लागुऔषधसहित २ जना पक्राउ
ईलाम, भदौ १४
ईलाकामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरी कार्यालय बुधनगर मोरङबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो २ बजे लागुऔषध सहित २ जनालाई पक्राउ गरेका हुन् ।
गस्तिमा खटिएको प्रहरी टोलीले प्रदेश नं १–०२–०४० प ९६६८ नं को मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा चालक गढी गाउँपालिका–३ सुनसरीका २७ बर्षीय सुभाष कुमार साह र पछाडी सवार रहेका मोरङ जहदा गाउँपालिका–१ का २१ बर्षीय रुपेश यादवलाई लागुऔषध डाईलेक्स डिएल १४ बोतल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...






