Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

प्रहरी सक्रियता : चाेरी निकासीका लागि संकलन भएकाे २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद्, ७ वटा ट्याक्टर पनि पत्रफाउ

प्रहरी सक्रियता : चाेरी निकासीका लागि संकलन भएकाे २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद्, ७ वटा ट्याक्टर पनि पत्रफाउ

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २३ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित कोल्टे गाउँमा बलानखोलामा अबैंधरुपमा उत्खनन् तथा संकलन गरी राखिएको २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियताबाट ठूलो मात्राको ढुंगा बरामद भएको छ । बलानखोला र कोल्टे गाउँनै कब्जा गरी ढुंगा चोरी निकासी गर्ने समुहले उत्खनन् गरी खोला किनार र गाउँमा संकलन गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो । जिल्ला प्रहरीको एकहप्ताको सक्रियतामा बरामद भएको ढुंगा हिजो (विहिबार) जिल्लास्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी नापजाँच तथा सिल गरेको छ । तीस ठाउँभन्दा बढी ठाउँमा संकलन गरी राखिएको ढुंगा प्राविधिक टोलीसहित गएको अनुगमनटोलीले नाप्दाको प्रारम्भिक रिपोर्टमा उक्त परिणाम ढुंगा देखिएको हो । उक्त परिणामको ढुंगा स्थानीय मुल्य अनुसार करिब ४० लाख बराबरको ...
बाढी पहिरोमा परी २ सय जनाको मृत्यु, ५४ जना बेपत्ता

बाढी पहिरोमा परी २ सय जनाको मृत्यु, ५४ जना बेपत्ता

समाचार
पूर्णपुष्टि, साउन २३ यो वर्षको मनसुन सक्रिय भएपछि अहिलेसम्म विभिन्न विपद्मा परि २ सय जनाको मृत्यु भएको छ । यस नेपालमा यस वर्ष जेठ ३० गतेदेखि मनसुन सुरु भएको हो । पहिरोमा परेर १ सय ७६, बाढीमा परेर ५ र चट्याङ लागेर १९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपदमा परेर ५४ जना अझै बेपत्ता भईरहेको छ भने १ सय ९० जना घाइते भएका छन् । साथै अबको २४ घण्टाभित्र कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकोले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार कन्काई पश्चिम, वाग्मती, कमला, राप्ती, बबई र यसका सहायक नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।...
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमितको तेस्रो सबैभन्दा प्रभावित देश भारतमा संक्रमितको संख्या २० लाख २१ हजार ४ सय ७ पुगेको हो । भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २० दिनमा सङ्क्रमण दुई गुणाले बृद्धि भएको हो । यो दर अमेरिका र ब्राजिलको तुलनामा धेरै हो । सङ्क्रमितको सङ्ख्याको आधारमा भारतभन्दा अघि पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । भारतमा उक्त संक्रमित मध्ये अहिलेसम्म ४० हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । मृतकको सङ्ख्याको आधारमा भारत विश्वको पाँचौँ सबैभन्दा बढी प्रभावित देश हो । अहिलेसम्म विश्वभर १ करोड ९२ लाख ७२ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा ७ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ भने १ क...
आज सुन र चाँदीको भाउ बढ्यो

आज सुन र चाँदीको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २३ आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीक आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।...
तत्काल कक्षा ११ को परीक्षा नलिन सरकारको निर्देशन

तत्काल कक्षा ११ को परीक्षा नलिन सरकारको निर्देशन

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २३ सरकारले तत्काल कक्षा ११ को वार्षिक परीक्षा नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा नलिन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमका कारण सरकारले गत चैत ११ गतेदेखि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकोमा कहिले खोल्ने भनेर निर्णय गरेको छैन । तर केही विद्यालयले परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थी र अभिभावकमा डर बढेकाले विद्यालय पुनः खोल्ने निर्णय नभएसम्म परीक्षा नलिन सूचना उल्लेख गरिएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिअनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ । आंशिक तथा ग्रेड वृद्धि गर्नुपर्ने विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षा अघि नै परीक्षा दिइसक्नु पर...
पहिरोमा पुरिएर आमा छोराको मृत्यु

पहिरोमा पुरिएर आमा छोराको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन २३ बैतडीको डिलाशैनीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–४ बलालीमा बिहीबार राति करिब १२ बजे घर माथिबाट खसेको पहिरोमा पुरिएर ४० वर्षीय पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरभित्रै सुतिरहेका आमा छोरालाई पहिरोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेको र लकडाउनका कारण घर आउन नपाएका छिमेकीले बताएका प्रहरीले जनाएको छ ।...
ब्राउनसुगर सहित १ जना पक्राउ

ब्राउनसुगर सहित १ जना पक्राउ

समाचार
झापा, श्रावण २३  झापामा लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेको छ । बाह्रदशी गाउँपालिका–३ बस स्टेण्डबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय मिलन भुजेललाई १ ग्राम ब्राउन सुगर सहित बिहिवार बिहान १० बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
माई खोलाले बगाएर १ जना बेपत्ता

माई खोलाले बगाएर १ जना बेपत्ता

समाचार
ईलाम, श्रावण २३  ईलामको माई खोलाले बगाएर एक जना बेपत्ता भएको छ । माई नगरपालिका–२ का १४ बर्षीय बालक रुबिन मगरलाई माई खोलाले बगाएर बेपत्ता बनाएको हो । गाई बस्तु हेर्न गएका मगर बिहिवार दिउँसो करिब ४ बजे माई खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, श्रावण २३  सुनसरीको धरानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो । बिहिवार बिहान आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका गुरुङको बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।...
जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

समाचार
झापा, श्रावण २३  झापाको कमलमा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको हो । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घरमा समेत क्षति पुर्याएको छ । घर भत्काउन थालेपछि उनको भाग्ने क्रममा हात्तीले कुल्चिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...