Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

बढी कोरोना सङ्क्रमित भएका जिल्लामा आजदेखि जोर–बिजोर प्रणाली

बढी कोरोना सङ्क्रमित भएका जिल्लामा आजदेखि जोर–बिजोर प्रणाली

समाचार
पूर्णपुष्टि, साउन २२ कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएपछि बढी प्रभावित जिल्लामा सरकारले आजदेखि सवारी साधनमा जोर–विजोर प्रणाली लागु गरेको छ । काठमाण्डौ उपत्यका र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा आजदेखि गाडीमा जोर–बिजोर प्रणाली लागू गरेको हो । आज जोर गते भएकाले जोर नम्बरका गाडी मात्रै चलाउन पाइनेछ । २ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा राति ९ देखि बिहान ६ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ । अत्यावश्यक सेवा तथा ढुवानीका गाडीलाई भने जोर–बिजोर प्रणाली लागू हुने छैन । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन तथा मास्क नलगाउनेलाई जरिवाना गर्न पनि गृहले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई समेत कारबाही गर्न निर्देशन दिइएको छ । होटेलमा भोज हुन थालेपछि त्यसमा पनि कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ...
मास्कलाई अनिर्वाय गर्न आग्रह

मास्कलाई अनिर्वाय गर्न आग्रह

समाचार
पूर्णपुष्टि, साउन २१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्रो व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन र मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न मन्त्रालयले आग्रह गरेको हो । सर्जिकल तथा अरु किसिमको मास्क लगाउन सम्भव नभएमा कपडाको तीन पत्रे मास्क सिलाएर भए पनि अनिवार्य लगाउन आग्रह गरेको छ । अरुसँग बोल्दा थुकका छिटा आउन सक्ने भएकोले जो सुकैसँग कुराकानी गर्दा, पसलमा जाँदा वा घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन मन्त्रालयले आग्रह गरेको छ । कपडाको मास्क लगाएको भएमा दिनदिनै साबुन पानीले धोएर लगाउन सकिने जनाईएको छ । मन्त्रालयले घरमै बसेर भिडभाड नगरि चाडपर्व मनाउन भन्दै पाहुना नबोलाउन र आफू पनि पाहुना लाग्न नजान आग्रह गरेको छ ।...
वीरगञ्जमा जेलरसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा जेलरसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ आज वीरगञ्ज कारागारमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जनाएको छ । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।...
११ कक्षाका विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

११ कक्षाका विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २१ कक्षा ११ को विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने भएको छ । वार्षिक परीक्षा विद्यालयले नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको हो । परीक्षार्थीले बुझाएका ६ सय रुपैयाँमध्ये ४ सय फिर्ता गरिने बोर्डले जनाएको छ । परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी  २ सय कट्टा हुने बोर्डले जनाएको छ । विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने भएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । आंशिक तथा ग्रेड बृद्धि ...
ललितपुर केन्द्र बनाएर भुकम्प

ललितपुर केन्द्र बनाएर भुकम्प

समाचार
पूर्णपुष्टि, साउन २१ आज ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार दिउँसो करिब साढे ४ बजे भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो राति करिब ११ः४० बजे पनि २.७ म्याग्निच्युडको भूकम्प आएको थियो ।
नेपालमा आज थप ३८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

नेपालमा आज थप ३८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ नेपालमा आज थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १ सय ३० जना  उपचारपछि कोरोना मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १५ हजार १ सय ५६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाको कारण मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।...
१४ जिल्लामा निषेधाज्ञा

१४ जिल्लामा निषेधाज्ञा

समाचार
पूर्णपुष्टि, साउन २१ लकडाउन खुलेपछि बढ्दै गएको कोरोना भाईरसको महामारी नियन्त्रणको लागी देशभरका १४ जिल्लाको विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले नेपालमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा जारी गरिएकोे छ । दार्चुलाको मार्मा गाउँपालि...
कुन उमेर समूहका कति कोरोना संक्रमित

कुन उमेर समूहका कति कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये युवाको सङ्ख्या धेरै रहेको पाइएको छ । अहिलेसम्म २१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा युवाको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । अहिलेसम्म सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका ७ हजार ७ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ३१ देखि ४० वर्ष उमेर समूहका ४ हजार ९ सय ८७ जना, ११ देखि २० वर्ष उमेर समूहका ३ हजार ९ सय ५४, ४१ देखि ५० वर्ष उमेर समूहका २ हजार १ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका ८ सय ४६ जना, १ देखि १० वर्ष उमेर समूहका ८ सय ४४ जना, ६१ देखि ७० वर्ष उमेर समूहका २ सय ८४ जना, ७१ देखि ८० वर्षसम्मका ७५ जना र ८० वर्षमाथिका १८ जनामा कोरोना सङ्क्रमण भएको छ । सुरुका दिनमा विदेशबाट आएकामा कोरोना देखिएको थियो । विषे...
धरानमा पनि लकडाउनको घोषणा

धरानमा पनि लकडाउनको घोषणा

समाचार
पूर्णपुष्टि, साउन २१ सुनसरीको धरान उप–महानगरपालिकाले लकडाउनको घोषणा गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उप–महानगरपालिकाले जनाएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढेपछि ईटहरी उप–महानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले हिजो लकडाउनको घोषणा गरेको थियो । आज धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको हो । योसँगै सुनसरीमा लकडाउन गर्ने पालिकाको सङ्ख्या ४ पुगेको छ । लकडाउनको बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको जनाईएको छ ।...
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा बढीले पाए काम

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा बढीले पाए काम

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २१ गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । आव २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन् । मन्त्रालयले गत आवमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने बेरुजु फछ्यौंट पनि ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत...