकारहरु जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन् । पर्सामा केही समयदेखि पत्रकारमाथि आक्रमणका घटना बढेको भन्दै पत्रकार, सञ्चारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् ।...
पलाँता गाउँपालिका अध्यक्ष माथी कुटपिट

पलाँता गाउँपालिका अध्यक्ष माथी कुटपिट

समाचार
पूर्णपुष्टि, बैशाख २८ गते । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमति गोरिकला बम माथी आक्रमण भएको छ । गाउँपालिकाका अन्य जनप्रतिनिधिले अध्यक्ष बमलाई कुटपिट गरेको हो । गाउँपालिका–२ को ग्रामिण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा १ न. वडाध्यक्ष मानबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकाया (इन्द्र) र स्थानीय नेकपा नेता धनीराम भण्डारीले गाउँपालिका अध्यक्ष बमलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । हिजो विहान करिब ११ बजे गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडाध्यक्ष भण्डारीले गाउँपालिका अध्यक्ष माथी एक्कासी कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका अध्यक्ष बम, उनकी श्रमिती र भतिज घाईते भएको जनाइएको छ । कुटपिटबाट घाईते भएकाहरुलाई हेलिकप्टरबाट उपचारको लागी कर्णाली प्रदेश अस्पताल लगिएको थियो ।...
कोरोना संक्रमित थप २ जना उपचारपछि निको भए, १ न. प्रदेशमा निको हुनेको संख्या १६ पुग्यो

कोरोना संक्रमित थप २ जना उपचारपछि निको भए, १ न. प्रदेशमा निको हुनेको संख्या १६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ गते ।  विराटनगरको कोशी अस्पतालमा उपचार गराईराखेका मध्ये आज थप दुई जना निको भएर डिस्चार्ज भएपछि १ नं प्रदेशमा उपचारपछि निको हुनेको संख्या १६ पुगेको छ । (कोभिड(१९) उपचार केन्द्रमा विराटनगरमा उपचार गराइरहेका भोजपुर र झापाका एक/एक जनालाई आज अस्पतालबाट डिस्चार्ज गरिएको १ नं प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । उक्त अस्तालमा उपचार गराइरहेका ३५ जनामध्ये १६ जना उपचारपछि निको भई सकेको छ भने अहिले १९ जनाको उपचार भइरहेको जनाईएको छ ।...
नेकपाका युवा र विद्यार्थीको सिमामा काँडेतार लगाउन माग

नेकपाका युवा र विद्यार्थीको सिमामा काँडेतार लगाउन माग

समाचार
पूर्णपुष्टि, बैशाख २८ गते ।  सरकारसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा र विद्यार्थी संगठनले नेपालको सिमानामा काँडेतार लगाउन माग गरेको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले सिमाना रक्षा गर्न सुरक्षा फौजको साथै काँडेतार लगाएर घेराबेरा  गर्न आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै आग्रह गरेको हो । सरकारलाई पटक–पटक आईरहने सीमा समस्या दीर्घकालीन रुपमा हल गर्न उच्च तहबाट निर्णायक पहल गर्न आग्रह गरेको थियो । गत मंसिरमा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न र वैशाख २६ गते भारतले नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक सञ्चालन रोक्न तत्काल कुटनीतिक पहल चाल्न संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्रि ज्ञवालीले सीमा समस्या समाधान गर्न सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।...