Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ गते । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप छ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालगञ्ज–८ का १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि आज नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि मात्रै नेपालगञ्जमा ६० वर्षीया एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।...
सेभ द चिल्ड्रेनद्वारा विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

सेभ द चिल्ड्रेनद्वारा विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ गते ।  सभे द चिल्ड्रनद्वारा जिल्ला विपद् व्यावस्थापन समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग र बाल विकास सामाज नेपालको समन्वयमा आईतबार समितिलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । करिब सात लाख ५४ हजार तीन सय २६ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला विपद् व्यावस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिपक पहाडीलाई सेभ द चिल्ड्रेनका प्रतिनिधि दिपक बुढाथोकीले हस्तान्तरण गरेको थियो । पिपिई सेट, आईआर थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्री समितिलाई हस्तान्तरण गरेको सेभ द चिल्ड्रेनका प्रतिनिधि बुढाथोकीले बताए ।...
माछापुच्छ्रे बैँकद्वारा राहत वितरण

माछापुच्छ्रे बैँकद्वारा राहत वितरण

समाचार
पूर्णपुष्टि, बैशाख २१ गते ।   माछापुच्छ्रे बैँक लिमिटेड गाईघाट शाखाले विपन्न मुसहर परिवारलाई राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका–१२ का विपन्न मुहर ५० घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको हो । चामल २० केजी, दाल १ केजी, नुन १ केजी र खाने तेल १ लिटरका दरले ५० घरपरिवारलाई खाद्यान्न सहयोग स्वरुप वितरण गरेको बैैकले जनाएको छ । लकडाउनको समयमा विपन्न परिवारलाई खाद्य वस्तुको कमी हुन नदिन र भोकमरीबाट बचाउने उद्देश्यका साथ बैँकले राहत रुवरुप सहयोग गरेको जनाएको छ ।...
उदयपुरकाे सुखद् खबर : पछिल्लाे परिक्षणकाे रिपाेर्ट सबै नेगेटिभ

उदयपुरकाे सुखद् खबर : पछिल्लाे परिक्षणकाे रिपाेर्ट सबै नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २१ । उदयपुरमा पछिल्लो समय स्वाव नमुना संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार २८ जना संक्रमित भुल्केमा भेटिएपछि उनीहरुको सम्पर्कका ब्यक्तिहरु पहिचान गरी स्वाव परिक्षण गरिएकोमा सबैको नेगेटिभ आएको हो । पछिल्लो समय भुल्के क्षेत्रबाट लिइएको ३३ जनाको स्वावको रिपोर्ट सबै नेगेटिभ आएको हो । उता बेलका नगरपालिकामा रहेका भोजपुरका संक्रमित युवाको ससुराली घरका पाँच जना सदस्यहरुको पुनः परिक्षण गर्दा पनि नेगेटिभ नै आएको छ । श्रीमती लगायत सासु, ससुरा लगायत पाँचजनाको स्वाव पुनः परिक्षण गर्दा नेगेटिभ नै आएको जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । भुल्केमा ३ सय ३७ जनाको स्वाव परिक्षण गर्दा भुल्केको नुरी मस्जिदमा रहेका १६ जना जमाती र त्यहिको बस्तिभित्रका अन्य १२ जनामा संक्रमण देखिएको थियो । त्यसबाहेक उनीहरुको सम्पर्कमा भएका र आशंका ग...
आज देशमा १० जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ६९ पुग्यो

आज देशमा १० जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमितको संख्या ६९ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २१ । नेपालगन्जको प्रयोगशालामा स्वाव परीक्षणबाट आज ९ जनामा कोरोना संक्रमण देखिएको सरकारले पुष्टि गरेको छ । ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।  साथै पर्सा जिल्लामा पनि ३६ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । नेपालगञ्ज र पर्सागरी आज १० जनामा कोरोना र्सक्रमण पुष्टि भएको हो । यो संगै कोरोना कोरोना संक्रमितको संख्या ६९ पुगेको मञ्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जका ९ जना गरी १० जनामा आज संक्रमण देखिएको जनाएका हुन् । आइतबारसम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन...
उधाेगी व्यवसायीहरुकाे ऋणको व्याज मिनाहा गर्न नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीकाे माग

उधाेगी व्यवसायीहरुकाे ऋणको व्याज मिनाहा गर्न नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीकाे माग

समाचार
पूर्णपुष्टि, बैशाख २१ गते । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नवलपरासीको बैठक विविध निर्णयहरु गर्दै सम्पन्न भएको छ ।नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका कार्यवाहक जिल्ला सभापति अर्जुन कुमार पाेखरेलको अध्यक्षतामा वैशाख २० गते शनिबार समपन्न बैठकमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति का पदाधिकारिहरु ,जिल्ला सदस्यहरु ,जनबर्गिय संगठनका प्रमुख प्रतिनिधिहरु सहितकाे उपस्थितिमा बिविध बिषयमा छलफल र निर्णय भएको नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका प्रवक्ता कुलदिप प्रसाद अाचार्यले बताउनु भयाे । बैठकले कृषि क्षेत्रका समस्या,नागरिकका समस्या,सरकारको ब्यथिती तथा उधोग कलकारखाना सन्चालन र त्यसको ब्याज र ऋण लगायतका विषयमा पार्टिको स्पस्ट धारणा सहित सम्बन्धित निकायको ध्यान आकृष्ट गराउने गरि भेलाले निर्णय गरेको प्रवक्ता आचार्यले बताउनु भयो । लकडाउनका समयमा कृषक हरु समेत मार्कामा परेकाले उत्पादित उपजको सहज ...
नदीले बगाएर बेपत्ता १ जना मृत फेला

नदीले बगाएर बेपत्ता १ जना मृत फेला

समाचार
ताप्लेजुङ, बैशाख २१ गते । गत बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराईको मनोज काम्बाङ मृत फेला परेको छ । आठराई त्रिवेणी गाउँपालिका–२ निबासी १७ बर्षीय काम्बाङ हराएको १० दिन पछी मृत फेला परेको प्रहरीले जनाएको छ । नदीमा माछा मार्न गएका काम्बाङ हराएर बेपत्ता भएसंगै खोजतलास गरिरहेको प्रहरी र स्थानियवासीको टोलीले शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ को ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
जंगली च्याउ खाँदा २ घरका ६ जना बिरामी

जंगली च्याउ खाँदा २ घरका ६ जना बिरामी

समाचार
संखुवासभा, बैशाख २१ गते । संखुवासभाको सभापोखरीमा जंगली च्याउ खाँदा दुई घर परिवारका छ जना विरामी परेका छन् । सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खाँदा दुई घरका छ जना बिरामी भएका हुन् । शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा उनको श्रीमती २४ बर्षीया मनिला राई, छोरी ३ बर्षीया सुपी राई, छिमेकी २५ बर्षीय दिनेश राई, उनको श्रीमती २४ बर्षीया अनिता राई र निजको ३ बर्षीया छोरी आकांक्षा राई बिरामी भएको प्रहरीले जनाएको छ । अहिले बिरामी छ जनालाई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, बैशाख २१ गते  ।  झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–१ निबासी ४२ बर्षीय पदमलाल गड्तौलाको करेन्ट लागेर मृत्यु भएको हो  । आफ्नै घरमा रहेको फ्रिजको तार सर्ट भई शनिवार बेलुका साँढे ७ बजे अचानक करेन्ट लाग्दा गड्तौला घाईते भएको थियो । घाईते गड्तौला झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
नोवेल हस्पिटलको सबै विज्ञापनहरु उदयपुरमा निषेध गरिने

नोवेल हस्पिटलको सबै विज्ञापनहरु उदयपुरमा निषेध गरिने

समाचार
उदयपुर/बैशाख, २१ बिराटनगरको नोवेल हस्पिटलले उदयपुरको सुत्केरीलाई उपचारबाट बन्चित गरेको भन्दै त्यहाँको सम्पूर्ण विज्ञापन उदयपुरमा निशेध गर्ने जनाएको छ ।  कोरोना माहामारीको वेला एकले अर्काको सहयोग हौसालामा जुट्नु पर्नेमा  हस्पिटलले अमानविय व्यवहार गरेको भन्दै यस्तो निर्णय गरेको हो । यस्तो माहामारी संकटको वेला स्वास्थ्य क्षेत्र संवेदनशिल र सकरात्मक सहयोगको लागि तयारी हुनु पर्ने अवस्था रहेपनि क्रिटिकल अवस्थाको विरामी नै उपचारबाट वन्चित हुनु परेको छ । एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्नु गैरकानुनी र अपराधमुखी काम रहेको भन्दै कुनै पनि जनताहरुको स्वास्थ्य उपचार भनेको नैसरगीक अधिकार रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । देशमै ठुलो संख्या र १ नं प्रदेशको पहिलो कोरोना संक्रमित जिल्लारुपमा केहि समय यता उदयपुरको चर्चा चलिरहेको छ । यो वेला अझै सेवा सुविधा र सहयोगमा जुट्नु पर्ने अवस्थामा ह...