आज देशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना
पूर्णपुष्टि, भदौ १५
आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ ।...








