Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

लेबनानको राजधानी बेरुतमा विस्फोटमा परी ७० जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा विस्फोटमा परी ७० जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ लेबनानको राजधानी बेरुतमा मंगलबार विस्फोट हुँदा करिब ७० जनाको मृत्यु भएको छ भने ४ हजार भन्दा बढी घाइते भएका छन् । भारी विस्फोटक सामाग्री भएको गोदाममा विस्फोट भएको संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति माइकल इयोनले २७ सय ५० टन विस्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएको भन्दै निन्दा व्यक्त गरेकोे छ । उनले विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान थाल्न पनि निर्देशन दिइसको जनाईएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले आज राष्ट्रिय शोकको घोषणा गर्ने भएको छ । त्यस ठाउँमा २०१४ देखि नै विस्फोटक नाइट्रेटको स्टोर गरिदै आएको जनाइएको छ । विस्फोटपछि वरपरका भवनहरु ध्वस्त भएका छन् । विस्फोटनको आवाज २ सय ४० किलोमिटर पर साइप्रससम्म सुनिएको थियो । विस्फोट समुन्द्री तटीय क्षेत्रमा भएको छ । अहिलेसम्म विस्फोटको कारण पत्ता लागेको छैन ।...
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० आज नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २१ हजार ९ पुगेको हो । त्यस्तै गत २४ घण्टामा उक्त संक्रमितमध्ये ६५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १५ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको मन्त्रालयले जनाएको छ ।...
भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

भारतमा २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ । कोरोना सङ्क्रमणको हिसाबले भारत विश्वकै अति प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ । त्यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित भएको छ । उनले आज आफ्नो ट्वीटरमार्फत् सङ्क्रमित भएको जानकारी दिनुभएको हो । उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...
नेपाली भूमी कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मीको सङ्ख्या बढायो

नेपाली भूमी कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मीको सङ्ख्या बढायो

समाचार
पूर्णपुष्टि, साउन २० नेपाली भूमी दार्चुलाको कालापानीसम्मको सिमा क्षेत्रमा भारतले सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले दार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा गाडीमार्फत भारतले गस्ती बढाएको स्थानीयबासीहरुले बताएकाछन् । पहिला भारतीय सुरक्षाकर्मीको गाडी यस सडकखण्डमा यसरी आउदैनथ्यो । तर अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गरिरहेको छ । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौचसमेत गरेको स्थानीयबासीहरु बताउँछन् । नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले ...
सुनको भाउ लाख पुग्यो

सुनको भाउ लाख पुग्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २० सुनको भाउ बढेर लाखको नजिक पुगेको छ । आज सुन तोलाको २ सय रुपैयाँले बढेर तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको हो । आज सुनको भाउ बढेर अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।...
कोरोनाको उपयुक्त खोप पत्ता लाग्दैन : डब्ल्यूएचओ

कोरोनाको उपयुक्त खोप पत्ता लाग्दैन : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस विरुद्धको उपयुक्त खोप पत्ता नलाग्न नसक्ने जनाएको छ । कोरोना भाईरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप भने कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको हो । कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् । विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिलसमेत गरेको छ । केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा छ । अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको जनाइएको छ । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प ...
६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण

६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० गत ६ महिनामा साढे ३ सय बालबालिकामा दादुरा र रुबेला सङ्क्रमण देखिएको छ । पछिल्लो ६ महिनामा ३ सय ५४ जना बालबालिकालाई दादुरा र रुबेला संक्रमण देखिएको हो भने दुई जनाको मृत्यु भएका छन् । जसमध्ये ३ सय ४० जना दादुरा र १४ जनालाई रुबेला भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । ६ महिनामा दादुराका कारण २ जना बालबालिकाको मृत्यु भएको जनाईएको छ । यो वर्ष धादिङ, गोर्खा, मकवानपुर, काठमाण्डौ, ललितपुर, सर्लाही र झापामा दादुरा धेरै पटक फैलिएको थियो । कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनका कारण खोप सेवा प्रभावित भएकाले दादुरा र रुबेलाको प्रकोप फैलिएको महाशाखाले जनाएको छ । अहिले खोप अभियान पूरा भएको र अरु खोप पनि नियमित भइसकेकाले अब बालबालिकालाई दादुरा र रुबेला कम हुने अनुमान छ । दादुरा र रुबेलाको फैलिएको जिल्लामा भने अभियानको रु...
उदयपुरका एक पुरुषको कोशी अस्पतालमा मृत्यु, कोरोनाको आशंका

उदयपुरका एक पुरुषको कोशी अस्पतालमा मृत्यु, कोरोनाको आशंका

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २० विराटनगरको कोशी अस्पतलामा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । सोमबार राती कोशी अस्पतालमा बेलका नगरपालिका–१ निबासी ५५ वर्षिय एक जना पुरूषको मृत्यु भएको हो । मृत्यु भएको पुरूषमा कोरोनाको लक्षण देखिएकोले स्वाव संकलन गरिएको अस्पतालले जनाएको छ । मृतकको स्वाब परिक्षणपछि कोरोना नदेखिए मात्र शब आफन्तलाई बुझाईने जनाईएको छ । सोमबार राति उच्च ज्वरो आएको अवस्थामा विराट मेडिकल कलेज टंकीसिनुवरीमा ल्याएको भएपनी उनलाई भर्ना लिएको थिएन । कोरोनाको आशंकामा बिराटले भर्ना नलिएपछी उनलाई कोशी अस्पताल ल्याइएको आफन्तले जनाएका छन् । राती निकै अवेर कोशीमा आए पुगेका विरामीलाई आईसोलेशनमा भर्ना गर्न लाग्दा उनको मृत्यु भएको जनाएको छ । उनमा यसअघि जण्डिस देखिएको र ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेकोले कोरोनाको संक्रमण भएको आशंका गरिएको...
जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

जानाजान अरु खेलाडीको अगाडि खोक्नेलाई रातो कार्ड

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, साउन २० अव नियतबस अरु खेलाडी वा खेल पदाधिकारीका अगाडि खोक्ने खेलाडीलाई रातो कार्ड दिन सक्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तिर खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय गरेको हो । फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको जनाईएको छ । त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकार दिइएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीपछि ल्याइएको यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।...
सहसचिव राई सचिवमा बढुवा

सहसचिव राई सचिवमा बढुवा

समाचार
पूर्णपुष्टि, साउन २० सहसचिव वीर बहादुर राईलाई सरकारले सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । राई सिँहदरवार स्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो । आगामी भदौ १५ गते उमेर हदका कारण राई अनिवार्य अवकाशमा जाँदैछन् ।...