संगम सामुदायीक पुस्तकालयलाई ४ लाख बराबरको पुस्तक सहयोग
पूणर्पुष्टि, भदौ १५
संगम सामुदायीक पुस्तकालयलाई नेपाल लाइव्रेरी फाउन्डेसनले ४ लाख बराबरको १३ सय ओटा पुस्तक सहयोग गरेको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आइतबार फाउन्डेसनले बिभिन्न विद्याका १३ सय ओटा पुस्तक वितरण गरेको हो ।
दिवसको अवसरमा संगम सामुदायीक पुस्तकालयले आयोजना गरेको एक कार्यक्रममा पुस्तकालयको गतिविधिको समिक्षा सँगै पुस्तक हस्तान्तरणको कार्यक्रम गरिएको थियो । फाउन्डेसनको महासचिव धन कुमार श्रेष्ठले पुस्तकालयका अध्यक्ष भरत खड्कालाई पुस्तक हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा पुस्तक हस्तान्तरण सँगै अन्य कार्यक्रम पनि गरिएको थियो । पुस्तकालयलाई बिभिन्न समयमा सामाजिक सहयोग तथा भौतिक कार्यमा सहयोग पुराउने दुइ जनालाई सदस्यता प्रदान समेत गरेको छ ।
पुस्तकालयले मोहन निरौलालाई मानर्थ सदस्य र नेपाल निजामती कर्मचार संगठनका अध्यक्ष निर्मला निरौलालाई आजिवन सदस्य समेत प्रदान गरेको हो...









