Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार गराइरहेका सिरहा गोलबजारका २३ वर्षीय युवकको आज बिहान मृत्यु भएको जनाएको छ । ती युवकको जनकपुरमा डायलाइसिस गर्ने क्रममा कोरोना पोजेटिभ आएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । सुरुमै चिन्ताजनक अवस्थामा ल्याइएका युवकको आज बिहान मृत्यु भएको जनाईएको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म नेपालमा २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ भने १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन् ।...
गाउँपालिकाको बजेट परिवारको खातामा राख्ने ४ जना पक्राउ

गाउँपालिकाको बजेट परिवारको खातामा राख्ने ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २३ गाउँपालिकाको बजेट आफ्नो, श्रीमती र भतिजको खातामा राखेर भ्रष्टचार गर्ने रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् । गाउँपालिकाको बजेट आफुर आफन्तको खातामा हालेर भ्रष्टाचार गरेको आरोपमा लेखापाल हेमन्त केसी, लेखा सहायक सुवास केसी, विकास केसी र भीमसेन केसीलाई प्रहरीले पक्राउ गरेको हो । गतराति कागजात मिलाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पक्राउ परेका विकास स्थायी शिक्षक हुन् भने लेखापालका भाइ हुन् । सुवास र भीमसेन लेखापाल हेमन्तका भतिजा हुन् । गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर आइतबारदेखि छानबिन सुरु गरिएको थियो । गाउँपालिका–५ की सदस्यसमेत रहेकी श्रीमतीको खातामा राहत तथा सहयोग र घरभाडा शीर्षकमा ८ लाख ८६ हजार रकम जम्मा गरेको भेटिएको छ । त्यसैगरी लेखापाल केसी...
आजदेखि नुवाकोटमा ‘लकडाउन’

आजदेखि नुवाकोटमा ‘लकडाउन’

समाचार
पूर्णपुष्टि, साउन २३ आजदेखि नुवाकोटमा ‘लकडाउन’ सरहको आवागमनमा रोक लागाईएको छ । जिल्लाको सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएपछि ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको हो । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ । त्यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको जनाएको छ । अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुखोला पुलबाट दुई पिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रक...
‘थिनर’ आक्रमणमा आमा छोरी घाइते

‘थिनर’ आक्रमणमा आमा छोरी घाइते

समाचार
पूर्णपुष्टि, साउन २३  काठमाडौंमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई ‘थिनर’  प्रहार गरेको छ । बौद्ध चुच्चेपाटीमा गत राती घरायसी विवाद हुदा विष्ट थरका एक व्यक्तिले श्रीमती र छोरीलाई ‘थिनर’ प्रहार गरेको हो । थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ । उनी हेटौंडाको रहेको खुलेको छ । चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरीले जनाएको छ । छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।...
पीसीआर परीक्षणपछि मात्रै खेलाडीलाई प्रशिक्षणमा सहभागी

पीसीआर परीक्षणपछि मात्रै खेलाडीलाई प्रशिक्षणमा सहभागी

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २३ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजापछि मात्रै प्रशिक्षणमा सहभागी गराउने भएको छ । आगामी भदौ १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ जना खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा जुटेको एन्फाले राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीलाई गत आइतबारदेखि क्वरेण्टीनमा राखेको हो । आगामी बुधबारसम्म ती सबै खेलाडीको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणको नतिजाका आधारमा खेलाडीलाई भदौ १ गतेदेखि प्रशिक्षण दिइने एन्फाले जनाएको छ । प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा दिइने छ । खेलाडीले पोशाक फेर्ने कोठामा कम समय बिताउनुपर्ने, सबै खेलाडी प्रशिक्षक र पदाधिकारीलाई कोरोना भाइरसको विषयमा जानकारी गराउने, अभ्यासका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्न नदिने, खाना सामूहिक रुपमा खान नपाइने, व्यक्तिगत दूरी बनाएर खानुपर्नेलगायतका मापदण्ड ...
आजको राशिफल

आजको राशिफल

Breaking News 1
साउन २३  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशी हुनेहरुको लागी दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि मेहनत गर्नु पर्ला । आकस्मिक खर्च बढ्नाले अर्थीक अभाव होला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको दिन वृष राशी हुनेहरुको लागी मिहिनेतको परिणाम प्राप्त योग रहेकोेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा खर्च हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आजको दिन मिथुन राशी हुनेहरुको लागी राम्रो कर्मफल प्राप्त हुने छ । मन प्रसन्न होला ...
तत्काल देश लकडाउन हुदैन : मन्त्री खतिवडा

तत्काल देश लकडाउन हुदैन : मन्त्री खतिवडा

समाचार
पूर्णपुष्टि, साउन २२ सरकारले तत्काल देश लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सङ्क्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र सङ्क्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिलेलाई सरकारले जे निर्णय गरेको छ, त्यति नै बुझौँ । चैत १० गते रातिदेखि लकडाउन जारी भएको थियो । त्यो विधिबाट जानेतर्फ अहिले सरकारले नसोचेको बताउनुभयो । आवश्यक परे पालिका र स्थानीय प्रशासनले पनि यो कदम चाल्न सक्छ । यहीअनुसार दुई दर्जनभन्दा बढी ठाउँमा कुनै न कुनै रुपको लकडाउन भएको छ । लकडाउन भइहाल्ने हो कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताउनुभयो । उहाँले आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन् कि भनेर ...
अख्तियारका थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

अख्तियारका थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २० कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार गरिएको ८० जनाको परीक्षण परिक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी रहेका छन् । यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्म...
आज थप २३३ जना कोरोनामुक्त

आज थप २३३ जना कोरोनामुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ नेपालम आज थप दुई सय ३३ जना उपचारपछि कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १५ हजार तीन सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म प्रदेश नम्बर १ मा नौ सय ३७, प्रदेश नम्बर २ मा तीन हजार दुई सय ३४ र वाग्मती प्रदेशमा पाँच सय ९१ जना डिस्चार्ज भएका छन् । यस्तै गण्डकी प्रदेशमा एक हजार तीन सय ६२, प्रदेश नम्बर ५ मा चार हजार ९७, कर्णाली प्रदेशमा एक हजार सात सय ७७ र सुदूरपश्चिम प्रदेशमा तीन हजार तीन सय ९१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६  जना सक्रिय सङ्क्रमित छन् ।...
नेपालमा थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ३६० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक/एक जना गरी पाँच जना सङ्क्रमितको मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।...