Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । आज बिहान पर्साको वीरगञ्ज महानगरपालिका–१५ निबासी ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको जनाईएको छ । गत शुक्रबार कोरोना पुष्टि भएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि गतराति वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । यस्तै झाडापखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा गत सोमबार मृत्यु भएकी पर्साकै पोखरीया नगरपालिका–९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । योसँगै नेपालका कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६० पुगेको हो । यसबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउन बाँकी छ । अहिलेसम्म २१ हजार ९ जनामा...
सुन तोलाको एक लाख नाघ्यो

सुन तोलाको एक लाख नाघ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २१ सुनको भाउ बढेर तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि डब्ल्यूएचओको शङ्का

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले बनाउँदै गरेको कोरोना भाइरस विरुद्धको खोपप्रति शङ्का गरेको छ । तेस्रो चरणको परीक्षण विना नै खोप उत्पादन गरेमा कि त्यसको लाइसेन्स खारेज हुने वा त्यसलाई खतरनाक मान्न सकिने भन्दै डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिंडमियरले शङ्का व्यक्त गर्नुभएको हो । खोप उत्पादनका लागि कैयौं  नियम पालना गर्नुपर्ने भए पनि रुसले त्यसो नगरेको उहाँको भनाई छ ।  रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने अक्टोबरदेखि रुसमा कोरोना भाइरसको खोप उत्पादन सुरु गर्ने घोषणा गर्नुभएको छ । खोप स्वास्थ्यकर्मी, नर्स र शिक्षकलाई पहिलो प्राथमिकतामा राखेर दिइने जनाएको छ । रुसले ३ करोड डोज देशमा बनाउने तयारी गरेको छ भने विदेशमा १७ करोड डोज तयार गर्ने जनाएका छन् ।...
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डिगढी नगरपालिका–७ निबासी ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । गत साउन १७ गते २० जनाको स्वाव संकलन गरी परिक्षणको लागी विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा पठाईएको थियो । उक्त स्वाव परिक्षणमा उनको रिर्पोट पाजेटिभ आएको स्वास्थय कार्यालय उदयपुरले जनाईएको छ । योसँगै उदयपुर जिल्लामा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।...
रसुवागढी नाका जोड्ने सडक एकतर्फी खुल्ने

रसुवागढी नाका जोड्ने सडक एकतर्फी खुल्ने

समाचार
पूर्णपुष्टि, साउन २१ रसुवागढी नाका जोड्ने सडक एक हप्ताभित्र एकतर्फी खुल्ने भएको छ । धुञ्चे–स्याफ्रुबेसी सडक खण्डको भार्खु डाँडामा कटान भएको सडक मर्मतको काम चलिरहेकाले आगामी एकहप्ताभित्र सञ्चालनमा आउने सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । भार्खुडाँडामा ५० मिटर सडक कटान भएर १ मिटरमात्रै बाँकी छ ।  अहिले यहाँ पर्खाल बनाउने काम चलिरहेको छ । पर्खाल बनाएपछि मात्रै दुई तर्फी रुपमा नै सञ्चालनमा आउने छ । यो सडक खण्ड साउन १८ गतेदेखि बन्द छ । रसुवाका अरु सडक खण्ड भने सञ्चालनमा रहेको छन् ।...
उदयपुरमा अबैध रुपमा गिटि, बालुवा र ढुङगा निकासी गर्दै गरेका ७ ट्रयाक्टर पक्राउ

उदयपुरमा अबैध रुपमा गिटि, बालुवा र ढुङगा निकासी गर्दै गरेका ७ ट्रयाक्टर पक्राउ

समाचार
 पूणर्पुष्टि, साउन २१ जिल्ला प्रहरी कार्यलय उदयपुरले अनाधिकृत रुपमा प्राकृतिक दोहन गर्दै गरेका ७ ट्याक्टरलाई सोबार राति पक्राउ गरेको छ । जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको संरक्षण तथा चोरी निकासी नियन्त्रन गरी कार्वाही गर्ने अभियान अन्तर्गत प्रहरीले पक्राउ गरेको हो । उदयपुरगढी गाउँपालिका ७ स्थित बलान खोलामा रातिको समयमा गिटि, वालुवा, ढुङगा आदि चोरी गरिरहेको अवस्थामा चोरी निकासीमा संलग्न ७ ओटा ट्याक्टर प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी भिम बहादुर दाहालले बताउनुभयो । लुकिछुपि प्राकृतिक स्रोत साधनको चोरी निकासी तथा दोहनमा संलग्न  स १ त ४९८२, स १ त ४७११, स १ त ६९९४, स १ त ७४००, स १ त ५०२७, स १ त ७००९ र अन टेस्ट गरी ७ ओटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको एसपी दाहालले बताउनुभयो । उदयपुरबाट...
थाङ्पालका ३० घरलाई सुरक्षित ठाउँमा सारियो

थाङ्पालका ३० घरलाई सुरक्षित ठाउँमा सारियो

समाचार
पूर्णपुष्टि, साउन २१ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो । तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिले जनाएको छ । पर्यटकीय स्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको पालिकाले जनाएको छ । पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन् ।...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पर्सामा गत सोमबार मृत्यु भएको १८ वर्षीय युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएका युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी खुल्न आएको छ । योसँगै कोरोना संक्रमणबाट पर्सामा १३ जनाको मृत्यु भएको छ ।...
विवादित जम्मू कश्मीर क्षेत्र समेटेर पाकिस्तानद्धारा नयाँ राजनीतिक नक्सा जारी

विवादित जम्मू कश्मीर क्षेत्र समेटेर पाकिस्तानद्धारा नयाँ राजनीतिक नक्सा जारी

समाचार, संसार
पूर्णपुष्टि, साउन २१ विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ क्षेत्र समेटेर पाकिस्तानले नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिनुभएको हो । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेको उहाँले बताउनुभएको छ । नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गर्नुभएको छ । गत वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उहाँको आरोप छ । भारतले जारी गरेको नयाँ नक्सा आफूहरुलाई अमान्य भएकाले नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानले बताउनुभयो । उहाँले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्ण...
आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, साउन २१ आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । राति र बिहानीपख देशका विभिन्न ठाउँमा ठूलो पानी पारेको प्रणाली अहिले कमजोर हुँदै गएकाले अब धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम छ । तर स्थानीय वायु पनि मिसिंदा कतै कतै भने एकैछिन ठूलो पानी पर्ने सम्भावना छ । नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने पानी नपर्न पनि सक्छ । यस्तै आज राति देशका धेरैजसो ठाउँको मौसम सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश, गण्डकी ...