Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डको जित

पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, साउन २५ पाकिस्तान विरुद्धको पहिलो टेस्टमा इंग्ल्याण्डले जित हात पारेको छ । गतराती म्यानचेस्टरमा भएको खेलमा घरेलु टिम इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पछि पार्दै जित हात पारेको हो । पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले ७ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि दोस्रो इनिङमा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्याण्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले पहिलो इनिङमा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो । पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।...
चोकर्मा पोखरी फुटेको आशङ्का

चोकर्मा पोखरी फुटेको आशङ्का

समाचार
पूर्णपुष्टि, साउन २५ सोलुखुम्बुमा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशंका गरिएको छ । सोलु दूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेकै कारण सोलु खोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् । दूधकुण्ड पोखरीकै आकारमा रहेको पोखरी फुटेकै कारण सोलुखोलामा शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उच्च देखिएपछि दूधकुण्ड पोखरी या अन्य कुनै पोखरी फुटेको हुन सक्ने अनुमान गरिएको थियो । दूधकुण्ड क्षेत्रमा रहेका स्थानीयहरुले चोकर्मा फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको हुनसक्ने अनुमान गरेको छ । पोखरी पूर्णरुपमा फुट्ने खतरा उच्च रहेको जनाईएको छ ।...
उपत्यकामा जोर विजोर प्रणली लागु

उपत्यकामा जोर विजोर प्रणली लागु

समाचार
पूणर्पुष्टि, साउन २४ उपत्यकामा लगतार कोरोना संक्रमणको संख्या दिनानु बढ्न थालेपछि सवारीमा जोर विजोर प्रणाली लागु गरिएको छ । सवारीहरुले झनै जोखिम बढाउने भन्दै सरकारले उपत्यकामा जोर विजोर प्रणाली लागु गरेको हो । सरकारले पादण्ड बनाएर सवारी चलाउन अनुमति दिएपनि सवारीहरुमा मापदण्ड पुरा नगरिएको पाइएको छ । सेनिटाईजर र सामाजिक दुरी सहितको मापदण्डको आधारमा सवारी खुल्ला गरिएपनि त्यो नगरेको पाइएको भन्दै जोखिम बढ्नाले जोर विजोर लागु गरेको छ । जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ । पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो । शुक्रबार मात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निणर्य गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह ...
मेयर सहित ५५ जना कोरोना संक्रमण

मेयर सहित ५५ जना कोरोना संक्रमण

समाचार
पूणर्पुष्टि, साउन २४ पर्सामा मेयर सहित ५५ जना कोरोना संक्रमित भएका छन् । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्साका बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जनाएको छ स्रोतका अनुसार बहुदरमाई नगरपालिकामा ४० वर्षीय मेयर नितेन्द्र प्रसाद साहसहित २५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज-३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमा छन् । चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया-१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए । यसैगरी वीरगञ्...
कोरोनाबाट ६ जिल्ला मात्र सुरक्षित

कोरोनाबाट ६ जिल्ला मात्र सुरक्षित

समाचार
पूर्णपुष्टि, साउन २३ कोरोना भाईरसबाट नेपालको ६ वटा जिल्ला मात्र सुरक्षित रहेको छ । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।...
खाडी देशबाट २४६ नेपालीको शव ल्याइयो

खाडी देशबाट २४६ नेपालीको शव ल्याइयो

समाचार
पूर्णपुष्टि, साउन २३ स्वदेश फिर्ती उडान सुरु भएपछि खाडी र मलेसियाबाट २ सय ४६ नेपालीको शव नेपाल ल्याइएको छ भने १ सय ७२ जनाको गन्तब्य देशमै अन्त्येष्टि गरिएको छ । गत जेठ ३२ गतेदेखि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती उडान सुरु भएको थियो । कोरोना महामारी सुरु भएयता विदेशमा मृत्यु भएका ४ सय ९४ जनामध्ये २ सय ४६ जना नेपालीको शव चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । लकडाउन सुरु भएदेखि अहिलेसम्मको अवधिमा खाडी र मलेसियासहित अन्य देशमा १५ महिला र ४ सय ७९ पुरुष गरी ४ सय ९४ जना नेपालीको विभिन्न कारणले मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द भएर शव ल्याउन नपाएपछि कतिपय मृतकका आफन्तले भने परदेशमै सदगतका लागि अनुमति दिएका छन् । आफन्तको सहमतिमै १ सय ७२ जना नेपालीको गन्तव्य देशमै अन्त्येष्टि गरिएको बोर्डले जनाएको छ । अब खाडी र मलेसियासहित विभिन्...
आज नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

आज नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ नेपालमा आज थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा थप ४ सय २५ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएपछि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।...
तत्काल कार्यालयमा हुने बैठक र जमघट बन्द गर्न निर्देशन

तत्काल कार्यालयमा हुने बैठक र जमघट बन्द गर्न निर्देशन

समाचार
पूर्णपुष्टि, साउन २३ सरकारी र निजी कार्यालयमा हुँदै आएको भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । कोरोना भाइरसको महामारी बढ्ने क्रम जारी रहेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको हो । पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको र प्रदेश मन्त्रीमा समेत कोरोना पुष्टि भइसकेकाले भिडभाड नगर्न र अत्यन्तै सजक रहन मन्त्रालयले आग्रह गरेको छ ।...
जिप्रका काठमाण्डौमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

जिप्रका काठमाण्डौमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

समाचार
पूर्णपुष्टि, साउन २३ जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । आगामी साउन २५ गतेदेखि भदौको ८ गतेसम्म अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय भएको जिप्रकाले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो । नागरिकलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जिप्रकाले जनाएको छ । अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् ।...
सरकारलाई आईसीयू र भेन्टिलेटर थप्न संघको आग्रह

सरकारलाई आईसीयू र भेन्टिलेटर थप्न संघको आग्रह

समाचार
पूर्णपुष्टि, साउन २३ नेपाल चिकित्सक सङ्घले सरकारलाई तत्काल आईसीयू र भेन्टिलेटर थप्न आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग संघले आग्रह गरेको हो । पछिल्लो समय थपिएका सङ्क्रमितमा गम्भीर लक्षण देखिएको हुँदा तत्कालै उपचार आवश्यक पर्ने देखिएकाले भेन्टिलेटरसहितका आईसीयू बेड, जनरल बेड, अक्सिजन र औषधीको मात्रा तत्कालै बढाउन सङ्घले विज्ञप्तिमार्फत आग्रह गरेको हो । सरकारी अस्पतालले धान्न नसक्ने भएकाले निजी अस्पताललाई पनि उपचारमा संलग्न गराउन माग गरेको छ । अत्यन्तै जोखिमपूर्ण अवस्थामा काममा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको जोखिम भत्तामा विभेद नगर्न पनि चिकित्सक सङ्घको माग छ । नेपालमा अहिलेसम्म ८० भन्दा धेरै स्वास्थ्य संस्थाका ५१ जना डाक्टर र १ सय ७० जना स्वास्थ्यकर्मी गरी र्२ सय २१ जनामा कोरोना...