Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २० आगामी वर्ष जापानको टोकियोमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो । पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुने तालिका सार्वजनिक गरेको छ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।...
आजदेखि गाईजात्रा सुरु

आजदेखि गाईजात्रा सुरु

समाचार
पूर्णपुष्टि, साउन २० आजदेखि ७ दिनेसम्म चल्ने गाईजात्रा पर्व सुरु भएको छ ।  भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व आज सुरु भएको हो । गाईजात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर परिक्रमा गराइन्छ । यसरी नगर परिक्रमा गराउँदा मृतकको आत्मा गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास रहि आएको छ । राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई अरु धेरैले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउन आदेश दिएअनुसार गाईजात्रा सुरु भएको किंवदन्ती छ । नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा गाईजात्रा मनाइन्छ । तर यसपाली कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले सचेत रहन सरकारले आग्रह गरेको छ । भिडभाड नगर्न र धर्मकर्मका कार्यमा तोकिएकाभन्दा बढ...
सोमवार ४ सय १८ जना कोरोना संक्रमण

सोमवार ४ सय १८ जना कोरोना संक्रमण

समाचार
पूणर्पुष्टि, साउन १९ पछिल्लो २४ घण्टा भित्र ४ सय १८ जनामा कोरोना पुष्टि भएको छ । सोमवार मात्र उपत्यका सहित ४ सय १८ जनामा कोरोना पुष्टि भएको हो । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता  डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कणर्ाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा  १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन...
पानीमा डुबेर २ जनाको मृ*त्यु

पानीमा डुबेर २ जनाको मृ*त्यु

समाचार
बिराटनगर, श्रावण १९ गते । भोजपुर र ईलाममा पानीमा डुबेर २ जनाको मृ*त्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका(७ का ३१ बर्षीय गोविन्द कोईरालाको स्थानीय हङग्ग्रिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृ*त्यु भएको छ । प्रहरीलाई खबर आय लगत्तै जिल्ला प्रहरी कार्यालय भोजपुरबाट  प्रहरी घटना स्थल तर्फ पुगी कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । यसैगरी ईलामको माई नगरपालिका (२ का ६१ बर्षीय मकरध्वज योङहाङ लिम्वु जुकेघाडीजंगलको भित्रि सडक खण्डमा सडक छेउमा रहेको पानी जमेको खाल्डोमा डुबी रहेको अवस्थामा मृ*त फेला परेका छन् । आईतवार राती पौने ८ बजेको समयमा योङहाङ मृ*त अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला  प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली घटना स्थल तर्फ गई कानूनी प्रकृया पुरा गरी शव परक्षिणको लागी मेची अस्पताल चन्द्रगढी पठाएको छ भने अन्य थप अनुसन...
ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गयो ५ जना घाईते

ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गयो ५ जना घाईते

समाचार
भोजपुर, श्रावण १९ गते । भोजपुरको आमचौक गाउँपालकिा(३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृ*त्यु भएको छ भने ५ जना घाईते भएका छन् । आईतवार बेलुका करिब सवा ७ बजे तिर बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १ ०२(००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनयिन्त्रीत भई सडकबाट अन्दाजी ३०० मटिर तल खसी दुर्घटना हुँदा आमचोक गाउँपालकिा(३ का २८ बर्षिय दिपक कुवंरको मृ*त्यु भएको छ । कुवँरको स्थानीय बालंखा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोही दुर्घटनामा परेर घाईते भएका अन्य २ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने अन्य तिन जनालई थप उपचारको लागी धरानको घोपा पठाईएको उक्त कार्यालयले जनाएको छ ।  ...
महिलाको सुन, चाँदी र नगद चोरी

महिलाको सुन, चाँदी र नगद चोरी

समाचार
पूणर्पुष्टि, साउन १९ सोमवार गाईघाटमा एक महिलाको सुन चाँदी र नगद चोरी भएको छ । त्रियुगा नगरपालिका वडा नं १३ जोगि पोखरी स्थित लक्ष्मी चौधरीको घरमा भाडामा वस्दै आएको कैलाली धनगढी चटकपुरकी २४ बर्षिया सविता राना -थारु) को आदि तोला सुन, ८ तोला चाँदी र ३ हजार नगद चोरी भएको हो । सामान करिब अन्दाजी रातिको १२ बजे चोरी भएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना स्थल गई अनुसन्धान र खोजि कार्यमा जुटेको छ ।...
प्रदेश १ का मुख्य न्यायधिशबक्ता सहित परिवारको तीन सदस्यमा कोरोना संक्रमण

प्रदेश १ का मुख्य न्यायधिशबक्ता सहित परिवारको तीन सदस्यमा कोरोना संक्रमण

समाचार
पूणर्पुष्टि, साउन १९ १ नं प्रदेशका मुख्य न्यायाधिशबक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर( ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता चुडाणि आचार्यसहित उनका परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । आचार्यले बताए अनुसार ‘आफुलाई १० /१२ दिन अगाडि दुई दिनजति सामान्य ज्वरो आएको र सिटामोल खाएपछि ठीक भएको थियो । संक्रमण भएको हो कि भनेर अरुलाई नसरोस् भनी घरमै आइसोलेसनमा बसिराखेको थिएँ ।’ आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी भएको छ । आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन । उनी नियमितरुपमा कार्यलयको काम र बैठकहरुमा सहभागी थिए । आचार्यले अहिले आ...
पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

समाचार
पूणर्पुष्टि, साउन १९ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा बेपत्ता भएका ७ जना मजदुरको शव भेटिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको हो । एक जना भना भने अझै बेपत्ता रहेको छ । बेपत्ताको खोजि कार्य भइरहेको छ । बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि प्रहरीले जानकारी दिए । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी बताउनुभयो ।...
७ प्रहरी सहित १५ जनामा कोरोना पुष्टि

७ प्रहरी सहित १५ जनामा कोरोना पुष्टि

समाचार
पूणर्पुष्टि, साउन १९ आज थप १५ जना संक्रमित थपिएका छन् । बिराटनगरमा ७ प्रहरी सहित १५ जनामा कोरोना संक्रमण पुष्टिम भएको हो । संक्रमितहरु विराटनगर महानगरपालिका वडा नं ६ र ७ का हुन् । वडा नम्बर ७ मा ३०, ३६, २५ र ४५ वर्ष उमेरका पुरुषहरुमा संक्रमण देखिएको छ । यसैगरी वडा नम्बर ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् ।...
कोरोना न्युनिकरणका लागि ६ ओटा शहरमा कर्फयु

कोरोना न्युनिकरणका लागि ६ ओटा शहरमा कर्फयु

समाचार
पूणर्पुष्टि, साउन १८ कोरोना संक्रमण बढ्दै गएपछि  नियन्त्रण, न्युनिकरण र यसबाट बँच्न २ नं प्रदेशले ६ ओटा प्रमुख शहरहरुमा  निषेधाज्ञा जारी  गरेको छ । २ नं प्रदेशको  ६ जिल्लाका ६ ओटै सदरमुकाम धेरै भिडभाँड हुने शहरलाई पूणर् रुपले ठप्प बनाउने निणर्य सहित बन्द गरिएको छ । पछिल्लो समय कोरोनाका जोखिम बढ्दो अवस्थामा रहेको कारण मधेश सिमाको पनि जोखिम मोल्नु पर्ने अवस्थालाई मध्येनजर गरी निषेधाज्ञा जारी गरिएको हो । सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरी जलेश्वर, रौतहट गौर, बारा कलैया र पर्साको बिरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । समुदाय स्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोम...