Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

प्रचण्डको सुरक्षामा खटेका ६ जनामा कोरोना संक्रमण पुष्टि

प्रचण्डको सुरक्षामा खटेका ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षामा खटेका  ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका निजी सचिवालयले जनाएको छ । पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो ।...
प्रदेश २ का कानुन मन्त्री यादवलाई कोरोना सङ्क्रमण पुष्टि

प्रदेश २ का कानुन मन्त्री यादवलाई कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ २ न. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँसहित प्रदेश सभासदस्य रिना यादवलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो । आन्तरिक मामिला मन्त्रालय मन्त्री यादवसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको जनाईएको छ । मन्त्री यादव होम आइसोलेशनमा बस्नुभएको छ । मन्त्रालयको सम्पूर्ण कामकाज बन्द गरिएको छ । उहाँ साउन १८ गते काठमाण्डौबाट फर्केर १९ गते स्वाब संकलन गराउनुभएको थियो । उहाँले आफूमा सङ्क्रमण पुष्टि भए पनि अवस्था गम्भीर नरहेको बताउनुभएको छ । मन्त्री यादवले काठमाण्डौमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रहरी महानिरीक्षक र ७ वटै प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीसँग भेट गर्नुभएको थियो । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजयकुमार चौरसियालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी...
उदयपुरमा गिटी, बालुवा र ढुङ्गा चोरी निकासी गर्ने दुई वटा ट्याक्टरपक्राउ

उदयपुरमा गिटी, बालुवा र ढुङ्गा चोरी निकासी गर्ने दुई वटा ट्याक्टरपक्राउ

समाचार
पूर्णपुष्टि, साउन २२ उदयपुरको विभिन्न खोलाबाट अवैध रुपमा गिटी, बालुवा र ढुङ्गा चोरी निकासी गर्ने दुई वटा ट्याक्टर पक्राउ परेको छ । प्राकृतिक स्रोत साधनहरु दोहन चोरी निकासी आदी कार्यको नियन्त्रण तथा कार्वाही गर्ने अभियान अन्तर्गत बुधबार राती दुई वटा ट्याक्टार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले त्रियुगा नगरपालिका–३ स्थित ठाडी खोला र त्रिनपा–२ स्थित लुवाले खोलाबाट गिटी, बालुवा र ढुङ्गा चोरी निकासी गर्ने उद्देश्यले लुकिछिपी बसेको अवस्थामा राती प्रदेश २–०१–००१ त ०२३५ र स १ त  २४४७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त पक्राउ परेको ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य अघि बढाएको जिप्रका उदयपुरले जनाएको छ ।...
खोलाले बगाएर १ जना बेपत्ता

खोलाले बगाएर १ जना बेपत्ता

समाचार
ओखलढुङगा, श्रावण २२ ओखलढुङगाको चम्पादेवीमा लिखु खोलाले बगाएर एक जना बेपत्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० का ३६ बर्षीय रोहित ढुङगेल खोलाले बगाएर बेपत्ता बनाएको हो । हिजो दिउँसो १ बजे गाई किनेर लिखु खोलाको किनाराको बाटो हुँदै फर्कदै क्रममा बाबु छोरा मध्ये छोरा रोहित अचानक चिप्लेर खोलामा खस्दा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता भएको ढुङगेलको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।...
चिर्पट प्रहार गरी हत्या गर्ने हत्यारा पक्राउ

चिर्पट प्रहार गरी हत्या गर्ने हत्यारा पक्राउ

समाचार
खोटाङ, श्रावण २२ खोटाङको केपिलासगढीमा एक जनालाई चिर्पट प्रहार गरी हत्या गरेको घटनामा संलग्न भएका एक जना पक्राउ परेको छ । केपिलासगढी गाउँपालिका–१ का २७ बर्षीय राकेश राईले जबरधन राईलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । गत साउन २० गते राती पौने ९ बज स्थानीय ५६ बर्षीय जबरधनसंग सामान्य बिबाद हुँदा रिसको आवेगमा राकेशले नजिकै रहेको दाउराको चिर्पटले प्रहार गर्दा घाईते भएका राईलाई अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका राकेशलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस फेसबुकले हटायो

अमेरिकी राष्ट्रपति ट्रम्पको स्टाटस फेसबुकले हटायो

समाचार, संसार
पूर्णपुष्टि, साउन २२ सामाजिक सञ्जाल फेसबुकले, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोष्ट गरेको कोरोना भाइरस सम्बन्धी पछिल्लो स्टाटस हटाएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक हटाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई हटाएको फेसबुकले जनाएको छ । ट्रम्पले, फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गर्नुभएको थियो । अन्तर्वार्तामा उहाँले बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेकाले सबै विद्यालय खोल्ने समय आएको बताउनुभएको थियो । ट्रम्पको यो दाबी, स्वास्थ्य विज्ञको भनाइ र प्रमाणित तथ्य भन्दा विपरीत भएको भन्दै फेसबुकले उहाँको पोष्ट हटाएको जनाएको छ ।...
फेरी बझाङ र पर्वतमा सलहको केही झुण्ड देखियो

फेरी बझाङ र पर्वतमा सलहको केही झुण्ड देखियो

समाचार
पूर्णपुष्टि, साउन २२ फेरी बझाङ र पर्वतमा सलहको केही झुण्ड देखा परेको छ । धेरै दिनपछि बुधबार बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा सलहको झुण्ड देखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलहले बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको जनाईएको छ  । तर झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना नरहेको जनाईएको छ । नेपालमा लगातार जस्तै पानी परेकाले धेरैजसो सलह मरेका थिए । पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड हिजो र अस्ति घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने केन्द्रको अनुमान छ । यसैबीच सीमावर्ती भारतमा रहेका सलहका झुण्ड भने तत्काल नेपाल आउने सम्भावना नरहेको जनाईएको छ । अहिले तत्काल आउने सम्भावना नदेखिए पनि ढुक्क भएर भने बस्न नहुने जनाएको छ । अझै एक महिनाजति सलह छिर्नसक्ने जोखिम कायमै रहेकाले ख्य...
अन्न भण्डारमा विस्फोट हुदा लेबनानमा खाद्य सङ्कट हुने

अन्न भण्डारमा विस्फोट हुदा लेबनानमा खाद्य सङ्कट हुने

समाचार
पूर्णपुष्टि, साउन २२ लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा खाद्यान्न नष्ट भएपछि खाद्य सङ्कट आउनसक्ने भएको छ । विस्फोट हुँदा मुख्य खाद्य भण्डार पनि नष्ट भएकाले समस्यामा परेको त्यहाँको वित्त मन्त्री राउल नेहेले बताउनुभएको हो । अब लेबनानमा एक महिनाभन्दा पनि कम समयको लागि मात्रै पुग्ने अन्न मौज्दात रहेको उहाँले बताउनुभयो  । तर पिठो पर्याप्त रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । विस्फोट अगाडि नै आर्थिक सङ्कटमा परेको लेबनानमा अन्न आयातको लागि खर्च नभएको पनि बताउनुभयो । लेबनानले खाद्य सामग्री आयात गरेर बन्दरगाहमा भण्डारण गर्ने गरेको थियो । त्यही अन्न नष्ट भएको हो । विस्फोटमा परि मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । घाइते ४ हजार भन्दा बढीलाई विभिन्न अस्पताल लगिएको छ । बेरुतमा मंगलबार विस्फोट भएको थियो । अहिले पनि भवनभित्र १ सय जनाभन्दा बढी फसेका र उनीहरुको खोजी कार्...
शनिबार रातिदेखि मनसुन सक्रिय हुने

शनिबार रातिदेखि मनसुन सक्रिय हुने

समाचार
पूर्णपुष्टि, साउन २२ मनसुन चलिरहेकाले दिउँसो गर्मी भए पनि राति पानी पर्ने गरेको छ । तर दिउँसो कम पानी परेपछि गर्मी बढेको हो । दिउँसो चर्को घाम लागेपछि सतहमा भएको पानी बादल बनेर आकाशमा रहने र राति चिसो भएपछि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि पनि दिउँसोको भन्दा राति धेरै पानी पर्ने संभावना रहेको जनाईएको छ । आज र भोलि देशभरीकै मौसम सामान्य बदली भई एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने जनाएको छ । तर पर्सि शनिबार रातिदेखि भने मनसुन फेरि सक्रिय हुन लागेकाले आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले पूर्व तयारी गर्न महाशाखाले आग्रह गरेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।...
आजको राशिफल

आजको राशिफल

Breaking News 1
(वि.सं. २०७७ साउन २२ गते बिहीवार)  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशि हुनेहरुको लागी व्यापार बढ्नेछ । साझेदारीबाट लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ । नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन वृष राशी हुनेहरुको लागी पुरुषार्थी काम प्रारम्भ हुनेछ । धैर्यधारणले विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला । रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ,...